Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » रुपा मेला आजदेखि

रुपा मेला आजदेखि

लेखनाथ, २६ पुस । कास्की जिल्लाको पुर्वी भेक रुपा गाउपालिकामा पुस २९ आजदेखि रुपा मेला २०७४ सुरु हुँदैछ ।

ध्रुव तारा क्लवले विगतका वर्ष जस्तै यस बर्ष पनि माघ २ गते सम्म आयोजना गरेको चार दिने मेला रुपा गाउपालिका वडा नं ६ को भिरचोकमा हुन लागेको हो । क्लवको १८औं बार्षिकोत्सवका अवसरमा राखिएको मेलाको तयारीका लागि गठन भएका बिभिन्न उपसमितिले आआफनो जिम्माको काम पुरा गरको अन्तिम चरणमा जुटेको क्लवका अध्यक्ष प्रेम कुमार खड्काले जानकारी दिएका छन् ।

वि स २०६० साल देखि निरन्तर रुपमा गर्दै आएको मेलाले यस क्षेत्रको शौक्षीक,आर्थीक र भौतीक विकासमा टेवा पु¥याउदै आन्तरिक एवंम बाह्यि पर्यटन विकासमा सहयोग पुग्ने बिश्वास लिईएको छ।

मेलाको मुख्य आर्कषणका रुपा ध्रुबतारा भलिवल प्रतियोगिता,विद्यालय स्तरीय नृत्य प्रतियोगिता,मावि हाजिरीजवाफ प्रतियोगितका,निःशुल्क स्वास्थ्य सिविर र साथमा विबिध सास्कृती कार्यक्रम सहित दोहोरी तथा हास्य ब्यङय कलाकारहरुको प्रस्तुती रहने छन् ।

रुपा गाउपालिकालाई नमुना योग्य पर्यटन गाउको रुपमा विकास गराउने उदेस्यले राखिएको मेलाले यस क्षेत्रमा होमस्टे पर्यटन विकास,जैविक बिविधताको संरक्षण,ग्रामिण पदयात्राको विकास गराउने लक्ष्य राखेको छ ।

मेलामा करिब ६ लाख ५० हजार को आम्दनी र ४ लाख ५० हजार खर्च लाग्ने क्लबले अनुमान गरेको छ। मेला बाट बचत रकम क्लबको निर्माणाधीन हात्तिमैता भ्युपोइन्ट र बर्नेपोखरी रंगशाला निर्माणका लागी खर्च गरिने आर्थिक संयोजक तुल कुमार गुरुङले जानकारी दिएका छन्।

Check Also

योग दिवसमा पतञ्जली योग समिति, प्रदेश ४ समितिले विभिन्न कार्यक्रम गर्ने

पोखरा, ५ असार । जुन २१, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रम गरिने …