Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Rem Bk

Rem Bk

तरकारी देखि रियलस्टेटसम्म : ‘पवन प्रजापति’को ४२ वर्षे व्यवसाय यात्रा

रेम बिक पोखरा, ३१ भदौ । पोखरा महेन्द्रपुलस्थित अहिलेको ‘गोरखापत्र बाजे’को पसल भएकै ठाऊँमा करिब ४२ वर्ष अगाडि तरकारी पसल थियो । एउटा सानो १३ वर्षको केटो तरकारी पसलमा बसेर व्यापार गथ्र्यो । एउटा ‘जुनुन्’ थियो उसमा । व्यापार गरेर धेरथोर पैसा जोड्नुपर्छ र केहि गर्नुपर्छ भन्ने । उसले आफ्नो पढाईलाई पनि निरन्तरता दिईरहेकै थियो । काठमाण्डौबाट साझा बसमा तरकारी …

Read More »

रविन्द्र प्रजुको प्यानल व्यवसायी भेटघाटमा व्यस्त

रेम बिक पोखरा, २८ भदौ । पोखरा उद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशन नजिकिँदै गर्दा रविन्द्रबहादुर (रविन्सन) प्रजु प्यानलले व्यवसायी भेटघाटलाई उच्च प्राथमिकतामा राख्दै प्रचारलाई तिव्रता दिईरहेको छ । ‘आर्थिक सम्बृद्धिका लागि उद्योग व्यवसायको प्रगति’ नारा दिएर उद्योग वाणिज्य संघको चुनावमा होमिएको यो समुहले व्यवसायिक हितका लागि आफ्नो प्यानललाई जिताउन व्यवसायीहरुमाझ अपील गरिरहेको छ । ‘हामी विशुद्ध व्यवसायिक हकहित र …

Read More »

‘रेन्टरटेनमेन्ट’को पाँचौ सिजन शनिबार

बिग न्यूज पोखरा, २८ भदौ । रेन्टरटेनमेन्टको पाँचौ सिजन भदौ ३० गते पोखरामा हुने भएको छ । आयोजक ब्यञ्जन रेस्टुरेन्टले विहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर इभेन्टको बारेमा जानकारी दिएको हो । पाँचौ सँस्करणको रेन्टरटेनमेन्ट मनोरञ्जनको प्याकेज हुने आयोजकले दाबी गरेको छ । ‘हामीले एउटा फरक शैलीको इभेन्टलाई स्थापनाकालदेखि नै गर्दै आएका हौँ ।’ पत्रकार सम्मेलनमा ब्यञ्जनका संचालक वैभव पौडेलले …

Read More »

मेरो कारणले हिरोहरु चल्छन् : साम्राज्ञी

बिग न्यूज पोखरा, २७ भदौ । फिल्म प्रचारमा आईपुगेकी साम्राज्ञी पँहेलो ड्रेसमा निकै खुलेकी थिईन् । उज्यालो अनुहार लाएर बसेकी साम्राज्ञीको अनुहार पत्रकारको एउटा प्रश्नपछि एकाएक अँध्यारियो । पत्रकारले सोधेका थिए–‘तपाईलाई हिट हुन अनमोल केसी नै चाहिने हो ?’ उनी सामान्य हिसाबले भन्ने हो भने प्रश्न सोध्ने पत्रकारमाथि नै खनिईन् । भनिन्–‘तपाईको प्रश्न नै गलत छ । मैले खेलेको हरेक …

Read More »

म नभए यो फिल्म नै बन्ने थिएन : धिरज

बिग न्यूज पोखरा, २७ भदौ ।  पत्रकार सम्मेलनमा पत्रकारहरुले फिल्मका मुख्य अभिनेता धिरज मगरलाई सोधे, ‘कसरी यो फिल्ममा अनुबन्धित हुनुभयो ?’ उनले भने–‘शायद म नभएको भए यो फिल्म नै बन्ने थिएन र फिल्मको चरित्रलाई न्याय गर्न सक्दैन जस्तो लाग्छ मलाई। यो फिल्मको कथा अत्याधिक मन परेरै म बेलायतबाट नेपाल आएर अडिसन दिएपछि छनौट भएको थिएँ । र, यो फिल्म गर्न …

Read More »

डाक्टरले फिल्म खेल्न नदिँदा पनि मैले फिल्म छोडिन : सारुक

बिग न्यूज पोखरा, २७ भदौ । शायद यो फिल्मको प्रोमोबाटै अभिनेता सारुक ताम्राकारले फिल्मका मुख्य अभिनेता र अभिनेत्रीको तुलनामा बढि प्रशंसा कमाईसकेका छन् । उनको लुक्स्, एटिच्यूड र पर्फमेन्स प्रोमोमा निकै भव्य देखिएको छ । फिल्ममा अझै बढि जमेको सारुकले पत्रकार सम्मेलनको क्रममा बताए । ‘यो फिल्म नखेलेको भए जीवनमा ठुलै कुरा मिस गरिरहेको हुन्थे । त्यसैले मैले त्यसो हुन …

Read More »

‘इन्टु र मिन्टु’लाई पोखरामा सास्ती, रेनाशाले मागिन् माफि

रेम बिक पोखरा, २७ भदौ । ‘इन्टु र मिन्टु’ पोखरा आएका थिए । ‘इन्टु मिन्टु पोखरामा’ भन्दै तामझामसहित आईपुगेका उनीहरुले दिउँसो १ बजे पत्रकारहरुलाई निम्ता दिएका थिए, भेटघाटका लागि । पोखरा ‘मिडटाउन ग्यालरिया’को परिसरमा पत्रकारहरु बोलाएकै समयमा आईपुगे । तर इन्टु र मिन्टु त कता हो कता ? बेपत्ता । खोजी गर्दै जाँदा पत्ता लाग्यो, उनीहरु आफ्नो फिल्मको प्रचारका लागि …

Read More »

महासचिवमा अर्जुनको ‘अर्जुनदृष्टि’

रेम बिक पोखरा, २४ भदौ । चम्किला आँखा । ठिक्कको कद अनि हँसिलो अनुहार । ३९ वर्षका अर्जुन पोखरेलको बाहिरी आवरण लोभलाग्दो छ । युवा जोश र जाँगर उनमा भरिपूर्ण छ । बाहिर जस्तो देखिन्छन्, त्यस्तै फरासिलो उनको स्वभाव पनि छ । अर्जुन पोखरेल यतिबेला पोखराका प्रत्येक व्यवसायीहरुमाझ पुगिरहेका छन् । आसन्न पोखरा उद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशनमा उम्मेदवारी …

Read More »

प्रेम, चाहना र जीवनशैलीको ‘कथा काठमाण्डु’

रेम बिक पोखरा, २० भदौ । काठमाण्डौ । सबैको सपनाको शहर । यो शहरमा हरेक व्यक्ति केहि न केहि सपना साँचेर छिर्छन् । कतिको सपना साकार हुन्छ त कैयन् सपना भीडमा विलिन भैजान्छ । शायद काठमाण्डौ सपनाहरुको भण्डार हो । यहाँ हरेकसँग आफ्नै सपना छ । आफ्नै कथा छ । विविध चरित्र छन् । र, त्यहि सपना जस्तोसुकै अवस्थामा पनि …

Read More »

पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता भदौ १५ देखि

बिग न्यूज पोखरा, १२ भदौ । लामा अमृत फाउन्डेशन घान्द्रुकको आयोजनामा पोखरामा क्लबस्तरिय पुरुष महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ । आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगिता भदौ १५ देखी १८ गते सम्म पोखराको नदिपुर स्थित नेपाल छन्त्याल समाजको खेल मैदानमा चल्नेछ । प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको लामा …

Read More »