Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय » एई ग्लोबलको ‘अष्ट्रेलियन एजुकेसन फेयर’ पोखरा सिटी स्क्वायरमा भदौ ३ गते

एई ग्लोबलको ‘अष्ट्रेलियन एजुकेसन फेयर’ पोखरा सिटी स्क्वायरमा भदौ ३ गते

वैदेशिक अध्ययनका लागि परामर्श दिँदै आएको एई ग्लोबलले पोखरामा आगामी भदौ ३ गते अष्ट्रेलियन एजुकेसन फेयर गर्दैछ । पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युटमा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गरिएको एई ग्लोबल पोखराका प्रवन्ध निर्देशक प्रिया थापाले जानकारी दिइन् ।

‘फेयरमा २४ वटा युनिभर्सिटी र कलेजका प्रतिनिधिहरु सहभागी हुन्छन्,’ थापाले भनिन्, ‘सहभागी विद्यार्थीलाई अष्ट्रेलिया अध्ययनका लागि लागि आवश्यक सम्पूर्ण ज्ञान प्रदान गर्नेछौं ।’ निःशुल्क प्रवेशको व्यवस्था गरिएको फेयरमा ‘स्पर्ट एडमिसन अप्लाई’को सुविधासमेत रहेको थापाले बताइन् ।

फेयरमा सहभागी विद्यार्थीलाई विभिन्न क्याटेगोरीमा ३० प्रतिशतसम्म छात्रबृत्ति उपलब्ध गराइने बताइएको छ । ‘२४ वटा युनिभर्सिटी तथा कलेजबाट रोजेको विषय विद्यार्थीले छनोट गर्न सक्छन्,’ थापाले भनिन्, ‘अष्ट्रेलियाका फरक फरक शहरका युनिभर्सिटी फेयरमा सहभागी हुँदैछन् ।’

फेयरमा सहभागी विद्यार्थीलाई प्रिभिलेज कार्डको व्यवस्था गरिएको छ । भिजा लागिसकेपछि फ्लाइट टिकटमा छुट लगायतका सेवा प्रिभिलेज् कार्डबाट प्राप्त गर्न सकिने थापाको भनाई छ । ‘आईएलटीएसमा ५० प्रतिशत छुटको सुविधासमेत छ,’ उनले थपिन्, ‘अष्ट्रेलिया जान इच्छुक विद्यार्थीलाई निःशुल्क प्रक्रिया सुरु गर्छौं ।’

फेयरमा सहभागी विद्यार्थीलाई आकर्षक पुरस्कारको व्यवस्था समेत गरिएको छ । एई ग्लोबलले विद्यार्थीको मनोभावना बुझ्दै उनीहरुलाई लाभदायक गतिविधि गर्दै आएको परामर्शदाता विक्रम शाही ठकुरीले जनाए ।

Check Also

बाँदरको सुकुटी बेच्न पाईयोस

पोखरा,१ मंसिर । सरकारले ल्याउन लागेको नेपाल वन विधेयकले मानव र वन्यजन्तु बिचको द्वन्द्व व्यवस्थापन गर्ने …