Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
ब्रेकिङ न्युजः पोखरामा मध्यरात सडकमा बेवारिसे महिलामाथि बलात्कार, बाग्लुङका पन्त रंगेहात पक्राउ – BIG FM 101.2 MHz

Breaking News
Home » स्थानीय » ब्रेकिङ न्युजः पोखरामा मध्यरात सडकमा बेवारिसे महिलामाथि बलात्कार, बाग्लुङका पन्त रंगेहात पक्राउ

ब्रेकिङ न्युजः पोखरामा मध्यरात सडकमा बेवारिसे महिलामाथि बलात्कार, बाग्लुङका पन्त रंगेहात पक्राउ

रञ्जन अधिकारी । पोखराको सडकमा बेवारिसे महिलालाई बलात्कार गरिरहेका एक पुरुषलाई सोमबार मध्यरात रंगेहात पक्राउ गरिएको छ ।

पोखराको बगालेटोलदेखि सोंपाल तमु समाज भवन हुँदै पस्र्याङ निस्कने सुनसान सडकमै बेवारिसे अशक्त महिलामाथि बलात्कार गरिरहेका पुरुषलाई पक्राउ गरिएको हो । मध्येराति साढे ११ बजे फिर्के खोला नजिकैको सडकमा यौन क्रियाकलाप गरिरहेका बेला बटुवाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ४० बर्ष हाराहारीका ति पुरुष मदिराले लठ्ठ अवस्थामा भेटिएका थिए ।

अशक्त महिलामाथि कुकृत्य गर्ने उक्त पुरुष बाग्लुङ मुलपानी घर बताउने अमृत पन्त खुल्न आएको छ । पन्तले आफू लुम्बिनी बैंकको कर्मचारी रहेको र आज दशैंको पार्टीमा रमाइलो गरेर फर्किरहेको बयान दिएको स्रोतले बताएको छ ।
महिला अचेत अवस्थामा भेटिएकी छिन् । पन्तले यौन कार्य गर्नु अगावैदेखि उनी सडकमा लडिरहेको हुन सक्ने अनुमान गरिएको छ । उनको निधारमा चोट देखिएको छ । महिलाको घर तथा परिवार अवस्था थाहा हुन सकेको छैन ।

दुई जना बटुवाले उक्त क्रियाकलाप देखेपछि प्रहरीलाई खबर गरिएको थियो । बाटोमा हिँड्दै जाने क्रममा महिलाले अस्वभाविक आवाज निकालिरहेकी थिईन् । पन्त माथि चढिरहेका थिए । असई बद्रीनाथ शर्माको टोलीले पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाम लगेको छ । यस विषयमा कार्यालय प्रमुखसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

बटुवाले रंगेहात पक्राउ परेपछि पन्तले आफूलाई गोली ठोकेर मार्नुस् तर प्रहरी नबोलाउनुस् भन्दै याचना गरेको स्थानीयलाई उद्दृत गर्दै श्रोतले बताएको छ । पन्तले आफूले केहि नगरेको बताउँदै थिए । महिलालाई अस्पताल लगिएको बुझिएको छ ।

Check Also

ढुंगेसाँघु मेलामा महिलाको गलाबाट सिक्री तानेर भाग्न खोज्ने दुई पक्राउ

१ माघ,पोखरा । पोखराको ढुंगेसाँघु मेला हेर्न हेर्न आएका महिलाको गलाबाट सिक्री तानेर भाग्न खोज्ने दुई जनालाई …