Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
Ranjan Adhikari Chhetri – Page 726 – BIG FM 101.2 MHz

Breaking News
Home » Ranjan Adhikari Chhetri (page 726)

Ranjan Adhikari Chhetri

लायन्स क्लब अफ पोखरा गण्डकीको पदस्थापन तथा सम्मान

रञ्जन अधिारी पोखरा, २४ साउन / लायन्स क्लब अफ पोखरा गण्डकीको २८ औं पदस्थापन तथा सम्मान समारोह शनिबार सम्पन्न भएको छ । सो अवसरमा निवर्तमान अध्यक्ष निर्मला बरालले वर्ष २०१४÷१५ अध्यक्ष मञ्जु पन्तलाई पद हस्तान्तरण गरिन् । डिस्ट्रिक्ट ३२५ बी १ नेपालकी डिस्ट्रिक्ट गभर्नर एमजेएफ भूगोल शेरचनले अध्यक्ष पन्त सहित नयाँ कार्यसमिति पदाधिकारी, सदस्यहरुलाई पदस्थापन गराएकी हुन् । समारोहमा बोल्दै प्रमुख अतिथि …

Read More »

दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट कार्की पुरस्कृत , विमानस्थल निर्माण कार्य छिट्टै शुरु – सिंह

पोखरा, २४ साउन। प्रजातन्त्रका सेनानी स्व. दयाशंकर पालिखेको स्मृतिमा उनका परिवारद्वारा स्थापित दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार – २०७० बाट शनिवार पोखराका अग्रज पत्रकार नारायण कार्कीलाई पुरस्कृत गरिएको छ। नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा संचालित सो पुरस्कारको राशी ३३ हजार तीन सय ३३ सहित ताम्रापत्र रहेको छ। महासङ्घले पोखरामा शनिवार आयोजना गरेको कार्यक्रममा उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उनलाई …

Read More »

गाईजात्रा महोत्सव साथै तायः मचाः नृत्य प्रतियोगिताको तयारी

रञ्जन अधिकारी पोखरा, २३ साउन / पोखराका नेवार समुदायले यस वर्ष पनि गाईजात्राको सन्दर्भमा गाईजात्रा महोत्सव र तायः मचाः नृत्य प्रतियोगिता गर्ने भएको छ । नेवा खलः कास्कीको आव्हान र भीमसेन टोल सुधार समिति भीमसेन टोलको आयोजनामा साउन ३० र ३१ गते महोत्सव हुने भएको छ । समितिले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी पहिलो दिन विविध साँस्कृतिक कार्यक्रम र दोस्रो …

Read More »

तीन वर्ष भित्रै लोडसेडिङमुक्त मुलुक बनाउन नीजि क्षेत्र क्रियाशिल: पाण्डे

माधव भुषाल पोखरा, २३ असार । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले मुलुकलाई तीन वर्ष भित्र लोडसेडिङ मुक्त बनाउन नीजि क्षेत्र क्रियाशील रहेको जनाएका छन् । त्यसको लागि महासंघ योजनावद्धरुपले अगाडि बढेको पनि उनले बताए । पश्चिमाञ्चल क्षेत्रीय उद्योग बाणिज्य संघको शुक्रबार पोखरामा भएको वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले व्यवसायिक वातावरण निर्माणका लागि आवश्यक पर्ने ऐन नियमहरु निर्माणको लागि …

Read More »

संसदमा चर्कियो चरी प्रकरण, ‘राजधानीमा मारेर बाहिर प्रदर्शन गरियो’ सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौ, श्रावण २२ –सभामुख सुवास नेम्वाङले डन दिनेश अधिकारी चरी हत्यकाण्डबारे यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । व्यवस्थापिका संसदको बैठकमा एमाले सभासदहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र गुरु बुर्लाकोटीले चरीको हत्या नियोजित रुपमा प्रहरीले गरेको भन्दै गृहमन्त्रीको जवाफ मागेका थिए । एमाले सभासदहरुले चरी हत्याबारे यथार्थ नआए संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले गृहमन्त्रीलाई शुक्रवारको बैठकमा यसबारे …

Read More »

सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकनमा उत्कृष्ट ५, दिपेश भट्टचन बाहिरिए

बिग न्युज पोखरा, २२ साउन । उत्कृष्ट ६ मध्येका एक प्रतिस्पर्धी दिपेश भट्टचन बाहिरिएपछि गायन रियालिटि शो सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकनमा उत्कृष्ट पाँच प्रतिस्पर्धी बचेका छन् । विहिबार भएको अडिसनमा उत्कृष्ट पाँच प्रतिस्पर्धीले उत्कृष्ट चारका लागि प्रतिस्पर्धा समेत गरे । शनिबार उत्कृष्ट चार घोषणा हुनेछन् । त्यसपश्चात सोहि दिन उत्कृष्ट तीन का लागि प्रतियोगीहरुले प्रतिस्पर्धा गर्नेछन् । उत्कृष्ट पाँच प्रतिस्पर्धीहरुमा …

Read More »

पत्रकार पराजुली र एरेञ्जर गुरुङ सम्मानित, लोकदोहोरी विकास बोर्ड आवश्यकः अध्यक्ष शर्मा

माधव भुषाल पोखरा, २२ साउन / अग्रज पत्रकार गंगाधर पराजुली र म्युजिक एरेञ्जर तेजेन्द्र गुरुङ पोखरामा विहिबार सम्मानित भएका छन् । पत्रकारिता मार्फत लोक गीतसंगीतमा महत्वपूर्ण योगदान दिएको भन्दै पराजुली र दश हजार बढि गीतमा म्युजिक एरेञ्ज गरी संगीतमै जीवन अर्पण गरेका गुरुङलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकीले बार्षिक साधारणसभाको अवसरमा दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको हो । यस्तै, …

Read More »

गजितको आठ वर्षे छोरा सौगातले फिल्म निर्देशन गर्ने, संभवत वल्र्ड रेकर्ड

२१ साउन | तस्वीरमा अंकमालमा बाँधिएका नायक गजित र उनका छोरा सौगात विष्ट हुन् । उनका छोरा सौगात अहिले ८ वर्षका मात्र भए । तर उनी फिल्मको निर्देशन गर्न कस्सिएका छन् । बुधबार काठमाण्डौमा एक विशेष समारोहका बिच सौगातले फिल्म निर्देशन गर्ने कुराको औपचारिक जानकारी दिईयो । संभवत, सौगात बिष्ट विश्वकै कान्छा निर्देशक हुनेछन् । उनले निर्देशन गर्ने फिल्मको नाम …

Read More »

पोखराका ट्याक्सी नयाँ मूल्य अनुसार भाडा समायोजन नभएसम्म मिटरमा नगुड्ने

रञ्जन अधिकारी पोखरा, २१ साउन / गत असार अन्तिम साता क्षेत्रीय प्रशासक अर्जुनबहादुर कार्कीको निर्देशनमा पोखरामा चल्ने सबै ट्याक्सीले एक साताभित्र भाडा समायोजन गरी अनिवार्य मिटरमा चल्न निर्देशन दिए । सो अवधिमा मिटर जडान नगर्ने र मिटर जडान गरेपछि पनि नचलाएको भन्दै दुई सय बढि ट्याक्सी प्रहरी कारबाहीमा परे । तर, ट्याक्सी व्यवसायीहरुले कुनै हालतमा मिटरमा नचल्ने भन्दै अटेर गरेपछि अहिले कारबाही …

Read More »

संविधानसभाबाट संघीय संविधान असम्भव: सचिव गुरुङ

पोखरा, २१ साउन / नेकपा–माओवादीका सचिव देव गुरुङले वर्तमान संविधानसभाबाट जनताको पक्षमा संविधान नबन्ने ठोकुवा गरेका छन् । उनले पहिचानसहितको संघीय संविधान जारी हुन असम्भव रहेको बताए । २० औं विश्व आदिवासी दिवसका सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीद्वारा बुधबार पोखरामा आयोजित ‘पहिचान, संघीयता र तमुवान’ विषयक अन्तरक्रियात्मक गोष्ठीमा सचिव गुरुङले भने ‘अघिल्लो संविधानसभा हामीले दुई तिहाई हस्ताक्षर …

Read More »