Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » ‘कायरा’ मायाप्रेमको समिश्रण होः नायक आर्यन सिग्देल

‘कायरा’ मायाप्रेमको समिश्रण होः नायक आर्यन सिग्देल

पोखरा । नायक आर्यन सिग्देलको होम प्रोडक्सनमा निर्माण भएकोे फिल्म ‘कायरा’ यहि साउन १८ देखि देशभर प्रर्दशन हुँदैछ ।

शनिबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक लक्ष्मण रिजालले फिल्म प्रेम कथामा आधारित रहेको बताए । ‘पोखरा आफैँ पनि प्रेमीले सहर हो,’ उनले भने, ‘पोखरेली दर्शकहरुले कायरा रुचाउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

प्रस्तुतकर्ता तथा नायक आर्यन सिग्देलले ‘कायरा’ मायाप्रेम, हाँसो, रोदनको समिश्रण रहेको बताए । ‘फिल्म सन्देश भन्दा पनि मनोरञ्जनका लागि हेर्ने गरिन्छ,’ उनले भने, ‘फिल्मको डाइलगलाई युवा दर्शकहरुले रुचाएका छन् । यो फिल्म पनि युवा लक्षित छ आशा छ कथालाई मन पराउनुहुनेछ ।’

नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ नायकहरुसँग काम गर्नु र अनुभविसँग काम गर्नु आकाश जमिनको भिन्नता रहेको बताइन् । ‘नयाँसँग कामगर्दा आफूले नै कहिले काहिँ सिकाउनुपर्ने जब म आफैँ अनुभवि भैसकेको छैन्, आर्यनसँग काम गर्दा मैले सिक्ने मात्रै होइन धेरै अुनभव बटुल्ने अवसर पाँए,’ उनले भनिन् ।आर्यन करिब २ बर्षपछि फिल्म पर्दामा देखिँदैछन् ।

Check Also

आकाश र आँचलको डार्क प्रेमकथा ‘ब्ल्याक’ शुक्रबार देखी प्रदर्शनीमा

२५ साउन,पोखरा ।नेपाली चलचित्र ब्ल्याक आउँदो भदौ १ गतेबाट देशै भर प्रदर्शनीमा आउने भएको छ …