Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » चियापसल बाट जन्मिएकी पात्र भण्डारीको यस्तो मौलिक गीत (भिडियो हेर्नुहोस)

चियापसल बाट जन्मिएकी पात्र भण्डारीको यस्तो मौलिक गीत (भिडियो हेर्नुहोस)

पोखरा,०५ साउन ।

पछिल्लो समय बजारमा तिज गीतको नाममा विभिन्न तड्किलो भड्किलो खालका गीत भित्रीएको पाइन्छ ।त्यति मात्र होइन आफैं त्यस्ता प्रकारका गीत बजारमा भित्राएर हाम्रा गीतका मौलिकता हराए,सरकारले केहि गरेन भन्निको पनि यहाँ कमि छैन ।बजारमा सय वटा गीत भित्रिए भने दस वटा गित पनि मौलिकता भएका भेट्न गाह्रो हुन्छ ।तिनै दस गीत भित्रको एक नमुना गीत हो भन्दा फरक नपर्ला एक चिया पसलबाट संघर्षको कथा बोकेर साहित्य अनि सङगित क्षेत्रमा प्रवेश गरेकी अम्बिका भण्डारी र सामाजिक अभियान्ता अम्बिका नेपालको तिजको कोसेली ‘फुल फुल्यो’।

यसैबीच केहिदिन अघि साहित्यकार एवम लोक गायिका अम्बिका भण्डारीको लयमा अम्बिका नेपालको ञफुल फुल्योझ बोलको तिज गीत बजारमा आएको छ ।सोही गितको भिडियो समिक्षा आज पोखरामा एक कार्यक्रम गरि सम्पन्न गरिएको छ ।भिडियोको समिक्षा कार्यक्रममा बोल्दै गण्डकी प्रदेश का उपसभामुख सिर्जना शर्माले दुवै अम्बिका जस्ता श्रष्टाको संरक्षण गर्नुपर्ने र अधिकार लिएरै छाड्छु भनी महिलाहरु अघि बढनुपर्ने बताउनु भयो । त्यसो त उहाँले उत्श्रङखल गीतको विमोचन कार्यक्रममा आफू कहिल्यै सहभागी नहुने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै संस्कृतीविद डा। जगन्नाथ रेग्मीले तिजको महत्त्व हराउँदै जानुमा अरुभन्दा पनि समाजमा रहेका महिलाहरु स्वयम् आफू नै दोषी भएको बताउनु भयो ।पाँच तारे होटलमा गएर तिज मनाउने प्रचलनले नै तिजको मौलिकता हराउदै गएको बताउँदै उहाँले तिज गीतका भिडियो रेकर्ड गर्दा समेत पाटीपौवा र चौतारा आदिलाई प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उता लोक दोहोरी गित प्रतिष्ठान गण्डकीका महासचिव सुरेन्द्र गुरुङले भने नेपाली गीत सङगितमा पनि सरकारले चलचित्रको जसरी नै सेन्सर प्रणाली ल्याउन सके मौलिकता बोकेका गीत मात्र बजारमा भित्रिन सक्ने धारणा व्यक्त गरे ।जीवनमा संघर्ष गरेर सङगित र साहित्यमा प्रवेश गरेकी ञफुल फुल्योझ बोलको गीतमा लय दिएकी अम्बिका भण्डारीले भने आफूले अहिले गीत सङगितको क्षेत्रमा विकृति भित्रीएको अनुभव सुनाउदै आफुले गाएको मौलिक गीतलाई दर्शक र स्रोताले मन पराउनेमा आशावादी रहेको बताईन ।

सरकारी जागिर छोडेर बसेकी अम्बिका नेपालले आफू सामाजिक अभियान्ता भएको नाताले धेरै कार्यक्रम गर्दा तेति प्रभावकारी नभएको र गीतले नै समाज परिवर्तन गर्न सक्ने भन्दै आफुले यो नेपाली समाजको यथार्थ सम्हालेर नयाँ गीत बजार भित्राएको सुनाईन ।

भिडियो हेर्नुहोस

Check Also

गण्डकी प्रदेशमा आजका घटना / दुर्घटना (साउन ३०, २०७५)

बागलुङमा घर भत्किँदा ३ बेपत्ता, लमजुङमा शव फेला, पर्वतमा भिरबाट लडी मृत्यु लमजुङ शव फेला …