Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » डाक्टरले फिल्म खेल्न नदिँदा पनि मैले फिल्म छोडिन : सारुक

डाक्टरले फिल्म खेल्न नदिँदा पनि मैले फिल्म छोडिन : सारुक

बिग न्यूज
पोखरा, २७ भदौ ।

शायद यो फिल्मको प्रोमोबाटै अभिनेता सारुक ताम्राकारले फिल्मका मुख्य अभिनेता र अभिनेत्रीको तुलनामा बढि प्रशंसा कमाईसकेका छन् । उनको लुक्स्, एटिच्यूड र पर्फमेन्स प्रोमोमा निकै भव्य देखिएको छ ।

फिल्ममा अझै बढि जमेको सारुकले पत्रकार सम्मेलनको क्रममा बताए । ‘यो फिल्म नखेलेको भए जीवनमा ठुलै कुरा मिस गरिरहेको हुन्थे । त्यसैले मैले त्यसो हुन नदिनकै लागि निकै ठुलो चुनौती मोलेर फिल्म गरेको हुँ ।’ सारुकले भने ।

सुटिङताका अभिनेता सारुकलाई जण्डिस भएको थियो । उनी पँहेलै भैसकेका थिए । डाक्टरले भनेका थिए–‘कुनै पनि हालतमा तिमी फिल्ममा अभिनय गर्न सक्दैनौँ । कारण, तिमी त्यसका लागि फिट भैसकेका छ्रैनौ ।’

सुटिङ फ्लोरमा जाने निधो भैसकेको थियो । सारुक छोड्नेवालामा थिएनन् । बरु उँखुको जुस पिएरै वेश, उनले सुटिङ छोडेनन् । मेहेनत गरेपछि जे पनि हुन्छ भन्नेमा थिए उनी । र, अहिले आएर आफ्नो दुखले प्रशंसा पाएकोमा सारुक खुशी पनि छन् ।

Check Also

‘रेन्टरटेनमेन्ट’को पाँचौ सिजन शनिबार

बिग न्यूज पोखरा, २८ भदौ । रेन्टरटेनमेन्टको पाँचौ सिजन भदौ ३० गते पोखरामा हुने भएको …