Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » पोखरा विश्वविद्यालयको स्ववियुमा मिश्रित नतिजा, अनेरास्ववियुका पदाधिकारी अधिकांश

पोखरा विश्वविद्यालयको स्ववियुमा मिश्रित नतिजा, अनेरास्ववियुका पदाधिकारी अधिकांश

बिग खबर
लेखनाथ, २२ चैत । पोखरा विश्वविद्यालयमा भएको पहिलो स्ववियु निर्वाचनमा मिश्रित नतिजा आएको छ । बुधबार भएको मतदानले कुनै पनि संगठनलाई स्पष्ट प्यानल विजेता हुने मौका दिएन ।

यद्यपी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु पोखरा विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन सभापतिसहित अधिकांश पदमा विजयी भएको छ ।

विश्वविद्यालय स्थापनाको २१ वर्षपछि पहिलो पटक पोखरा भएको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियु हावी भएको हो । अनेरास्ववियु सभापति, सचिव, कोषाध्यक्ष र ६ सदस्य तथा नेविसंघ २ सदस्यमा विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

स्ववियु सभापतिमा अनेरास्ववियुका सुनिल तिमिल्सेना विजयी भएका छन् । संस्थापक सभापति बनेका उनले नेविसंघका डिफान भुजेललाई २ सय २६ मतान्तरले पराजित गरेका हुन् । बिजयी तिमिल्सेनाले ८ सय ४५ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिष्पर्धी भुजेलले ६ सय १९ मत प्राप्त गरे ।

सभापतिका अर्का उम्मेदवार अखिल क्रान्तिकारीका सुदन पन्तले ४९, अनेरास्ववियुकी वागी उम्मेदवार कुशुम शिला भट्टले एक सय ४८ र नेविसंघका वागी उम्मेद्वार सुभाषप्रसाद पौडेलले ७५ मत प्राप्त गरे ।

सचिवमा अनेरास्वियुका सुरज परियार ९ सय १४ मत ल्याउँदै बिजयी भए । उनका प्रतिष्पर्धी नेविसंघका नारायण सापकोटाले ५ सय ४० र अखिल क्रान्तिकारीका बिनायक तिमिल्सिनाले एक सय ३० मत प्राप्त गरे ।

कोषाध्यक्षमा अनेरास्ववियुकी प्रकृति दवाडी सात सय २१ मत ल्याएर विजयी भईन् । उनका निकटतम प्रतिष्पर्धी नेविसंघका विनिता लामिछानेले ५ सय ३५ र अखिल क्रान्तिकारीकी सामना सुवेदीले ४ सय ४९ मत ल्याएकी थिईन ।

यसैगरि खुल्ला सदस्य तर्फ अनेरास्वियुका आशिष केसी, विनोद बुढा, घनश्याम डुम्रे, सन्देश तिमिल्सेना, नरेश खनाल विजयी भए भने नेविसंघबाट सरोज साह र गणेश रिमालले विजयी भएका छन् ।

Check Also

नवगठित नेविसंघ कास्कीको पहिलो निर्णय : ‘तत्काल क्षेत्रीय अधिवेशन र करको विरोधमा प्रदर्शन’

बिग न्यूज पोखरा, ३ भदौ । नेपाल विद्यार्थी संघ कास्कीको वैधानिक कार्यसमिति दाबी गर्दै सभापति …