Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » धौलागिरि हेमजा दलित उत्थान समाजमा रणबहादुर सिर्पाली

धौलागिरि हेमजा दलित उत्थान समाजमा रणबहादुर सिर्पाली

रेम बिक
पोखरा, ९ माघ । धौलागिरिका विभिन्न जिल्लाबाट कास्कीको हेमजामा आई अस्थायी तथा स्थायी बसोबास गर्ने दलित समुदायका मानिसहरु संगठित भएका छन् । समुदायबीच एकता कायम गर्दैै उनीहरुको सामाजिक र आर्थिक उन्नती गर्ने उद्देश्यसहित त्यहाँका दलित समुदाय संगठित भएका हुन् ।

‘धौलागिरि हेमजा दलित उत्थान सम्पर्क समाज’ नाम दिएर उनीहरु संगठित भएका हुन् । मंगलबार हेमजामा एक विशेष समारोहकाबीच भएको समाजको भेलाले रणबहादुर सिर्पालीको नेतृत्वमा कार्यसमिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रेमदेवी परियार, सचिवमा बेलबहादुर परियार, कोषाध्यक्षमा मतिलाल बिक र सहसचिवमा बिष्णु रसाइली चयन भएका छन् ।

सर्वसम्मत चयन भएको कार्यसमितिको सदस्यहरुमा प्रेम रसाइली, रत्नबहादुर बिक, राजबहादुर बिक, टेकलाल बिक,पार्वती सुनार, कर्णकुमारी लामिछाने परियार, गीता बिक, सुकमाया घर्ती,
दिलसरा रसाइली, बेगबहादुर बुर्जा, रामबहादुर बिक, टिका प्रसाद बिक र ठगदेवी बिक चयन भएका छन् ।

त्यसअगाडि भएको उद्घाटन समारोहमा नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्बर ३ मा प्रतिनीधिसभातर्फ विजयी भएका जगत विश्वकर्माले दलित समुदायले वृहत सोँच राख्न आवश्यक रहेको बताए । ‘कतिपय अवस्थामा दलित समुदायहरुले संकुचित हिसाबले सोँचिरहेको र त्यसै अनुरुप व्यवहार पनि गरेको पाईन्छ । तर अब दलित समुदायले वृहत्तर सोँच राखेर अगाडि आउनुपर्ने बेला आएको छ । त्यसो गरेमात्रै विभेद र छुवाछुतको मारबाट दलित समुदायले मुक्ति पाउनेछ ।’

त्यस्तै प्रदेशसभा सदस्य रामजी बरालले विभेद गर्ने व्यक्तिको विरुद्धमा कानुनी रुपमा उत्रिएर लाग्न दलित समुदायलाई सुझाव दिए । ‘विभेद सहने बानी गरेको खण्डमा दलित समुदायमाथि झन् बढि विभेद हुने खतरा हुन्छ ।’उनले भने–‘त्यसैले कानुनी प्रतिकारमा उत्रिन समुदायमा सचेतना बढाउन जरुरी देखिन्छ ।’ उनले भेलामा दलित समुदायको समस्याहरु समाधानका लागि आफू जति सुकै खेर पनि तम्तयार रहेको प्रतिबद्धता समेत जनाए ।

समुदायको तर्फबाट बोल्दै हाल धम्पुस बस्दै आएका म्याग्दी लुलाङका प्रेम रसाइलीले घरबाट टाढा रहँदा दलित समुदाय भएकै कारण झन् बढि समस्यामा परेको अनुभव सुनाए । मृत्यु सँस्कार गर्ने बेलामा पनि भाडामा बस्दै आएका दलित समुदायका मानिसहरु घरभेटीबाट तिरस्कारमा पर्ने गरेको तितो अनुभव उनले पोखे । संगठित भैरहँदा विभिन्न समयमा दलित समुदायका मानिसहरु एक ठाऊँमा रहेर गर्न सकिने कर्मकाण्डका लागि छुट्टै समाजघरको आवश्यकता उनले औँल्याए ।

कार्यक्रममा हेमजा क्षेत्रका निर्वाचित जनप्रतिनीधि, विभिन्न राजनीतिक दलका प्रतिनीधि, समाजसेवी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Check Also

तनहुँमा बस र माइक्रो ठोक्किँदा दुई जनाको मृत्यु,९ जना घाइते

तनहुँ, ९ असोज। बस र माइक्रोबस आपसमा ठोक्किँदा तनहुँमा दुई जनाको मृत्यु भएको छ ।पृथ्वीराजमार्ग …