Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » admin

admin

सरस्वती टीका उमाविको ५४ औं वार्षिकोत्सव, अबको सिकाई नैतिकता र ईमान्दारिताको : सासंद अधिकारी

लेखनाथ, १६ भदौ। सासंद रविन्द्र अधिकारीले अवको पढाई भनेको नैतिक र ईमान्दारीताको ज्ञान भएको हुनु पर्नेमा जोड दिएका छन्। कास्कीको लेखनाथ नगरपालिका वडा नं १७ भरतपोखरीमा रहेको सरस्वती टिका माविको ५४ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा बोल्दै सासंद अधिकारीले पढाई एक प्रकारको सिकाई हो जाहाँ असल कुरा सिक्नु पर्छ जसका लागि नैतिकता र ईमान्दारीताको खाँचो रहेको विचार रहेको हुन्। विद्यार्थीको …

Read More »

कास्की पुनर्संरचना, तीन मोडलमा सिफारिसको तयारी

 पोखरा, भदौ १५ ।  स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति कास्कीले जिल्लाको पुनर्संरचनाका लागि तीनवटा प्रश्ताव आयोगमा सिफारिस गरेको छ । करिब डेढ महिनाको निरन्तर अभ्यास पछि समितिले आयोगले दिएको अधिकतम संख्या र उपयुक्त विकल्प सहितको सिफारिस पठाएको हो । आयोगले कास्कीमा पाँचवटा स्थानीय तह रहने गरी क्षेत्र विभाजन गर्न समितिलाई निर्देशन दिएको थियो । पहिलो प्रश्तावमा पोखरा उपमहानगरपालिकामा चापाकोट, …

Read More »

छोरेपाटनको एक घरमा ग्याँस लिक हुँदा छानो नै उड्यो, ठूलो क्षति हुनबाट जोगियो

रञ्जन अधिकारी पोखरा, ८ भदौ / शहरबजारमा सबैको भान्सामा खाना पकाउने सिलिण्डर ग्याँस रहेकै हुन्छ । थोरै असाबधानीले पनि ठूलो जनधनको क्षति भएको घटना हामीले देख्दै सुन्दै आएका छौं । बुधबार विहानै पोखरा १७ छोरेपाटनमा ग्याँस सिलिण्डर लिक हुँदा पनि ठूलो क्षति हुनबाट जोगिएको छ । स्थानीय सिमलटुडामार्ग स्थित भक्तबहादुर गुरुङको घरको किचन ग्याँस लिकेज हुँदा क्षतविक्षत भएको छ भने …

Read More »

झापाका बाढीपीडितलाई ईक्यानको सहयोग

झापा, १ भदौ / नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले झापाका बाढी पीडितलाई सहयोग गरेको छ । मुस्लिम बाहुल्यता रहेको झापाको पाठामारी गाविसका ४ सय परिवारलाई ईक्यानले राहत सामाग्री उपलब्ध गराएको हो । चामल, नुन, चिनी र दाल गरेर ४ लाख बराबरको सामाग्री इक्यान मार्फत पीडितलाई बाढिएको हो । पाठामारी गाबिस सचिब बाबुराम पोखरेलका अनुसार उक्त गाबिसमा करिब ११ सय …

Read More »

पोखरामा दिउँसै हत्या, पूर्व श्रीमती सोनमको हत्या गर्ने सञ्जीवको पनि मृत्यु,

रञ्जन अधिकारी पोखरा, १ भदौ / किशोरावस्थामै प्रेम । त्यसपछि आफुखुशी विवाह । अन्तर्जातिय सम्बन्धका कारण परिवारको अस्विकृति । सम्बन्धमा खटपटपछि सम्बन्ध विच्छेद । २१–२२ वर्षकै उमेरमा दुवैको ज्यान गयो । पोखरामा बुधबार दिउँसै स्याङ्जा पौवेगौंडे गाविस वडा नं. २ की सोनम रेग्मीले सम्बन्धमा खटपट भएकै कारण २१ वर्षकै उमेरमा ज्यान गुमाएकी छिन् । पूर्वपति स्याङ्जा किचनास गाविस वडा नं. …

Read More »

पोखरा जेसीजको मानव अधिकार रक्षक अभिमुखीकरण तालिम तथा सम्मान

रञ्जन अधिकारी पोखरा, ३१ साउन /  जेसीआई पोखराको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यलयको सहकार्यमा मानव अधिकार रक्षक अभिमुखीकरण तालिमको आयोजना गरिएको छ । मानव अधिकार, मानव अधिकार रक्षकको भुमिका, नेपालमा मानव अधिकारको अवस्थाको बारेमा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यलय प्रमुख सुर्य बहादुर देउजा र मानव अधिकार अधिकृत खिमलाल सुवेदीले प्रशिक्षकको रुपमा …

Read More »

अग्रज पत्रकार रुद्रबहादुर थापालाई बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार

पोखरा २० साउन । अग्रज पत्रकार रुद्रबहादुर थापा बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार –२०७३ बाट सम्मानित भएका छन् । पोखरा एक्सप्रेस पत्रिकाका संस्थापक प्रकाशक तथा प्रधान सम्पादक स्वर्गिय बालकृष्ण उग्रताराको स्मृतिमा उनको परिवारद्धारा स्थापित तथा सोहि पत्रिकाद्धारा संचालित पुरस्कारबाट विहिवार थापालाई सम्मान गरिएको हो । प्रेस स्वतन्त्रताका सेनानी केशबराज पराजुलीले थापालाई नगद २० हजार १ सय ११ रुपैया र सम्मानपत्र …

Read More »

बिमल भन्छन्ः ‘आजसम्म देशको लागि लडें, अब बहिनीको लागि लड्छु’

१९ जेठ, काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरले आफ्नी बहिनी मनिषाको ‘हत्या’ गर्नेमाथि कारवाही गर्नुपर्ने माग गरेका छन् । आजसम्म देशको लागि लडेको भन्दै उनले अब ‘बहिनीको लागि लड्ने’ फेसबुकमा लेखेका छन् । उनी लेख्छन्, ‘सानो छँदा बाबु गुमाएँ । बाबु पनि देशको लागि लड्नुहुन्थ्यो । बिस्तारै त्यो पीडा भुल्दै जाँदा आज १० वर्ष भएको थियो । आज अर्को …

Read More »

पोखरा जेसीजको ‘वीकइण्ड’ जेठ २१ देखि

रञ्जन अधिकारी पोखरा, १८ जेठ / एसएलसी दिएर फुर्सदमा बसेका विद्यार्थीका लागि उत्प्रेरणामुलक कार्यक्रम हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि तयारी अवस्थामा रहेका विद्यार्थीलाई लक्षित गरी ‘लक्ष्य प्राप्ति’ शीर्षकमा परामर्श तथा उत्प्रेरणामुलक कार्यक्रम पोखरा जेसीजले गर्न लागेको हो । जेसीज वीकइण्ड कार्यक्रम अन्र्तगत पहिलो दिन जेठ २१ गते विद्यार्थीहरुको रुची र क्षमता अनुसार विषयगत विकल्पहरुको जानकारी सहित सम्बन्धित विषयमा जानकार …

Read More »

भोली पोखरा, लेखनाथ र हेमजाका ३३ पम्पबाट डिजेल वितरण गरिने (पम्पको सूचीसहित)

पोखरा, ३ पुस | भोली शनिबार पोखरा, लेखनाथ र हेमजाका ३३ वटा पम्पबाट डिजेल वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आधिकारिक रुपमा डिजेल वितरण गर्ने जानकारी दिएको हो । प्रशासनका अनुसार एउटा पम्पले १८ हजार लिटरसम्म डिजेल वितरण गर्ने जिम्मा पाएका छन् । सबैभन्दा बढि कालिका फ्युल स्टेशनले १८ हजार लिटर डिजेल वितरण गर्ने भएको छ । …

Read More »