Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » बैंकर प्रेमीकासँग मिलेर ५ करोड ठगेपछि सेनाका सहायक रथी जेल चलान

बैंकर प्रेमीकासँग मिलेर ५ करोड ठगेपछि सेनाका सहायक रथी जेल चलान

बिग खबर
काठमाण्डौ, २६ चैत । बैंकमा कार्यरत प्रेमीकासंग मिलेर ५ करोड ठगी गरेको कसुरमा नेपाली सेनाका सहायक रथी डा. रमेश विष्ट जेल चलान भएका छन् । पाटन उच्च अदालतले विष्टलाई बैंकिंग कसुरमा दोषी ठहर गर्दै जेल चलान गर्ने निर्णय सुनाएको हो ।

कृषी विकाश बै‌ंकमा कर्मचारी दीपिका रेग्मीले गरेको ठगीमा सहायक रथी विष्टको पनि संलग्नता देखिएको थियो।

सहायक टेलरका रुपमा न्युरोड शाखामा काम गर्ने दीपिकाले अन्तर बैंक हिसाब मिलानका नाममा करिब ५ करोड रुपैयाँ ठगी गरेको बैंकको आन्तरिक छानबिनमा खुलेको थियो।

उनले ठगी गरेको ३३ लाख रुपैयाँ डा विष्टको खातामा भेटिएको थियो। विष्ट सैनिक अस्पतालमा कार्यरत थिए।

रेग्मी र विष्ट प्रेमीप्रेमिका भएको प्रहरी अनुसन्धानमा खुलेको थियो।

दीपिका पनि हाल जेलमै छिन्। सहायक रथी विष्टलाई डिल्लीबजार कारागारमा राखिएको छ। ।

Check Also

एसईईको नतिजा पर्सी बुधबार सार्वजनिक गर्ने तयारी

काठमाडौं– एसइई परीक्षाको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका …