Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » हिमालयनबाट एसईई मा सहभागि हुनेलाई बिदाई

हिमालयनबाट एसईई मा सहभागि हुनेलाई बिदाई

पोखरा, १७ फागुन ।
पोखरा १७ घारीपाटनमा रहेको हिमालयन बोडिङ्ग स्कुल बाट यो बर्षको एस.इं.ई दिने बिद्यार्थिलाई बिदाई गरिएको छ । बिद्यालयले एक कार्यक्रमको आयोजना गरि बिद्यालयमा अध्ययनरत बिद्यार्थिहरुलाई बिदाई गरेको हो । बिद्यालय ब्यबस्थापन, कक्षा नौ मा अध्ययनरत बिद्यार्थिहरुले सामुहिक रुपमा बिदाई गरेको बिद्यालयले जानकारी दिएको छ । कार्यक्रममा बिद्यालयका प्राचार्य टेक नारायण पौडेलले बिद्यार्थिहरुलाई सफलताको शुभकामना दिदै संसारका सफल मानिसहरुले गर्ने काम एउटै हो तर काम गर्ने तरिका मात्र फरक भए जस्तै आफ्नो अलग पहिचान बनाउनको लागि सफलतालाई केन्द्रमा राखेर काम गर्न बिद्यार्थिहरुलाई सुझाव दिए ।
कार्यक्रममा कक्षा ९ मा अध्ययनरत स्वस्तीका नेपाली,सृष्टी लामिछाने,रचना बि.क,सबिना आचार्य,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भाजराज बराल, बिद्यालयका सह – प्राचार्य गोबिन्द काफ्ले र बिद्यालयका शिक्षक शन्तोष पौडेलले शुभकामना दिएका थिए । सो अबसरमा कक्षा नौ का बिद्यार्थिहरुले बिदाई भएर जान लागेका बिद्यार्थीहरुलाई मायाको चिनो तथा सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Check Also

योग दिवसमा पतञ्जली योग समिति, प्रदेश ४ समितिले विभिन्न कार्यक्रम गर्ने

पोखरा, ५ असार । जुन २१, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रम गरिने …