Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय » कुर्था पसलमा आगोलागि

कुर्था पसलमा आगोलागि

पोखरा, बैशाख २३,
पोखराको न्युरोडमा रहेको एक कुर्थापसलमा आगोलागि भएको छ ।
गएराति भएको आगालागि बाट लाखौको धनमाल जलेर नष्ट भएको बताईएको छ । पोखरा ट्रेडमलको नजिक रहेको कमिसा कुर्था पसलमा आगोलागि भएको जनाइएको छ । राति करिव ११ बजेको समयमा पसलमा आगो लागेको थाहा भएपछि दमकल बोलाईको भएपनि कुनैपनि सामान जोगाउन नसकीएको प्रहरीले जनाएको छ । आगोलागिको एकिन कारण थाहा नभएपनि बिद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । अगोलागि बाट लाखौको क्षति भएको छ । पसलमा भएका सबै सामान र केही नगद समेत जलेका छन ।
परिबारमा कमाई गर्ने अन्य सदस्य नभएको पसल सञ्चालक कमला पुरीको बाच्ने साहारा बनेका एक मात्र पसल जलेर नष्ट भएपछि उनि अचेत अबस्थामा छिन । एक छोरी र उनले त्यही पसलबाट गुजारा चलाउदै आएका थिए ।

Check Also

आजबाट पोखरा विमानस्थल ३ बजे पछि १५ दिनका लागि बन्द

पोखरा, २ मंसिर । पोखरा विमानस्थलको धावन मार्ग मर्मतका लागि आइतबार देखी दैनिक १५ घण्टा विमानस्थल बन्द …