Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
Shubha Sandesh Gautam – BIG FM 101.2 MHz

Breaking News
Home » Shubha Sandesh Gautam

Shubha Sandesh Gautam

७ महिनापछि खुल्यो सराङकोट हत्याकाण्डको रहस्य,भारतमा समातिए हत्यारा (घटना विवरण)

१ माघ,पोखरा । सात महिनाअघि जेठ तेश्रो साता पोखराको सराङकोटमा शंकास्पद अवस्थामा एक महिलाको शव भेटियो । जेठ २३ गते सराङकोटको देउराली घुम्ती नजिक जंगलमा उनको शव भेटिएको थियो । उतिबेला प्रहरीले समेत कुनै पहिचान निकाल्न सकेन । हत्याको लामो समयपछि ति महिलाको हत्यारा र पहिचान खुलेको छ । त्यतिबेला भेटिएको शव भारतीय नागरिक राजेश्वरी श्रीवास्तवको रहेको प्रहरीले जनाएको छ । उनको …

Read More »

डेढ वर्षपछि सल्टियो मणिपालको श्रमिक विवाद, ४० प्रतिशतले बढ्यो तलब

पुस ३०, पोखरा। मणिपाल शिक्षण अस्पतालमा डेढ वर्षदेखि तलबभत्ता बृद्धिको माग राख्दै चलेको मजदुर विवाद सल्टिएको छ । अब सो अस्पतालमा काम गर्ने श्रमिकको तलब ४० प्रतिशतले बढेको छ । अर्थात् हरेक तहको श्रमिकले खाँदै आएको तलबमा ३६ सय ५० रुपैयाँ थप भएको छ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपालका अध्यक्ष अमृतबाबु पौडेलले लामो मेहनतपछि बल्ल अस्पताल प्रशासनले आफूहरुको …

Read More »

लमजुङमा फेरी भुकम्पको धक्का महसुस

पुस २९, लमजुङ। श्यामशितल परियार । लमजुङमा भुकम्पको धक्का महसुस भएको छ लमजुङको सिम्पानीलाई केन्द्रबिन्दु बनाएर आईतबार दिउँसो ४ बजेर १ मिनेट जाँदा ३ दशमलव ४ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रको जानकारीलाई उद्धृत गर्दैै प्रजिअ झंकनाथ ढकालले जानकारी दिए । सिम्पानी सदरमुकाम बेसीशहर देखी ४ किमि उत्तर पश्चिममा पर्छ । प्रजिअ ढकालका अनुसार भुकम्प एकदम सानो र छोटो …

Read More »

म्याग्दीमा बिषालु घाँस खाँदा एक दर्जन बाख्रा मरे

२७ पुस, म्याग्दी । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–३ घुमाउनेतालमा विषालु घाँस खाएर स्थानीयवासी अनिल शाहीका १२ वटा बाख्रा मरेका छन् । चरन क्षेत्रबाट गोठमा फर्किएका बाख्रा बिहीबार गोठमै मरेको अवस्थामा भेटिएका थिए । व्यावसायिक बाख्रापालन गरिरहेका स्थानीय कृषक शाहीका अनुसार चरन क्षेत्रबाट ल्याएपछि घाँस नखाने, झोक्रिनेजस्ता लक्षण देखिएको थियो । गोठभित्र धमाधम बाख्रा मर्न थालेपछि कृषक शाहीले भेटेनरी अस्पताल तथा …

Read More »

तनहुँमा बसले किच्दा १५ वर्षीय थापाको मृत्यु

२७ पुस,तनहुँ । तनहुँमा आज (शुक्रबार) बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आफ्नै बुवा बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा किचिएर विश्वास घाइते भएका थिए । थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला …

Read More »

मिटर बक्समा तार सर्ट हुँदा पोखराका राजेन्द्रको घरमा आगलागी

पोखरा, २४ पुस । मिटर बक्समा तार सर्ट हुँदा पोखरामा आगलागी भएको छ । पोखरा महानगरपालिका ११ फुलबारी स्थित भानुमार्गका राजेन्द्र बहादुर भट्टराईको कच्ची घरमा आगलागी भएको हो । मंगलबार बिहान साढे १० बजे बिजुलिको मिटर बक्समा तार सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुुन्धानबाट खुलेको छ । आगलागीबाट दुई वटा टि.भि, एउटा ल्यापटप, एउटा आईफोन, दुईवटा दराज र दुईवटा पलङ जलेका …

Read More »

मोटरसाइकलले ठक्कर दिँदा म्याग्दीमा एक बृद्धा घाइते

 म्याग्दी, २३ पुस । मोटरसाइकलले ठक्कर दिँदा म्याग्दीमा एक वृद्धा घाइते भएकी छन् । घाइते हुनेमा बेनी नगरपालिका ६ जामुनाखर्ककी ७५ बर्षिया दुर्गा कुमारी हमाल रहेकी छन् । सोमबार बेनी नगरपालिका ८ कालीपुल नजिकै मोटसाइकलको ठक्करले उनी घाइते भएकी हुन् । कालिपुलबाट गलेश्वरतर्फ जाँदै गरेको ध १ प ८६६१ नं को मोटरसाईकलले उनलाई ठक्कर दिएको हो । घाइते हमाललाई उपचारका …

Read More »

दई दिनदेखी हराइरहेका बाग्लुङका मनोज मृत फेला

बागलुङ, २३ पुस । बागलुङमा दुई दिनदेखी हराइरहेका एक युवा मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा गलकोट नगरपालिका ५ भैसे मानधाराका २३ बर्षिय मनोज बस्नेत रहेका छन् । शनिबार दिउँसो ३ बजे घरबाट निस्किएका बस्नेत सम्पर्क बिहिन बनेका थिए । खोजतलास गर्दै जाँदा गलकोट नगरपालिका ५ स्थित गगनपानी सामुदायिक वनमा उनलाई स्थानीयले मृत अवस्थामा फेला पारेका हुन् । …

Read More »

महानगरले संकलन गरेको फोहोरमा भेटियो नवजात शिशुको शव

पोखरा, २३ पुस । पोखरामा फोहोर उठाउने गाडीले संकलन गरेको फोहोरमा नवजात शिशुको शव फेला परेको छ । पोखराको बिरौटास्थित अन्नपूर्ण मार्ग र यज्ञशाला मार्गमा महानगरपालिकाको ग १ ख ८४७८ नं.को गाडीबाट आइतबार उठाइएको फोहोरमा शव फेला परेको हो । सोमबार बिहान सवा नौ बजे पोखरा महानगरपालिका १४ डम्पिङ साईडमा उक्त शव भेटिएको हो । फोहोरको प्रकार छुट्टाउने कर्मचारीहरुले तन्नाले बेरिएको …

Read More »

टुकी बत्तीबाट सल्किएको आगलागीमा परी पोखरामा तिन जना घाईते

पोखरा, १८ पुस । टुकी बत्तीबाट सल्किएको आगलागीमा परी पोखरामा तिन जना घाइते भएका छन् । घाइते हुनेमा रामेछाप घर भई हाल पोखरा महनगरपालिका ३१ बेगनाशमा डेरा गरी बस्ने ४७ बर्षीय सिता परियार, उनको छोरा १० बर्षीय सकुल परियार र नाती ७ बर्षीय निरज परियार रहेका छन् । उक्त आगलागीबाट लत्ताकपडा, धान १ मुरी गरी अनुमानित २५ हजार बराबरको क्षती …

Read More »