Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » ‘शो अप’ नचाहने बिनिताको ‘शो अप’

‘शो अप’ नचाहने बिनिताको ‘शो अप’

रेम बिक
पोखरा, १२ पुस । बिनिता नेपाली ‘केमेस्ट्रि’की विद्यार्थी हुन् । बागलुङ स्थायी घर भएकी विनिता अहिले पोखरा बस्छिन् । ‘साइन्स’मा स्नातक सकाएकी बिनिता ‘मास्टर्स’को लागि तयारी गर्दैछिन् ।  ‘सिम्पल लुक्स’ भएकी बिनिता त्यसका अलावा बिग एफएममा कार्यक्रम प्रस्तोता पनि हुन् ।

तर उनी यतिबेला एउटा ‘भिडियो एड’का कारणले बढि चर्चित भैरहेकी छन् । पोखराको पुरानो शैक्षिक परामर्श केन्द्र ‘किंग्स इन्स्टिच्यूट’को पछिल्लो भिडियो विज्ञापनमा ‘फिचर’ भएपछि बिनिता अहिले धेरैको नजरमा परेकी छन् । किंग्स्ले यसअगाडि उनलाई ‘होर्डिङबोर्ड’ बिज्ञापनमा पनि समेटिसकेको छ । अरुण गिरीको कोरियोग्राफिमा बिनितालाई जक्शन डटकमले ‘होर्डिङबोर्ड’मा फिचर गरेको थियो ।

त्यसो त बिनिताको लागि रंगीन दुनियाँ खास चासोको विषय होईन । यद्यपी मिडिया उनको रोजाईको विषय भने हो । त्यसैले उनी रेडियोमा लागेकी हुन् । ‘शो अप’ चाहने हो भने उनी टेलिभिजनको दुनियाँतिर पनि आफुलाई हिँडाउन सक्थिन् । तर बिनितालाई ‘शो अप’ खास मन पर्दैन । स्वभावले पनि निकै शालिन रहेकी बिनिता आफ्नो स्वभाव जसरी नै मिडियामा पनि प्रस्तुत हुन खोजिरहेकी छन् ।

‘भिडियो बिज्ञापन र मोडलिङमा मेरो चाहना भने होईन । तर किंग्स् इन्स्टिच्यूटको प्रस्तावलाई मैले नकार्न पनि सकिन । पहिलोपटकको मेरो अनुभव निकै राम्रो रह्यो ।’ बिनिताले प्रतिक्रिया दिईन् । बिनितालाई किंग्स् इन्स्टिच्यूटका संचालक महेश भण्डारीले शुरुमा ‘होर्डिङबोर्ड’ बिज्ञापनका लागि प्रस्ताव गर्दा बिनिताको लागि त्यो निकै अप्रत्यासित थियो । उनले त्यसका लागि केहि समय पनि मागेकी थिईन् । आफ्ना निकटसँग सरसल्लाह गरिसकेपछि उनले बिज्ञापनको लागि ‘ओके’ भनेकी थिईन् ।

किंग्स् इन्स्टिच्यूटको पछिल्लो भिडियो बिज्ञापन अहिले फिल्म हल र फेसबुकमा बजिरहेको छ । र, भिडियो बिज्ञापनलाई धेरैले निकै रुचाएका पनि छन् । किंग्स्को भिडियो बिज्ञापन संचारकर्मीसमेत रहेका बिमल दाहालले निर्देशन गरेका हुन् । ‘वैदेशिक अध्ययनमा जाने पुस्तालाई नै समेट्ने गरि यो कन्सेप्ट तयार पारिएको हो ।’ निर्देशक दाहालले भने–‘अध्ययनका लागि भिसा पाईसकेको खुशीलाई भिडियोमा समेट्न खाजेको हुँ ।’ दाहालले ‘एड मेकिङ’का लागि वर्ष २०६५ को ‘आउटस्ट्याण्डिङ अवार्ड’ समेत पाईसकेका छन् ।

पोखराको महेन्द्रपुलमा रहेको पुरानो र विश्वासिलो शैक्षिक परामर्श केन्द्र मानिने किंग्स् इन्स्टिच्यूटले अमेरिका, यूके, अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान लगाएतका देशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ । विभिन्न अन्तराष्ट्रिय अवार्डहरु समेत पाईसकेको किंग्स्ले विद्यार्थीहरुका लागि वैदेशिक अध्ययनमा जान आवश्यक आइएलटिएस, टोफल, साट, जिआरई, जिम्याट लगाएतका कक्षाहरुसमेत संचालन गर्दै आएको छ ।

 

King's Institute- The Name You Can Trust

खुशीहरु क्रस भए आकाशभरी…सेल्फीहरु देखिन्छन् फेसबुकभरी…सफलताका खुशीहरु 'किङ्स'सँगै…#Kings #Pokhara

Posted by King's Institute Pvt.Ltd. on Sunday, December 24, 2017

Check Also

किन भए यी कलाकारहरु हैरान ? (भिडियोसहित)

बिग खबर पोखरा, ४ बैशाख । जब हत्तु परेर हैरान हुन्छ । मान्छेको भावभंगी कस्तो …