Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार » विग आईकनको सब टाईटलमा नेरोल्याक पेन्ट्स

विग आईकनको सब टाईटलमा नेरोल्याक पेन्ट्स

रेम बिक, पोखरा, २ बैशाख । विग आईकनको पाँचौ सँस्करणको लागि कान्साई नेरोल्याक पेन्ट्स सब टाईटलमा फाईनल भएको छ । मंगलबार विग एफएमका अध्यक्ष महेश भण्डारी र नेरोल्याक पेन्ट्सका कन्ट्री हेड सत्य प्रकाशले सहमतीपत्रमा हस्ताक्षर गरेर सब टाईटल फाईनल गरेका हुन् । पाँचो सँस्करणको विग आईकनको लागि यस अघि नै सामसुङ मोबाईल मुख्य प्रायोजकमा फाईनल भैसकेको छ ।‘विग आईकनको देशव्यापी प्रभाव देखेर हामीले यो पटक विग एफएमको ग्राण्ड ईभेन्टमा सहकार्य गर्ने निर्णय गरेका हौँ ।’ नेरोल्याक पेन्ट्सका लागि नेपाल कन्ट्री हेड सत्य प्रकाशले भने–‘यो सहकार्यलाई सँधै निरन्तरता दिने हाम्रो चाहना छ ।’ नेरोल्याक पेन्ट्सले पहिलोपटक गायन प्रतियोगिता विग आईकनमा सह प्रायोजकको रुपमा सहकार्य गरेको हो । सामसुङ मोबाईलको सहकार्य भने यो पटक सहित तेस्रो हो ।

सब टाईटल फाईनल भएसंगै विग एफएमका अध्यक्ष महेश भण्डारीले खुशि व्यक्त गरे । गायन प्रतिभालाई उत्कृष्ट मञ्च दिने विग एफएमको ईभेन्टमा नेरोल्याकको सहकार्य निकै फलदायी हुने उनले आशा व्यक्त गरे । एफएमका अन्य ईभेन्ट र विग आईकनको हरेक सँस्करणमा नेरोल्याकसंग सहकार्य गर्न आफुहरु तयार रहेको उनले बताए ।

कान्साई नेरोल्याक पेन्ट्स संसारकै उत्कृष्ट पेन्ट्समध्ये एक हो । यो पेन्ट्स नेपालको उत्कृष्ट तीन भित्र पर्छ । नेपालमा यो पेन्ट्सको माग अत्याधिक रहेको समेत सहमतीको क्रममा जानकारी दिईयो ।

विग एफएमले यो पटक गर्न लागेको विग आईकनका लागि यतिबेला फाराम खुल्ला गरिएको एफएमले जनाएको छ । निशुल्क रुपमा भर्न पाईने फारामका लागि ईच्छुक गायन प्रतिभाहरुले पोखरा न्यूरोड स्थित कार्यालयमा सम्पर्क गर्नुपर्ने एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले बताए । यस्तै एफएमले आफ्नो अनलाईन www.fmbig.com मा पनि फाराम भर्ने व्यवस्था मिलाएको छ ।

 

Check Also

‘तिहारको खेल, मज्जाको खेल’ सकियो, श्रोताले ५६ हजार बढि जिते, थमन थापा एक्लैले अधिकतम २० हजार जिते

पोखरा, २३ कार्तिक । पोखराको बिग एफएमले दोस्रो ठूलो चाड तिहारको अवसरमा बर्षेनी आयोजना गर्दै आएको …