Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » अन्तराष्ट्रिय » विदेशिने नेपाली घटे, विदेशिन कतार र मलेसिया प्रमुख गन्तव्य

विदेशिने नेपाली घटे, विदेशिन कतार र मलेसिया प्रमुख गन्तव्य

४ साउन, काठमाडौं । गत वर्ष समग्रमा काम खोज्दै विदेश जाने नेपालीको संख्या झण्डै २० प्रतिशतले घटेको छ । देशभित्रै राजनीतिक स्थिरता छाएको र खाडी मुलुकहरुमा पनि आर्थिक समस्याका कारण राम्रा रोजगारीको अवसर नपाएपछि विदेशिनेको संख्या घटेको हो । पछिल्लो समय मलेसियाको गन्तव्य रोकिएकाले पनि संख्यामा कमी आएको हुन सक्छ ।

गत आर्थिक वर्ष ०७४र७५ मा पुनः श्रम इजाजत लिनेसहित गरेर ६ लाख १२ हजार ६ सय ८५ जना युवा रोजगारीका लागि विदेश उडेको वैदेशिक रोजगार विभागले जनाएको छ । यसको अघिल्लो आर्थिक वर्ष ०७३र७४ मा ७ लाख ५९ हजार २३० नेपाली कामका लागि विदेशिएका थिए । यसअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष १९ प्रतिशत कम नेपाली विदशे पुगेका छन् ।नेपाली कामदार लैजान यो वर्ष पनि मलेसिया र कतारकै बढी प्रतिस्पर्धा देखिन्छ । झण्डै २ महिनादेखि कामदार मलेसिया जाने प्रक्रिया बन्द भए पनि अहिलेसम्मको तथ्यांकमा नेपाली युवाको प्रमुख श्रम गन्तब्य भने मलेसिया नै बनेको छ

गत वर्ष ३ लाख ५४ हजार ८२ जनाले विदेश जान नयाँ श्रम स्वीकृति लिएका थिए । यसको अघिल्लो वर्ष यो संख्या ३ लाख ९८ हजार ९७८ थियो । यसअनुसार विदेश जान श्रम स्वीकृति लिने नेपालीको संख्या पनि गतवर्षको तुलनामा ११ प्रतिशतले घटेको छ ।यो वर्ष २ लाख ५८ हजार ६०३ जनाले भने विदामा आउँदा श्रम स्वीकृतिको रि-इन्ट्री गरेका हुन् । गत वर्ष यस्तो संख्या २ लाख ६० हजार २५२ थियो ।

Check Also

मोदीको फेरि पनि पोखरा भ्रमण रद्द, सुरक्षा कारण बहाना

काठमाडौँ,३० श्रावण २०७५ । काठमाण्डौमा यही भदौ १४ र १५ गते बिमस्टेक सम्मेलन आयोजना हुँदैछ । …