Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » सहायक सिडियो काजिमानको नाकको अप्रेसन गरियो, नेकपाका नेता पौडेलद्धारा स्वास्थ्यलाभको कामना

सहायक सिडियो काजिमानको नाकको अप्रेसन गरियो, नेकपाका नेता पौडेलद्धारा स्वास्थ्यलाभको कामना

लमजुङ्ग, जेष्ठ २० ।
कार्यालयको काम सकेर फर्कने बेलामा लमजुङ्गको बेशिहरमा मोटरसाईकल दुर्घटनामा परी गभ्भीर घाईते भएका लमजुङ्गका सहायक प्रमुख जिल्ला अधिकारी काजिमान बि.क र जिल्ला प्रसासन कार्यालय लमजुङ्गका शाखा अधिकृत किरण लामिछानेको स्वास्थ्यमा सुधार भैरहेको परिबार स्रोतले जानकारी दिएको छ ।
गत हप्ता भएकोदुर्घटनाको कारण सहायक प्रजिअ बि.क को टाउको , मुख र नाकमा चोट लागेको छ । त्यसै गरि खुट्टा पनि भाँचिएको जनाईएको छ । उनको खुट्टा, टाउको तथा नाकको उपचार भैरहेको छ । नाकको अप्रेसन गरिएको जनाईएको छ । पोखराको गण्डकी मेडिकल कलेजमा उनको उपचार भैरहेको छ । घोईते लामिछानेको अबस्था भने सामान्य छ ।
उपचारत सहायक सिडियो बि.क. लाई नवगठित नेपाल कम्युनिष्ट पार्टीका लमजुङ्ग जिल्लाका नेता मोहनहरी पौडेलले अस्पतालमा भेटेर स्वास्थ्य लाभको कामना गरेका छन । जिल्लामा रहदा जनताको कामलाई बिषेश महत्व दिने एक राष्ट्रसेवक कर्मचारीको दुर्घटनाले आफु दुखि भएको पौडेलले भने । उनि पुर्ब नेकपा माओबादी केन्द को पोलिटब्युरो सदस्य हुन ।

Check Also

पोखरा विमानस्थलको काम दशैमा पनि जारी

कार्तिक १, पोखरा। निर्माणाधिन पोखरा क्षत्रीय अन्तराष्ट्रीय बिमानस्थलको काम दशैको बेलामा पनि जारी रहेको छ । समयमै काम …