Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार » क्वीन्सल्याण्डको नेपाल ब्राण्ड एम्बेसडरमा ज्योतिष हरिहर अधिकारी

क्वीन्सल्याण्डको नेपाल ब्राण्ड एम्बेसडरमा ज्योतिष हरिहर अधिकारी

बिग न्यूज
पोखरा, २० माघ । क्वीन्सल्यान्ड इन्टरनेसनल इन्स्टिच्युट (क्यूआईआई) ले ज्योतिष हरिहर अधिकारीलाई नेपालका लागि ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यको राजधानी ब्रिसबेनमा रहेको क्यूआईआईले हरिहरलाई आगामी एक वर्षका लागि आफ्नो ब्रान्ड एम्बेसडर
नियुक्त गरेको हो ।

नेपालमा क्यूआईआईका विभिन्न कोर्स एवं संस्थाका विभिन्न सेमिनार तथा गोष्ठीको प्रवर्धन तथा नेपाली युवा र संस्थाबीच पुलको काम गर्ने उद्देश्यका साथ ब्रान्ड एम्बासाडर बनाइएको क्यूआईआईले जनाएको छ । ज्योतिष हरिहर गत पुस २५ मा यसै उद्देश्यका लागि अस्ट्रेलिया आएका थिए । यस बीचमा अस्ट्रेलियाको शिक्षा, रहनसहन र अन्तर्रा्ष्ट्रिय विद्यार्थीको जीवनबारे अध्ययन गरे । क्वीन्सल्यान्ड राज्य र यसका प्रमुख ठाउँ घुमेर यहाँको खानपान तथा रहनसहन एवं यस शैक्षिक संस्थाको बारेमा क्रिस्टल क्लियर भएपछि मात्रै प्रस्ताव स्वीकार गरेका उनले बताए ।

क्यूआईआई र यसका सदस्यहरुसँग धेरै संवाद र गहन छलफल गरेपछि यसले प्रदान गर्ने शैक्षिक योग्यता र गुणस्तरबारे आफू छर्लङ्ग भएको उनको भनाइ छ । माघ १९ गते आफ्नै क्याम्पसमा राखेको कार्यक्रममा काउन्सिल अफ इन्टरनेसल स्टुडेन्ट्स अस्ट्रेलिया (सिसा) का अध्यक्ष विजय सापकोटाले क्यूआईआईले विद्यार्थीको आवाजका लागि क्वीन्सल्यान्ड इन्टरनेसनल इन्स्टिच्युट स्टुडेन्ट एसोसिएसन सम्मान लायक भएको बताए ।

संस्थाकी प्रमुख ट्रेनर डायन एडवर्ड्स ले यस संस्थाले विद्यार्थीको रुचि, रहर, पृष्ठभूमि र आवश्यकता बुझ्ने र गुणस्तरीय शिक्षामा कहिल्यै सम्झौता नगरेको दाबी गर्दै नेपाली विद्यार्थीमाझ पुग्न ब्रान्ड एम्बासडर हरिहर अधिकारीको भरपुर सहयोग एवं योगदान रहने विश्वास व्यक्त गरिन् । गैर आवासीय नेपाली संघ, अस्ट्रेलियाका महासचिव नारायण कोइरालाले एनआरएनए अस्ट्रेलियाले विद्यार्थीका कुनै पनि कठिनाइमा गर्दै आइरहेको सहयोग निरन्तर गरिरहने बताए ।

ज्योतिष अधिकारी बिग एफएम पोखराका ‘अफिसियल एस्ट्रोलोजर’ समेत हुन् । उनी बिगत केहि वर्ष यता पोखराको बिग एफएमसँग आबद्ध भएर विभिन्न कार्यक्रमहरुमा ज्योतिषिय भविष्यवाणी गर्दै आएका छन् । क्वीन्सल्याण्डले नेपालका लागि ब्राण्ड एम्बेसडर घोषणा गरेसँगै उनलाई बिग एफएमका अध्यक्ष महेश भण्डारीले बधाई समेत दिएका छन् ।

Check Also

पोखरामा निशानको टेरानो सार्वजनिक

बिग न्यूज पोखरा, १० माघ । पोखरामा व्यवसायिकदेखि सामाजिक क्षेत्रमा सक्रिय सिभिको ग्रुप अन्तर्गत गण्डकी …