Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » अन्तराष्ट्रिय » बेलायतमा भएको आतङ्ककारी हमलाको नेपाल सरकारद्वारा भर्त्सना

बेलायतमा भएको आतङ्ककारी हमलाको नेपाल सरकारद्वारा भर्त्सना

काठमाडौं, १० चैत-
बेलायतमा भएको आतंककारी आक्रमणको नेपाल सरकारले भर्त्सना गरेको छ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले बेलायती बिदेशमन्त्री बोरिस जोन्सनलाई शोक सन्देश पठाउँदै संसद भवन अगाडि भएको आतंकबादी हमलाको निन्दा गरे ।

सन्देशमा परराष्ट्र मन्त्री डा महतले आतङ्ककारी घटनामा परी ज्यान गुमाउने नागरिकप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक श्रद्धान्जली अर्पण गर्दै घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

बेलायतको लन्डनस्थित संसद भवन अगाडि हिजो भएको आतङ्ककारी हमलामा परी पाँच जनाको ज्यान जानुको साथै कम्तिमा ४० जना घाइते भएका छन् ।

Check Also

जिम्बाबेमा आज चुनाव, आफैंले बनाएको पार्टीविरुद्ध मुगाबे

पोखरा, १४ साउन। अफ्रिकी देश जिम्बाब्बेमा आज राष्ट्रपति निर्वाचन हुँदैछ । ३७ वर्षसम्म सरकार चलाएका …