Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » अन्नपूर्ण संरक्षित क्षेत्रमा भदौदेखि हेलिकोप्टरअवतरणमा रोक

अन्नपूर्ण संरक्षित क्षेत्रमा भदौदेखि हेलिकोप्टरअवतरणमा रोक

२२ साउन, पोखरा । अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण संरक्षित क्षेत्रका चराचुरुंगी र वन्यजन्तुलाइ असर परेको भन्दै हेलिकोप्टर अवतरणमा रोक लगाएको छ। हेलिकोप्टर अवतरण गर्दा त्यसबाट आउने आवाज र भ्राइबेसनले वन्यजन्तु नै भागेका कारण गाउँपालिकाको चौथौ गाउँसभाले यस्तो निर्णय गरेको अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

पछिल्लो समय हेलिकोप्टरमार्फत अन्नपूर्ण, माछापुच्छ्रे क्षेत्रमा जाने तथा घुम्ने पर्यटक बढेका थिए । गाउँपालिकाको यो निर्णय भदौदेखि लागू हुनेछ । हेलिकोप्टर निषेधबारे हेलिसर्भिस कम्पनीहरुलाई जानकारी गराउने र अटेर गरे कारबाही गर्ने अध्यक्ष कुँवरको भनाइ छ ।प्राकृतिक सम्पदाको संरक्षणका लागि यो कदम उठाउनु परेको कुँवरले बताए ।

यसअघि अन्नपूर्ण संरक्षण आयोजना एक्यापले पनि अनुमतिबिना सो क्षेत्रमा हेलिकोप्टर अवतरण गर्न तथा नउडाउन भनेको थियो तर, हेलिकोप्टर कम्पनीहरुले अटेर गरेर उडाउने तथा अवतरण गर्ने गराइरहेका छन् । केही हेलिकोप्टर कम्पनीले अहिले पोखरादेखि अन्नपूर्ण बेसक्याप र माछापुच्छे आसपाससम्म यात्रु लिएर जाने गरेका छन् ।

संरक्षित क्षेत्र ऐनमा पनि जथाभावी हेलिकोप्टर अवतरण गर्न नपाउने व्यवस्था छ । गाउँपालिकाले हेलिकोप्टरमा रोग लगाएर पदमार्गको विकास र प्रवद्र्धन गर्ने नीति लिएको छ । नयाँ पदमार्ग पहिचान गर्ने, भएका पदमार्ग मर्मत सम्हार गर्ने र धेरैभन्दा धेरै पर्यटक भित्राउने योजना गाउँपालिकाको छ ।अहिले अन्नपूर्ण गाउँपालिकामा विश्वप्रशिद्ध अन्नपूर्ण पदमार्ग, घान्द्रुक, लाग्द्रुक पदमार्ग, पुनहिल पदमार्ग, मर्दी पदमार्ग लगायत छन् ।

FILE PHOTO

Check Also

तनहुँका सांसद श्रेष्ठद्वारा विद्यालयमा अक्षयकोष स्थापना

दमौली, २ पुस । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठले तनहुँको एक सामुदायिक विद्यालयमा …