Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Ranjan Adhikari Chhetri (page 3)

Ranjan Adhikari Chhetri

श्रीया सुनार हत्याकाण्डः कुसुम पुर्पक्षका लागि जेल चलान, यस्तो दिए बयान

पाेखरा । पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको हत्याको अरोपमा पक्राउ परेका कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अहिलेसम्म प्रहरी हिरासतमा रहेका पौडेललाई अदालतको आदेशपछि कास्की कारगार चलान गरिएको छ । न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले मंगलबार पौडेललाई थप अनुसन्धानका लागि कारागार पठाउने आदेश गरेको हो । नेपाल सरकार वादी र कुसुम पौडेल प्रतिवादी भएको …

Read More »

कास्की मालपोतबाट ५० हजार घुससहित २ कर्मचारी ख्याम नारायण र सञ्जय समातिए

पोखरा । ५० हजार रुपैयाँ घुससहित मातपोत कार्यालय कास्कीका दुई कर्मचारी समातिएका छन् । ५० हजार रुपैयाँ घुस लिँदै गर्दा कर्मचारी ख्याम नारायण पौडेल र खरिदार सञ्जय शर्मालाई मंगलबार पौने ५ बजे कार्यालयबाटै पक्रेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले घुस लिँदै गर्दा कर्मचारीलाई समातेको हो । केहि दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र …

Read More »

पोखरा लेकसाइडमा नेपालीलाई छुरा हान्ने अष्ट्रियाका नागरिक यिनै हुन्

पोखराको लेकसाईडमा नेपालीलाई छुरा हान्ने अष्ट्रियाका नागरिक पक्राउ परेका छन् । सेदी खहरेमा पोखराका शिव श्रेष्ठमाथि छुरा प्रहार भएको थियो । घटनामा संलग्न इडर डोमिनिक(पासपोर्ट नम्बर ३०७१६७१) लाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए । घटनापछि उनी फरार थिए । सेदीकै एक होटलमा लुकेर बसेको अवस्थामा बैदाम प्रहरीले फेला पारेको थियो । दुई रातसम्म …

Read More »

जाँडरक्सीको पैसा आयोजकले नतिर्दा कलाकारको रोईलो, सोनिका रोकाया र शोभित बस्नेतको हर्कतले दुलेगौंडाबासी चकित

रञ्जन अधिकारी । तनहुँमा एक पछि अर्को महोत्सव हुँदैछ । शुक्लागण्डकी ५ बेलचौतारामा गत शुक्रबारदेखि प्रथम लायन्स महोत्सव शुरु भइसकेको छ । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनको आयोजनामा सञ्चालित महोत्सव असोज २७ गतेसम्म चल्नेछ । लगत्तै तीनखोले देवी मन्दिरमा असोज २४ गतेदेखि ३० गतेसम्म धार्मिक महोत्सव हुँदैछ । भिमादमा फेरि कात्तिक २९ गतेदेखि मङ्सिर ११ गतेसम्म दोस्रो भिमाद महोत्सव हुनेछ …

Read More »

‘पैसाको खेल रेडियोमा’, दशैंमा बिग एफएमको महा-आजिजा, कालीगण्डकी अक्सिजन ग्याँसको साथ

पोखरा, २२ असोज । पोखराको बिग एफएमले महान पर्व बडादशँैको अवसर पारेर यस वर्ष पनि रेडियो गेम शो ‘महा आजिजा’ गर्ने भएको छ । ‘पैसाको खेल रेडियोमा’ भन्ने थिममा खेलाईने रेडियो गेम शो असोज २४ गते घटस्थापनादेखि असोज २९ गतेसम्म चल्ने एफएमले जनाएको छ । यो पटकको ‘महा आजिजा’ लाई कालिगण्डकी अक्सिजन ग्याँस प्रालिले मुख्य प्रायोजन गरेको छ । रेडियो …

Read More »

पोखरामा अर्को घटनाः १ हजारको लोभ देखाएर ३ बालिका लेकसाइडको कोठामा राख्ने २ किशोर पक्राउ

पोखरा, २२ असोज । यौन दुव्यर्वहारका घटना दिनप्रतिदिन सार्वजनिक हुने क्रम बढ्दो छ । पोखरामै बलात्कारका एक पछि अर्को घटना सार्वजनिक भईरहँदा आइतबार दुई किशोर पक्राउ परेका छन् । उनीहरु तीन बालिकालाई लेकसाइड स्थित एक घरको कोठामा पैसाको लोभमा राखेको भेटिए । एक हजारको लोभ देखाएर आफूसंग रात बिताउन लगेका भारतीय दुई किशोर प्रहरी फन्दामा परेका हुन् । पोखराको लेकसाईडबाट …

Read More »

निर्मला हत्या प्रकरणः छानबिन समितिको ३७ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक (पुरै पढ्नुहोस्), प्रहरीले नै प्रमाण नष्ट गरेको पुष्टि, सामूहिक बलात्कार पछि घाँटी थिचेर हत्या

गृह मन्त्रालयले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । गृहमन्त्रालयका सहसिचव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो। मन्त्रालयले ३७ पृष्ठ लामो प्रतिवेदन आफ्नो वेबसाइटमा राखेको छ। Dowload this > Nirmala Panta case प्रतिवेदन सार्वजनिक गर्न सरकारमाथि दबाब बढेको थियो। आइतबार मन्त्रिपरिषद्को स्वीकृतिपछि गृहले पन्त प्रकरणको …

Read More »

आजदेखि नयाँ नोट साट्न सुरु, कहाँ, कतिसम्म साट्न सकिन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै राष्ट्र बैंकले आजबाट असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा दिन लागेको हो । नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २–२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा …

Read More »

‘मिस पोखरा’ बनिन् सारा बजिमय (हेर्नुहोस् तस्विरहरु)

पोखरा । ‘मिस पोखरा २०१८’ को उपाधी पोखराकी सारा बजिमयले जितेकी छन्। १७ जना प्रतिसपर्धीलाई पछि पार्दै उनले उपाधि आफ्नो पोल्टामा पारेकी हुन्। उनले उपाधिसँगै स्कुटर सहित नगद ५० हजार रुपैयाँको साथमा यो वर्ष एक हप्ताको अष्ट्रेलिया भ्रमण जित्न सफल भएकी छन्। जेसिआई पोखराको आयोजनामा भएको ‘मिस पोखरा २०१८’ मा फष्ट रनर अप सुजाता केसी भएकी छन् । उनले फष्ट रनरअपले …

Read More »

राममाया: ‘पोखरा फोहोर हुन नदिन हरेक रात, श्रीमान् र छोरोको साथ’

पोखरा । पोखराका मुख्य सडकका छेउहरु फोहोरको थुप्रोले ढाकिन थालेपछि पोखरा ९ की राममाया मानन्धरलाई चित्त परेन । साँझसम्म सफा ठाउँमा बिहान उठ्दा फोहोर थुप्रिसकेको हुने । अनि सोचिन्, आफूले सक्दो किन नगर्ने ? त्यसैले, फोहोर फाल्नेहरुमाथि निगरानी गर्ने मनसायका साथ बेलुकी घरको काम सकेपछि परिवार नै सडकमा निस्कन थाले । झण्डै तीन महिना हुन लाग्यो, राममाया श्रीमान् सन्तोष आले …

Read More »