Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार » ‘मिस पोखरा’ सफल बनाउन जेसिआई पोखरालाई बिग एफएमको साथ

‘मिस पोखरा’ सफल बनाउन जेसिआई पोखरालाई बिग एफएमको साथ

२ दशक लामो इतिहास बोकेको ब्युटी कन्टेष्ट मिस पोखराले पछिल्लो समय निरन्तरता पाइरहेको छ । बीचमा रोकिएको मिस पोखरा सौन्दर्य प्रतियोगिताको यो दशौं संस्करण हो । मिस पोखराकी विजेता कुनै अडिसन विना नै मिस नेपालमा सहभागिता जनाउन पाउने व्यवस्था छ ।

तसर्थ, पोखराकै इज्जत गाँसिएको यस ब्युटि कन्टेष्टलाई सफल बनाउन गत वर्षहरुमा झैं बिग एफएम १०१.२ मेगाहर्जले साथ दिएको छ । अफिसियल रेडियो पार्टनरका रुपमा रेडियोका स्टेशन म्यानेजर रञ्जन अधिकारी र कार्यक्रम संयोजक देवराज शर्माबीच सो सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रतियोगिताको तयारी द्रुत गतिमा अघि बढेको आयोजक जेसिआई पोखराले जानकारी दिएको छ । हिमा अस एजुकेशन कन्सल्टेन्सिको मुख्य प्रायोजन हरेको दशौं संस्करणको मिस पोखरा २०१८ को लागि आवेदन फाराम अहिले खुल्ला छ ।

प्रतियोगितामा प्रमाणपत्र तह उत्तीर्ण गरेका र १६ देखी २४ बर्ष सम्मका अविवाहित नारीहरुले सहभागिता जनाउन पाउने कार्यक्रम संयोजक जेसी देवराज शर्माले बताए । सहभागी हुन चाहनेहरुले फारम भरिसकेपछि साउन १९ गते अडिसन हुने र करिब एक महिनाको बन्द प्रशिक्षण पछि असोज २० गते प्रतियोगिताको फाईनल पोखरा सभागृहमा हुने उनले बताए ।

प्रतियोगिताको बिजेताले ’मिस पोखरा’को टाईटल संगै ताज, स्कुटर, ५० हजार रुपैंया तथा आकर्षक गिफ्ट ह्याम्पर सहित एक हप्ता अष्ट्रेलिया भ्रमणको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै मिस नेपालमा सिधै सहभागिता जनाउन पाउनेछिन् ।

यस्तै, फस्र्ट रनर अपले ताज, ३० हजार रुपैया र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने सेकेण्ड रनर अपले ताज, २० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर हात पार्नेछन् । अन्य १० जना प्रतियोगिलाई बिधागत रुपमा सब टाईटल अवार्ड सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजक पोखरा जेसिजका अध्यक्ष शिव सुवेदीले जानकारी दिए ।

युवा नारीहरुको अन्तरनिहित क्षमता तथा प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकले जनाएको छ ।

मिस पोखरा –२०१८ को मुख्य प्रायोजकमा हिमा अस एजुकेशन

पोखरा जेसीजले आयोजना गर्दै आएको मिस पोखरा २०१८ को मुख्य प्रायोजन हिमा अस एजुकेशन कन्सल्टेन्सीले गरेको छ । प्रायोजन सम्बन्धी सम्झौतामा मिस पोखरा कार्यक्रमका मुल संयोजक जेसी देवराज शर्मा र हिमा अस एजुकेशन कन्सल्टेन्सिका प्रबन्ध निर्देशक समिर थापाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

 

मिस नेपाल पछिको दोस्रो ठुलो सौन्दर्य प्रतियोगीताको रुपमा चिनीने मिस पोखरा कार्यक्रम युवा नारीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने महत्वपुर्ण कार्यक्रम हो । जसबाट युवा नारीहरुले आफुभित्र रहेको क्षमतालाई प्रस्फुटन गराई समाजमा आफ्नो नेतृत्व स्थापित गर्न सक्दछन् ।

Check Also

श्रीया बलात्कार/हत्या गर्ने छिमेकी कुशुम पौडेल यिनै हुन्, के गर्थे पौडेल ? (घटना पूर्ण विवरण)

रञ्जन अधिकारी, पोखरा पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा …