Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » बिग एफएमले खेलाएको रेडियो गेम शो ‘महा–आजिजा’ को पुरस्कार बितरण

बिग एफएमले खेलाएको रेडियो गेम शो ‘महा–आजिजा’ को पुरस्कार बितरण

पोखरा, २३ । फागुन ।

बडादशैँको अवसरमा बिग एफएमले गरेको रेडियो इभेन्ट ‘महा–आजिजा’ को बिजेताहरुलाई पुरस्कार बितरण गरेको छ । हरेक चाड स्रोताहरुसँगै मनाउने बिग एफएमले ‘महा–आजिजा’ को सातौँ सँस्करणको पुरा गरेको छ ।

घटस्थापनादेखि सप्तमीसम्म सञ्चालन गरिएको रेडियो गेम शोमा सहभागी भएर स्रोताहरुले २० हजार रुपैयाँसम्म जित्न सक्ने प्राबधान छ । गेम शो बाट दुई दर्जन स्रोताहरुले नगद पुरस्कार प्राप्त गरेका छन । रेडियो गेम शो ‘महा–आजिजा’लाई पृथ्वीचोकस्थित ‘पोखरा सस्तो बजार’ले मुख्य प्रायोजन गरेको छ । सुर्यदिल ग्रुप इन्भेष्टमेन्ट कम्पनी प्रालिले यो बजारलाई नयाँ व्यवस्थापनसहित ‘स्मार्ट बजार’को रुपमा संचालनमा ल्याउन लागेको छ ।

‘पुरस्कार बितरण कार्यक्रममा रेडियोका मार्कटिङ्ग म्यानेजर अर्पन तिवारीले स्रोताहरुलाई ज्ञान संगै केही उपहार पनि दिने उद्धेश्यले रेडियोले यस्तो कार्यक्रम गरेको बताए । पोखरा सस्तोबजारका सञ्चालक युवराज खतिवडाले बजारको ब्यबशायिक प्रबद्धनमा रेडियो संगको सहकार्य सफल भएको बताए । बिग एफ.एम संगको सहकार्य निरन्तर रहने उनको भनाई थियो ।

बिग एफएमले हरेक चाडपर्वलाई यस्तै विभिन्न खाले इभेन्टहरु गरेर स्रोताहरुसँग मनाउँदै आएको छ ।

Check Also

पोखरामा पूर्व राजारानी बस्ने होटल यस्तो छ, २ हप्ता बसेर न्यू इयर मनाएर मात्र फर्कने !

पोखरा । पूर्व राजारानी ज्ञानेन्द्र शाह र कोमल शाह पोखरा आएका छन् । बुद्ध एयरको …