Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय »   सिआईएस लमजुङ्गमा घिमिरे 

  सिआईएस लमजुङ्गमा घिमिरे 

१५, माघ, लमजुङ्ग ।
सामुदायिक सुचना समाज, लमजुङ्गको अध्यक्षमा ऋसिकेश घिमिरे चयन भएका छन । सुचनाको हक संबन्धी ऐन तथा थाहा पाउने अधिकारको बिषयमा जनतामा गई सो संबन्धी काम गर्ने उद्धेश्यले सामुदायिक सुचना समाज, पोखराले लमजुङ्गमा आफ्नो पहिलो शाखा बिस्तार गरेको हो । लमजुङ्गको राईनास नगरपालिका वडा नं १ बोराङ्गखोलामा आयोजना गरिएको एक भेलालो घिमिरेको नेतृत्वमा नौ सदस्यिए कार्यसमिती चयन गरेको हो । समितिको उपाध्यक्षमा हरि प्रसाद घिमिरे, सचिवमा शान्ता न्यौपाने , कोषाध्यक्षमा राधिका अधिकारी र सदस्यहरुमा शुक बहादुर बि.क, हेमराज न्यौपाने, सिता गुरुङ्ग,बलराम घिमिरे र धुब्र घिमिरे रहेका छन ।
भेलाले ग्रामिण भेगमा पनि सुचनाको हकलाई प्रचलनमा ल्याउनका लागि सोही अनुसारका कार्य तत्काल सुरु गर्ने र्निणय पनि गरेको छ । नेपालमा २०६४ सालमा सुचनाको हक संबन्धी ऐन बनेपनि हाल सम्म त्यसको ब्यबहारीक प्रयोग हुन नसकीरहेको बेलामा सुचना समाजको र्निमाण गरी सो संबन्धी नागरीकलाई सचेतना दिईने अध्यक्ष घिमिरेले जानकारी दिए । भेलामा सामुदायिक सुचना समाज, पोखराका सुचना अधिकारी माधब पनेरुले अब शहरमा मात्र होईन ग्रामिण भेगमा पनि सुचनाको हकलाई स्थापित गरि सबल नागरिक बनाउने अभियान सुरु भएको बताए । अहिलेको राज्य संरचना अनुसार सबै स्थानहरुमा आर्थिक गतिबिधी हुन थालेको भएपनि ग्रामिण भेगमा संबन्धीत निकायको ध्यान जान नसकीरहेको अबस्थामा सुचना समाजको स्थापना गरेर अब सचेत खबरदारि गर्न पनेरुले आग्रह गरे । अब प्रदेश नं ४ का सबै जिल्लामा सस्थाको शाखा स्थापना गरि पारर्दिशताको क्षेत्रमा काम गर्ने उनको भनाई थियो ।

Check Also

कुर्था पसलमा आगोलागि

पोखरा, बैशाख २३, पोखराको न्युरोडमा रहेको एक कुर्थापसलमा आगोलागि भएको छ । गएराति भएको आगालागि …