Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » प्रदेश ४का राष्ट्रिय गौरवको आयोजना समयमै सक्न पुरै सहयोग हुन्छ ः मन्त्री चुमान

प्रदेश ४का राष्ट्रिय गौरवको आयोजना समयमै सक्न पुरै सहयोग हुन्छ ः मन्त्री चुमान

पोखरा, फागुन १५ । माधब पनेरु ।
प्रदेश नं ४ मा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु तोकिएकै समयमा पुरा गराउन आफुहरुको पुरै साथ र सहयोग रहने आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले प्रतिबद्धता जनाएका छन ।
पोखरामा र्निमाणाधिन अबस्थामा रहेको अन्र्तराष्ट्रिय बिमानस्थललको र्निमाण कार्यमा भएको प्रगतीको बारेमा अबलोकन तथा निरिक्षणका लागि बिमानस्थल पुगेको चुमानले प्रदेशको संबृद्धि र बिकासका लागि अहिलेको प्रदेश सरकार संबेधनशिल भएर लागीरहेकाले कुनै पनि सञ्चालित आयोजनाहरुमा सुरक्षा तथा अन्य सहयोग आबस्यक परेमा सरकार सहयोग गर्न तयार रहेको बताएका हुन । देश संघिय संरचनामा पहिलो पटक गएकाले यसको सस्थागत गरेर बिकासको मुल फुटाउने जिम्मा अहिलेको सरकारलाई रहेको उनको भनाई थियो । उनले प्रदेश ४ लाई नमुन प्रदेश बनाउने आफुहरुको लक्ष भएको बताए । सबै प्राकृतिक स्रोत साधन छ, , अब यसको समुचित प्रयोग र बिकास आबस्यक छ ः उनले भने । त्यसका लागि अन्तराष्ट्रिय बिमानस्थल र्निमाण हुनुले ठुलो अर्थ राख्ने उनको भनाई थियो । बिमानस्थल र्निमाण पछि बिकासका अन्य संभावना पनि संगै जोडिने भएकाले र्निमाण कार्यमा कत्तिपनि ढिलाई नआयोस भन्नेमा आफु चिन्तीत रहेको उनले स्पष्ट पारे ।
मन्त्री चुमानले बिमानस्थलमा हाल र्निमाण भैरहेको रनवे तथा अन्य स्थलहरुको निरिक्षण गरेका थिए । सो अबसरमा आयोजनाका ईन्जीनियर बिनेस मुननकर्मिले हाल भैरहेको कार्य प्रगतीको बारेमा ब्रिफिङ्ग गरेका थिए । उनका अनुसार हाल रनवे सम्याउने काम भैरहेको छ । उक्त कार्य २५ प्रतिशत सम्पन्न भएको बताइएको छ ।

Check Also

ब्रेकिङ न्युजः श्रेयालाई बलात्कार पछि हत्या गर्ने आफ्नै छिमेकी

रञ्जन अधिकारी, पोखरा । पोखरा २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया बिक (सुनार) लाई बलात्कारपछि …