Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय » न्यूरोडमा खुल्यो ‘फूड ब्याङ्क’

न्यूरोडमा खुल्यो ‘फूड ब्याङ्क’

बिग न्यूज
पोखरा, ९ माघ । पोखराको न्यूरोडमा ‘फूड ब्याङ्क’ नामक रेस्टुरेन्टको सुभारम्भ भएको छ । सबैखाले ग्राहकहरुलाई लक्षित गर्दै रेस्टुरेन्टको सुभारम्भ भएको यसका संचालकले बताएका छन् ।

पहिलो चरणमा यो रेस्टुरेन्ट संचालनमा ल्याउनका लागि २५ लाख रुपैयाँ लगानी रहेको यसका संचालक सोशिभ भुर्तेलले जानकारी दिए । ‘नेपालमै केहि गर्न सकिन्छ र युवापुस्ताले यहिँ रहेरै कमाउनुपर्छ भन्ने सोँचसहित मैले रेस्टुरेन्ट संचालनमा ल्याएको हुँ ।’ संचालक भुर्तेलले रेस्टुरेन्टमा ५ जनालाई रोजगारी समेत दिएका छन् ।

होटल म्यानेजमेन्ट पढेका सोशिभले रेस्टुरेन्टमा आउने ग्राहकलाई आतिथ्यतामा कुनै कसर बाँकी नराख्ने दाबी गरेका छन् । त्यसका साथै ग्राहकहरुले फूड ब्याङ्कमा आएर आफ्नो स्वाद अनुसारको खाजा अर्डर गर्न सक्नेछन् ।

रेस्टुरेन्ट एण्ड बार एशोसियसन कास्कीका संस्थापक अध्यक्ष चिरञ्जिवि श्रेष्ठले एक विशेष समारोहका बीच रिबन काटेर रेस्टुरेन्टको उद्घाटन गरेका थिए । उद्घाटन गर्दै उनले रेस्टुरेन्ट व्यवसायमा युवाहरुको आकर्षण हुनु निकै प्रशंसनीय रहेको बताए । उनले यो व्यवसायमा चुनौती रहेपनि निकै सम्भावना पनि रहेको बताए ।

रेस्टुरेन्टका संचालकले सुभारम्भको अवसर पारेर ग्राहकहरुका लागि विशेष छुटको व्यवस्था समेत गरेको छ ।

Check Also

कुर्था पसलमा आगोलागि

पोखरा, बैशाख २३, पोखराको न्युरोडमा रहेको एक कुर्थापसलमा आगोलागि भएको छ । गएराति भएको आगालागि …