Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
बागलुङमा आगोमा जलेर ३ बालबालिकाको मृत्यु – BIG FM 101.2 MHz

Breaking News
Home » स्थानीय » बागलुङमा आगोमा जलेर ३ बालबालिकाको मृत्यु

बागलुङमा आगोमा जलेर ३ बालबालिकाको मृत्यु

२५ पुस, बागलुङ । बागलुङको ताराखोला गाउँपालिका–४, तारागाउँको एक गोठमा आगलागी हुँदा तीन बालबालिकाको जलेर मृत्यु भएको छ । मंगलबार अपराह्न सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिए ।

यमबहादुर खत्रीको गोठमा खेल्न गएका बेला बालबालिकाले झुक्किएर आफैंले आगो लगाएको हुनसक्ने अनुमान प्रहरीको छ । गोठमा राखिएको खरमा आगो सल्किँदा उक्त दुःखद् घटना निम्तिएको हो । आगलागीबाट गोठमा पूर्ण रुपमा क्षति पुगेको छ । गोठमा वस्तुभाउ भने नभएको जनाइएको छ । इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले शव निकाली घटनास्थलको मुचुल्का उठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।

FILE PHOTO

Check Also

ढुंगेसाँघु मेलामा महिलाको गलाबाट सिक्री तानेर भाग्न खोज्ने दुई पक्राउ

१ माघ,पोखरा । पोखराको ढुंगेसाँघु मेला हेर्न हेर्न आएका महिलाको गलाबाट सिक्री तानेर भाग्न खोज्ने दुई जनालाई …