Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Ranjan Adhikari Chhetri (page 734)

Ranjan Adhikari Chhetri

बिग आइकन २०१४: को–स्पोन्सर युरो एशिया इडुकेसन कन्सल्टेन्सी प्रा. लि.

सामसङ ग्यालेक्सी ग्राण्ड निओ बिग आइकन २०१४ को को–स्पोन्सरको रुपमा युरो एशिया इडुकेसन कन्सल्टेन्सी प्रा. लि. आबद्ध भएको छ । काठमाडौँस्थित पुतलीसडकमा प्रधान कार्यालय रहेको सो कन्सल्टेन्सीको शाखा पोखरास्थित सिद्धार्थ चोकमा रहेको छ । जापानमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई बिगत ८ वर्षदेखि परामर्श र सेवा दिँदै आइरहेको सो कन्सल्टेन्सीले यही वर्षबाट पोखरामा आफ्नो सेवा सुरु गरेको हो । युरो एशिया …

Read More »

पोखरामा साहित्यकार जगदीश घिमिरेको सम्झना

पोखरा, जेठ २१ गते । प्रसिद्ध साहित्यकार स्वर्गीय जगदीश घिमिरेको सम्झनामा उहाँकी श्रीमती दुर्गा घिमिरेले लेख्नुभएको पुस्तक ‘उनको सम्झना’को बुधबार पोखरामा परिचर्चा गरिएको छ । ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालको सहयोगमा सम्मोहन साहित्यिक पत्रिकाले आयोजना गरेको कार्यक्रममा लेखकीय अनुभव सुनाउँदै लेखिका घिमिरेले मदन पुरस्कार प्राप्त कृति ‘अन्तर्मनको यात्रा’मा लेखक आफ्ना पति जगदीश घिमिरेले छुटाउनुभएका कतिपय प्रसङ्ग आफूले समेटेको बताउनुभयो । …

Read More »

नावालिका आशालाई वचाउन सहयोगको याचना

पोखरा २१ जेठ / अठाइस महिनाकी वालिका आशा अधिकारीलाई टाउकोमा पानी जम्ने हाइड्रोसेफालिस भन्ने रोग लागेपछि परिवारजनले छोरीको उपचार गर्न आर्थिक सहयोगको अपिल गरेका छन् । चैनपुर ७ चितवन स्थायी घर भई हाल पोखरा वस्दै आउनुभएका विरामी वालिकाको वुवा राम अधिकारीले छोरीको उपचारको लागि आफुले कमाएको पैसा खर्च भइसकेको भन्दै छोरीलाई वचाउनको लागि सहयोगको आग्रह गर्नुभएको हो । ७ महिना अगाडि सामान्य …

Read More »

‘मुखौटा’ टोली पोखरामा, कलेजहरुमा टिसर्ट र फुटबल बाँड्दै

रेम बिक पोखरा, २१ जेठ । प्रचारप्रसारको क्रममा नेपाली फिल्म ‘मुखौटा’को टोली पोखरा आईपुगेको छ । पोखरा आईपुगेको टोलीले पोखराको विभिन्न कलेजका विद्यार्थीहरुसंग भेटघाट गरि फिल्मको प्रचार ग¥यो । फिल्मका मुख्य कलाकार सुनिल थापा, निशा अधिकारी र निर्माता रविन श्रेष्ठसहितको टोलीले चार वटा कलेजमा पुगेर त्यहाँका विद्यार्थीहरुलाई फिल्म हेर्न आग्रह ग¥यो । जनप्रिय उच्च मावि, पोखरा कलेज अफ म्यानेजमेन्ट, स्पाईरल ग्यालेक्सी उच्च …

Read More »

एक हप्ते उद्घोषण तालिम सम्पन्न

रञ्जन अधिकारी, पोखरा १९ जेठ / पोखराको चिप्लेढुंगामा रहेको थम्बरुल पोखरा प्रा.लि.ले महिलाहरुका लागि सञ्चालन गरेको एक हप्ते उद्घोण तालिम सोमबार सम्पन्न भएको छ । गत जेठ १३ गतेदेखि सञ्चालित तालिममा अधिवक्ता सुरेन्द्र थापामगरले नेतृत्व तथा व्यक्तित्व विकासका साथै उद्घोषण कलाका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका १४ महिला सहभागी थिए । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वतन्त्र …

Read More »

पत्रकार अधिकारीलाई १ लाख १३ हजार सहयोग

पोखरा, १९ जेठ  / सवारी दुर्घटनामा परी गम्भिर घाईते पत्रकार बसन्तराज अधिकारीको उपचार सहयोगको लागि पोखराका पत्रकारहरुले शुरु गरेको आर्थिक संकलन अभियानमा अहिले सम्म १ लाख १३ हजार ४ सय ५ रुपैया सहयोग घोषणा भएको छ । त्यो मध्ये अधिकारीलाई सोमबार ३० हजार रुपैया सहयोग प्रदान गरेका छन् भने उनको बैंक खातामा ५८ हजार रुपैया जम्मा भैसको छ । अधिकारीको …

Read More »

५ औँ बिग आइकन २०१४ होटल पार्टनर: होटल बाराही लेकसाइड

५ औँ बिग आइकन २०१४ को होटेल पार्टनरको रुपमा यो वर्ष पनि होटल बाराही लेकसाइड आबद्ध भएको छ । बिग आइकनमा सो होटलले चौथो पटक यसरी सहभागिता जनाएको हो । होटेल बाराहीका अपरेसन म्यानेजर बुद्धिमान शर्मा र बिग एफ एम १०१.२ मेगाहर्जका अध्यक्ष महेश भण्डारी बीच सोही होटेलमा शनिबार सम्झौता पत्रमा हस्ताक्षर भई सहमती भयो । बिग आइकनको बढ्दो लोकप्रियता …

Read More »

नाटक ‘अर्को ओरालो’ असारको पहिलो साता

पोखरा, १९ जेठ । नाटक ‘अर्को ओरालो’ असारको पहिलो साता पोखरामा मञ्चन हुने भएको छ । यूथ क्रियशन थिएटर पोखराले नाटकलाई मञ्चन गर्न लागेको हो । थिएटरका अनुसार असारको ५ देखि ७ गतेसम्म पोखरा उद्योग वाणिज्य संघको हलमा नाटक मञ्चन हुने भएको हो । ‘रिहर्सल लगभग अन्तिम चरणमा पुगेको छ ।’ यूथ क्रियशन थिएटरका अध्यक्ष कपिल शर्माले भने–‘असारको पहिलो साता …

Read More »

को-को ले जिते स्पोर्टस अवार्ड ? (तस्बिरसहित)

काठमाडौं, जेठ १९ – पारस खड्का र सुनिता बोहरा यसवर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । यस्तै भलिबल खेलाडी सरस्वती चौधरी लोकप्रिय खेलाडी भईन । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा नेपाली क्रिकेट टीमका कप्तान खड्का र जुडोकी बोहरा उत्कृष्ट खेलाडी घोषित भएका हुन् । पारसको नेतृत्वमा नेपाली क्रिकेट टोलीले यसवर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो …

Read More »

राजेश हमाल र रमेश खरेलबीच भिन्नता हुन पर्छ: महेश बस्नेत

पोखरा, जेठ १८ / युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले नेता, अभिनेता, कर्मचारी र प्रहरीमा जनताले भेद छुट्याउन नसकिने अवस्था सिर्जना भएकोमा दुःख व्यक्त गरेका छन् । सबै जना सेलिब्रेटी बन्न खोजेको प्रसंग जोड्दै उनले अगाडी भने,“राजेश हमाल र रमेश खरेलको भूमिका एउटै हुन सक्दैन ।” आइतबार पोखरा विश्वविद्यालयमा आयोजित अनेरास्ववियुको विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलिय भागवण्डाका कारण …

Read More »