Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » स्कुल बसको ठक्करबाट वृद्धको घटनास्थलमै मृत्यु

स्कुल बसको ठक्करबाट वृद्धको घटनास्थलमै मृत्यु

कार्तिक ३०। श्यामशितल परियार । लमजुङ–स्कुल बसको ठक्करबाट लमजुङमा एक जना वृद्धको घटनास्थलमै मृत्यु भएको छ ।

डुम्रे–बेसीशहर सडकखण्डमा पर्ने बेसीशहर नगरपालिका–१,स्थित उदीपुर खोलामा गोल्डेन फ्युचर एकेडेमी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा पैदलयात्री बेसीशहर नगरपालिका–४, पुरानकोटका ७३ वर्षे टकबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका ईन्सपेक्टर वसन्त पाण्डेले जानकारी दिनुभयो ।

ठक्कर दिने ना ३ ख ७३९४ नम्बरको बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको पनि उहाँले जानकारी दिनुभयो ।

Check Also

स्कुटरले ठक्कर दिँदा पोखरामा एक पैदल यात्री घाइते

मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । …