Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » रातीमा झलमल्ल बल्छन् गुर्जाको पहाडका ढुंगा !

रातीमा झलमल्ल बल्छन् गुर्जाको पहाडका ढुंगा !

बिग न्यूज
पोखरा, ६ माघ । पहाडका ढुंगा पनि झलमल्ल बल्छ ? सुन्दा अचम्म लाग्न सक्छ । तर म्याग्दीको बिकट मानिने गुर्जा गाउँ भन्दा पनि एक घण्टा पैदल हिँडेर पुग्नुपर्ने घुर्मखोलाअन्तर्गत पर्ने गुर्जा हिमालको फेदमा रहेका ढुंगाहरु रातीमा झलमल्ल बल्छन् । अलिक टाढाबाट हेर्दा यस्तो लाग्छ, पुरै पहाड नै झलमल्ल बलिरहेको छ ।

खासमा यसरी रातीमा झलमल्ल बल्ने ढुंगालाई ‘कार्ज’ भनिन्छ । र, धौलागिरि गाउँपालिकामा पर्ने गुर्जाको सो ठाऊँमा ‘कार्ज’को खानी नै छ । झट्ट हेर्दा कार्ज बहुमुल्य हीराजस्तै देखिन्छ । हीराजस्तै टल्किने त्यो ढुंगा पनि निकै बहुमुल्य रहेको स्थानिय बताउँछन् । हीरा, मोतीजस्ता बहुमूल्य बिलासी धातुमा प्रयोग हुने ‘कार्ज’ नामक उक्त ढुंगाको खानी गुर्जाको पहाडमा रहेको प्रमाणित भइसक्दा पनि उत्खननका लागि राज्यले कुनै पहल नगर्दा अलपत्र अवस्थामा रहेको छ । बहुमूल्य ‘कार्ज’ ढुंगाखानी उत्खनन हुन नसक्दा राज्यले अर्बौ रुपैयाँ गुमाएको छ ।

खानी तथा पुरातत्व विभागले एक दशक अगाडि उक्त ढुंगा खानीको पहिचान गरे पनि उत्खननका लागि सम्बन्धित निकायले चासो नदेखाउँदा अलपत्र परेको धौलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झकप्रसाद छन्त्याल बताउँछन् । जिल्लाको अति विकट क्षेत्रमा रहेको गुर्जाको घुर्मखोलाअन्तर्गत पर्ने गुर्जा हिमालको फेदमा रहेको उक्त खानीको ‘कार्ज’ ढुंगा म्याग्दीको सदरमुकाम बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा राखिएको छ ।

शुक्रबार हेलिकप्टरबाट म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजेश शाक्य, किरण सापकोटा र लोकेश पुनको टोली हेलिकप्टरमार्फत गुर्जामा पुगेर कार्ज ढुंगा ल्याई प्रदर्शन गरेका थिए । “बहुमूल्य हीराको खानी हुनसक्छ, खानीको वास्तविकता अवलोकन गर्नुपर्छ” म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष शाक्य भन्छन् ।

Check Also

जन्ती चढेको जिप र बस ठोक्किँदा बेहुलाका बुबाआमासहित ६ जनाको मृत्यु

दाङ, २७ मंसिर । दाङमा जन्ती सवार जिप र यात्रु बस ठोक्किँदा बेहुलाका बुबा आमा सहित ६ …