Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को बुटवल अडिसनबाट ६ जना छानिए

‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को बुटवल अडिसनबाट ६ जना छानिए

बिग न्यूज
पोखरा, १४ माघ । हस्पिटालिटी नेपाल कन्टेस्टको बुटवल अडिसन सकिएको छ । गत शनिबार भएको अडिसनमार्फत प्रतियोगिताका लागि बुटवल र आसपासका क्षेत्रबाट ६ जना छनौट भएको आयोजक एपी इन्टरटेनमेन्मटले जनाएको छ ।

बुटवल अडिसनमा प्रतियोगिताका लागि २६ जनाले अडिसनमा सहभागिता जनाएका थिए । त्यो भन्दा अघिल्लो शनिबार पोखरामा भएको अडिसनमार्फत कम्पनीले प्रतियोगिताका लागि २० जनालाई छनौट गरेको थियो । कम्पनीले बुटवलपछि काठमाण्डौमा अडिसन आह्वान गरेको छ ।

नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित ‘हस्पिटालिटी सेक्टर’का व्यक्तिहरुले यो ‘कन्टेस्ट’मा सहभागिता जनाउन पाउने आयोजकले बताएको छ । ‘अतिथी सत्कारको लागि पर्यटकीय होटल, रेस्टुरेन्ट तथा अन्य क्षेत्रहरु बढि सम्बन्धित छन् । र, यो कन्टेस्टमा सोहि क्षेत्रसँग आबद्ध रहेका सबै उमेर समूहका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन् ।’ आयोजक एपी इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने–‘हस्पिटालिटी क्षेत्रमा आबद्ध हुनेहरुको लागि यो एउटा विशेष मञ्चको रुपमा हामीले अगाडि सारेका छौँ ।’

‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्केटिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरु आयोजकले व्यवस्था गरेको छ । कन्टेस्टमा सहभागी भई विजेता बन्नेका लागि दुबई र थाइल्याण्डको भ्रमण अवसरका साथै विभिन्न तारे होटलहरुमा जागिरको व्यवस्था गरिने आयोजकले बताएको छ ।

हस्पिटालिटी नेपाललाई लाली चाउचाउको साथ

हस्पिटालिटी नेपाल कन्टेस्टको मुख्य प्रायोजकको रुपमा लाली तयारी चाउचाउ फाइनल भएको छ । यशोदा फूड्स प्रालिको उत्पादन लाली तयारी चाउचाउका प्रतिनीधि र हस्पिटालिटी नेपाल कन्टेस्टको आयोजक एपी इन्टरटेनमेन्टबीच इभेन्टको लागि सम्झौता भएको हो ।

एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डे र यशोदा फुड्सका कर्पोरेट म्यानेजर छविलाल शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर गरे । हस्पिटालिटी कन्टेस्टका लागि यसअगाडि नै टाइटल स्पोन्सरको रुपमा हिमाअस एजुकेशन कन्सल्टेन्सी फाइनल भैसकेको आयोजकले जानकारी दिएको छ ।

Check Also

अभिनेता तथा निर्देशक बुढाथोकीलाई वर्षसम्मान

बिग न्यूज काठमाण्डौ, ३० बैशाख । अभिनेता तथा निर्देशक आदित्य बुढाथोकीलाई नाट्य संस्था महासंघ (फेटो) …