Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » सरस्वती आदर्शकी सजिनाले जितिन् व्यापार मेलाको खुला नाच प्रतियोगिता

सरस्वती आदर्शकी सजिनाले जितिन् व्यापार मेलाको खुला नाच प्रतियोगिता

बिग न्यूज
पोखरा, ६ माघ । पोखराको प्रदर्शनी केन्द्रमा जारी सफल औद्योगिक व्यापार मेलामा आयोजित खुला एकल नृत्य प्रतियोगितामा सरस्वती आदर्श विद्याश्रम लामाचौरकी सजिना तिलिजा प्रथम भएकी छन् । ३२ जना प्रतिस्पर्धीमध्ये पहिलो चरणबाट छानिएर उत्कृष्ट १० मा परेकी तिलिजाले निर्णायक मण्डलको अत्याधिक मत प्राप्त गर्दै पहिलो स्थान हात पारिन् ।

प्रतियोगितामा सेन्ट फ्रान्सिस स्कुल छिनेडाँडाका सेजल पुन दोस्रो भईन् भने सरगम साँस्कृतिक कला केन्द्रकी सपना धाई थापाले तेस्रो स्थानमा चित्त बुझाईन् । कुमुदिनी होम्सकी सिमा पुन र माछापुच्छ्रे नृत्य प्रशिक्षण केन्द्रका नाजिम मन्सुरले भने सान्त्वना पुरस्कार प्राप्त गरे ।

व्यापार मेलामा भएको खुला नृत्य प्रतियोगिताको निर्णायकमा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङसँगै महादेव न्यौपाने, बबिता गुरुङ र होम गुरुङको निर्णायक मण्डल रहेको थियो ।

Check Also

प्रथम बिग आइकन उपविजेता सिडी विजय अधिकारी पहिलो ‘भ्वाइस अफ नेपाल’ विजेता

प्रथम बिग आइकन उपविजेता सिडी विजय अधिकारी सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को …