Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » म नभए यो फिल्म नै बन्ने थिएन : धिरज

म नभए यो फिल्म नै बन्ने थिएन : धिरज

बिग न्यूज
पोखरा, २७ भदौ ।  पत्रकार सम्मेलनमा पत्रकारहरुले फिल्मका मुख्य अभिनेता धिरज मगरलाई सोधे, ‘कसरी यो फिल्ममा अनुबन्धित हुनुभयो ?’ उनले भने–‘शायद म नभएको भए यो फिल्म नै बन्ने थिएन र फिल्मको चरित्रलाई न्याय गर्न सक्दैन जस्तो लाग्छ मलाई। यो फिल्मको कथा अत्याधिक मन परेरै म बेलायतबाट नेपाल आएर अडिसन दिएपछि छनौट भएको थिएँ । र, यो फिल्म गर्न पाउँदा निकै खुशी पनि छु ।’

एकपटक रेनाशा एउटा कार्यक्रमको शिलशिलामा बेलायत जाँदा त्यहाँ उनले धिरज मगरलाई भेटेका थिए । र, उनले धिरजलाई देख्ने बित्तिकै ‘इन्टु मिन्टु लण्डन’को लागि अप्रोच गरिन् । अप्रोच यस्तो खालको थियो कि, फिल्मको लागि धिरजले कुनै पनि हालतमा अडिसन दिनै पथ्र्यो । फिल्मको एकलाइन कथा सुनेपछि धिरजलाई लाग्यो, ‘कुनै पनि हालतमा यो फिल्म मैले गर्नुपर्छ ।’ र, उनी केहि समयपछि नेपाल आएर अडिसन दिए ।

त्यसो त धिरज मगर फिल्ममा आउनभन्दा अगाडि देखि नै युट्युबमार्फत थुप्रै फलोअर्स कमाईसकेका छन् । फिल्म पाउनका लागि भने उनको त्यो फलोअर्सले काम गरेको थिएन । यद्यपी अहिले फिल्म बनिसकेपछि भने उनको फलोअर्सले राम्रै काम गरिरहेको छ ।

पोखरामा पनि धिरज आफ्ना फलोअर्समाझ घेरिए । उनले फ्यानहरुसँगै फिल्मको गीत गाए । रमाईलो गरे । फोटो खिचाए । र, फिल्म हेर्नका लागि आग्रह गरे । विशेष गरि उनका युवती फ्यानहरु विभिन्न गिफ्टहरु ल्याएर धिरजलाई भेट्न मिडटाउन ग्यालरिया आईपुगेका थिए ।

Check Also

‘रेन्टरटेनमेन्ट’को पाँचौ सिजन शनिबार

बिग न्यूज पोखरा, २८ भदौ । रेन्टरटेनमेन्टको पाँचौ सिजन भदौ ३० गते पोखरामा हुने भएको …