Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » नायिका पूजा र निर्देशक सुदर्शनको ‘रामकहानी’

नायिका पूजा र निर्देशक सुदर्शनको ‘रामकहानी’

बिग न्यूज
पोखरा, ८ माघ । फिल्मको नाम के हो ? थाहा छैन । यद्यपी शुरुमा माग्ने बुढा उर्फ केदार घिमिरेको पारिश्रमिक १० लाख । त्यसपछि ६ लाखमा जितु नेपाल मुन्द्रेलाई फिल्ममा अनुबन्धन । त्यस्टै मोटो रकममा विल्शन विक्रम राईलाई पनि अनुबन्धन ।

एकपछि अर्को कलाकारहरुको छनोट र पारिश्रमिक रेटबाट चर्चा फैलाउँदै आएका निर्माता पूजा शर्मा र निर्देशक सुदर्शन थापाले अन्तत आफ्नो फिल्मको नाम सार्वजनिक गरेका छन् ।

लामो समय फिल्मको नाम सस्पेन्समा राखेका उनीहरुले फिल्मको नाम ‘रामकहानी’ जुराएका हुन्।

यसै साता जुराइएको नामलाई केही दिनअघि मात्र चलचित्र विकास बोर्डमा दर्ता गरेको फिल्मकी निर्मात्री पूजाले जानकारी दिईन् ।

फिल्मका लागि केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, रविन्द्र झा लगायतका कलाकारहरु अनुबन्ध भइसकेका छन् भने मुख्य अभिनेताको छनोट हुन केही दिन लाग्ने पूजाले बताइन्। फिल्ममा मुख्य अभिनेत्रीमा पूजा आफैं देखा पर्नेछिन्।

फिल्मबारे चाँडै औपचारिक घोषणा गरिने र लगत्तै फ्लोरमा जाने मिति समेत तय गर्ने जनाइएको छ।

लभस्टोरी र कमेडी जनरामा बन्न लागेको ‘रामकहानी’ पूजाले निर्माण गर्न लागेको दोस्रो फिल्म हुनेछ। यसअघि उनले ‘म यस्तो गीत गाउँछु’ मा लगानी गरेकी थिइन्।

Check Also

‘रेन्टरटेनमेन्ट’को पाँचौ सिजन शनिबार

बिग न्यूज पोखरा, २८ भदौ । रेन्टरटेनमेन्टको पाँचौ सिजन भदौ ३० गते पोखरामा हुने भएको …