Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » अखिल नेपाल शिक्षक संगठनमा नयाँ समिति

अखिल नेपाल शिक्षक संगठनमा नयाँ समिति

बिग न्यूज
पोखरा, ८ माघ | एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्कीको चौथो जिल्ला सम्मेलनले तारा पौडेलको अध्यक्षतामा ३१ सदस्यीय समिति निर्वाचित गरेको छ । समितिका उपाध्यक्षहरूमा श्रीधर गिरि (वरिष्ठ ), सम्झना कट्टेल (महिला), विष्णु भट्टराई र सुदीप खनाल, सचिवमा प्रकाश रिजाल, अर्थ सहसचिवमा बिना थापा र सहसचिवद्वयमा सचिन सुवेदी र दुर्गाबहादुर रावत छन् ।

कार्यक्रममा संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले अब देशमा संघीय शिक्षा नीतिबारे व्यापक बहस गरी नयाँ र व्यवहारिक शिक्षा लागू हुनुपर्ने आवश्यकता औंल्याए । पार्टी एकीकरणसँगै वैचारिक नेतृत्व आफूहरुले गरी संगठनिक एकता गर्नका लागि तयार रहन उनले आग्रह गरे ।

संगठन कास्कीका संस्थापक अध्यक्ष कोमलनाथ बरालले जिम्मेवारीपूर्वक संगठन र शैक्षिक क्षेत्रको दायित्व निर्वाह गर्न आग्रह गरे । उनले संस्था स्थापनाको इतिहास, औचित्य र भावी दिशाबारे समेत प्रकाश पारे ।

कार्यक्रममा संगठनका प्रदेश न ४ का संयोजक सोमनाथ ढुंगाना, नेकपा माओबादी केन्द्रका जिल्ला सयोजक आभाष, जिल्ला सहसयोजक केशव पौडेल र केन्द्रीय कार्यालय सदस्य नारायण चापागाईं, केन्द्रीय सदस्य निर्मल गिरी, कृष्ण उदासी, गोपाल सापकोटा लगायतले बोलेका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरु, सेवा निवृत्त शिक्षक र सहिद शिक्षक चन्द्र खनालका छोरा सुदीप खनाललाई सम्मान गरिएको थियो ।

यस्तै, संगठनका माओवादी केन्द्रबाट निर्वाचित सांसदहरु रामजी बराल ‘जीवन’, दीपक कोइराल र गायत्री दुरालाई पनि सम्मान गरेको छ ।

कार्यक्रम सञ्चालन खुला सत्र प्रकाश रिजाल र बन्द सत्र नारायण चापागाईंले गरेका थिए । कार्यक्रमा स्वागत शोभा गुरुङले गरेकी थिइन् । उक्त कार्यक्रमको खुला सत्रको अध्यक्षता चौथो जिल्ला सम्मेलन आयोजक समितिका संयोजक गोपालमणि लामिछने र बन्द सत्रको अध्यक्षता सोमनाथ ढुंगानाले गरेका थिए ।

Check Also

यूवाहरु मिलेर बनाए भिचुकमा क्लबको भवन

बिग न्यूज पोखरा, १८ माघ । अन्नपूर्ण गाउँपालिकामा पर्ने भिचुक गाऊँको स्थानिय वराहथान यूवा क्लबले …