Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » यूवाहरु मिलेर बनाए भिचुकमा क्लबको भवन

यूवाहरु मिलेर बनाए भिचुकमा क्लबको भवन

बिग न्यूज
पोखरा, १८ माघ । अन्नपूर्ण गाउँपालिकामा पर्ने भिचुक गाऊँको स्थानिय वराहथान यूवा क्लबले आफ्नै भवन निर्माण गरेको छ । नवनिर्मित भवनसँगै क्लबले सो स्थानमा खेलमैदान समेत निर्माण गरेको छ ।

भिचुकबाट वैदेशिक रोजगारीमा गएका भिचुके यूवाहरुको आर्थिक सहयोगमा भवन निर्माण पुरा गरिएको क्लबले जनाएको छ । नवनिर्मित क्लबको भवनलाई त्यहिँका वडा अध्यक्ष घनश्याम चापागाँईले उद्घाटन गरेका थिए ।

उद्घाटनपछि चापागाँईले युवाहरुको एकताको शक्तिले गाऊँमा निकै ठुलो परिवर्तन ल्याउन सकिने बताए । उनले युवाहरुमाझमा देखिएको आफ्नो गाउँप्रतिको मायाले निकै सकारात्मक सन्देश दिएको प्रतिक्रिया दिए । उनले आगामी आर्थिक वर्षको वडास्तरिय वजेटमा क्लबका लागि आवश्यक वजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाए ।

क्लबका अध्यक्ष विरेन्द्र गुरुङको अध्यक्षतामा भएको भवन उद्घाटन समारोहमा स्थानिय भिचुक प्लहने पैंगि लामा कल्याण संघका अध्यक्ष पदमबहादुर गुरुङ र भिचुक घोताने समाजका अध्यक्ष सुवेदार गमप्रसाद गुरुङले पनि मन्तब्य राखेका थिए ।

सोहि कार्यक्रमको अवसर पारेर भिचुक प्ल्हेने भाई खालकले क्लबलाई नौमती बाजाको सेट पनि हस्तान्तरण गरेको थियो । त्यस्तै क्लबलाई स्थानिय आनन्द गुरुङले खेलकुद जर्सी समेत प्रदान गरेका थिए । त्यसैगरि आले समाज भिचुकले क्लबलाई भलिबल पोलका लागि आवश्यक दुई वटा फलामको पोल र एक थान रेफ्री मेच प्रदान गरेको थियो ।

Check Also

तनहुँका सांसद श्रेष्ठद्वारा विद्यालयमा अक्षयकोष स्थापना

दमौली, २ पुस । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठले तनहुँको एक सामुदायिक विद्यालयमा …