Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » अन्तराष्ट्रिय » ब्याडमिन्टन क्लबको तीनवटा लकरमा भेटियो १४ करोड भारु

ब्याडमिन्टन क्लबको तीनवटा लकरमा भेटियो १४ करोड भारु

काठमाडौं,साउन ६ ।

भारतको बेंगलुरुस्थित एक ब्याडमिन्टन क्लबका तीनवटा लकरबाट ५०० करोड भारुबराबरको घरजग्गाको कागजात र १४ करोड भारु भेटिएको छ ।त्यसमा ७.८ करोड भारुका हीरा र सुन, ५.७ करोड भारुको नगद (३.९ करोड भारुबराबरको विदेशी मुद्रा) पनि छन् । यो सामान व्यापारी अविनाश अमरलाल कुकरेजाको भएको बताइन्छ जसलाई आयकर विभागले जफत गरेको छ ।

बोरिङ इन्स्टिच्युट क्लबका अधिकारीहरूले अविनाश सन् १९९३ मा त्यसको सदस्य बनेको बताए । उनी मूलतः राजस्थाननिवासी हुन् । बेंगलुरुको बिल्डर कम्पनीमा उनको हिस्सा छ । उनी घरजग्गाको कागजातको आधारमा मानिसलाई कर्जा पनि दिने गर्छन् ।क्लब व्यवस्थापनले ती लकरहरू खोल्ने निर्णय ग–यो जसका सदस्य बारम्बार सम्झाएपनि क्लब आइरहेका थिएनन् ।

व्यवस्थापनले मंगलवार बिलियर्ड सेक्सनका १२६ लकर फुटायो तर तिनमा खास केही थिएन ।शुक्रवार कर्मचारीहरूले ब्याडमिन्टन क्लबको लकरबाट ६ वटा ब्याग भेटे । ती तीनवटा लकरमा राखिएका थिए र अविनाशले त्यसको प्रयोग अनधिकृत रूपमा गरिरहेका थिए ।

FILE PHOTO

Check Also

जिम्बाबेमा आज चुनाव, आफैंले बनाएको पार्टीविरुद्ध मुगाबे

पोखरा, १४ साउन। अफ्रिकी देश जिम्बाब्बेमा आज राष्ट्रपति निर्वाचन हुँदैछ । ३७ वर्षसम्म सरकार चलाएका …