Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार » नोभा दही ‘बिग तीज, बिग धमाका’ दोस्रो दिन सुस्मिता, रिया, समिक्षा र यमप्रसाद विजयी

नोभा दही ‘बिग तीज, बिग धमाका’ दोस्रो दिन सुस्मिता, रिया, समिक्षा र यमप्रसाद विजयी

रञ्जन अधिकारी पोखरा, ७ भदौ / बिग एफएम १०१.२ ले तीजको अवसरमा सुरु गरेको ‘बिग तीज बिग धमाका’ रेडियो गेम शोमा दोस्रो दिन पनि चार जना विजयी भएका छन् । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बिग एफएमले नोभा दहीसँगको सहकार्यमा रेडियो गेम शो संचालन गरेको हो । हिजोदेखि सञ्चालन भएको रेडियो गेम शो भोलिसम्म चल्नेछ ।

नोभा दही बिग तीज, बिग धमाका रेडियो गेम शोमा स्रोताहरुले एसएमएस र फेसबुकमा कमेन्ट गरी सहभागिता जनाउन पाउनेछन् । दोस्रो दिन फेसबुकमा प्राप्त ६ सय बढि कमेन्टबाट दुई जना छनौट भएका छन् । सही कमेन्ट गर्ने मध्ये सुस्मिता प्रधानांग र रिया पुन गुरुङ विजयी भए । यस्तै एसएमएकर्ता मध्येबाट सही उत्तर दिनेमध्ये यमप्रसाद पंगेनी र समिक्षा पौडेल लक्की ड्रबाट छानिए । पहिलो दिन फेसबुकमार्फत सरु खनाल र रमा क्षेत्री तथा एसएमएसबाट शर्मिला पोखरेल र सूचना कार्की छनौट भएका थिए ।

यसअघि एसएमएस गरेर मात्र सहभागिता जनाउँदै आएकोमा यसपटक देखि सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि मध्येनजर गर्दै फेसबुक कमेन्ट समावेश गरेको हो । रेडियो गेम शो अन्तरगत दिनहुँ एउटा तीजसंग सम्बन्धित प्रश्न सोधिनेछ । रेडियोमा विभिन्न समयमा सो प्रश्न बज्नेछन् र सोहि प्रश्नको सहि उत्तर गेम शोमा सहभागी हुन चाहने स्रोताहरुले एसएमएसमार्फत दिनुपर्नेछ । यस्तै रेडियोको आधिकारीक फेसबुक पेज बिग एफएम पोखरामा पोष्ट भएको प्रश्नमुनी कमेन्टमा सही उत्तर लेख्नुपर्नेछ ।

एसएमएस मार्फत स्रोताले आफ्नो मोबाईलको म्यासेज बक्समा गई बिआईजी स्पेश एफएम लेखी सही उत्तर ए वा बी टाईप गरी ३४३२१ मा सेन्ड गर्नुपर्नेछ । सही उत्तर दिने एसएमएसकर्ता मध्येबाट लक्की ड्र गरेर हरेक दिन दैनिक दुई जना तथा फेसबुक कमेन्टमा सही उत्तर लेख्ने मध्ये दुई जनालाई गोलाप्रथाबाट छनौट गरी नगद एक हजार साथमा फिस्टेल डेरीबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने रेडियोले जनाएको छ ।

तीन दिनसम्म सही उत्तर दिने सबैमध्येबाट लक्की ड्र मार्फत एक जना छनौट गरी बम्पर उपहार आधा तोला सुनको गहना प्रदान गरिने कार्यक्रम संयोजक सञ्जोक बस्यालले बताए ।

नोभा दही बिग तीज, बिग धमाकाका हरेक दिनको विजेता राति ८ः३० बजेको कार्यक्रममार्फत छनौट हुनेछन् । श्रोताहरुको सजिलोका लागि हरेक प्रश्नमा अप्शन दिईने एफएमले जनाएको छ ।

Check Also

‘तिहारको खेल, मज्जाको खेल’ सकियो । सुस्मिताले १२ हजार, राजकिरणले ८ हजार जिते

रञ्जन अधिकारी पोखरा, ३ कार्तिक / तिहारको अवसर पारेर बिग एफएम पोखराले तीन दिनसम्म सञ्चालन …