Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
मिटर बक्समा तार सर्ट हुँदा पोखराका राजेन्द्रको घरमा आगलागी – BIG FM 101.2 MHz

Breaking News
Home » स्थानीय » मिटर बक्समा तार सर्ट हुँदा पोखराका राजेन्द्रको घरमा आगलागी

मिटर बक्समा तार सर्ट हुँदा पोखराका राजेन्द्रको घरमा आगलागी

पोखरा, २४ पुस । मिटर बक्समा तार सर्ट हुँदा पोखरामा आगलागी भएको छ । पोखरा महानगरपालिका ११ फुलबारी स्थित भानुमार्गका राजेन्द्र बहादुर भट्टराईको कच्ची घरमा आगलागी भएको हो । मंगलबार बिहान साढे १० बजे बिजुलिको मिटर बक्समा तार सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुुन्धानबाट खुलेको छ ।
आगलागीबाट दुई वटा टि.भि, एउटा ल्यापटप, एउटा आईफोन, दुईवटा दराज र दुईवटा पलङ जलेका छन् । त्यस्तै नगद ७० हजार र अन्य लत्ता कपडा गरि करिब पाँचलाख बराबरको क्षति भएको छ । प्रहरी, स्थानीय र दमकलको सहयोगमा उक्त आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

FILE PHOTO

Check Also

ढुंगेसाँघु मेलामा महिलाको गलाबाट सिक्री तानेर भाग्न खोज्ने दुई पक्राउ

१ माघ,पोखरा । पोखराको ढुंगेसाँघु मेला हेर्न हेर्न आएका महिलाको गलाबाट सिक्री तानेर भाग्न खोज्ने दुई जनालाई …