Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार (page 5)

बिग समाचार

बिग आइकनका उत्कृष्ट १० प्रतिस्पर्धीले देखाए प्रतिभा, सोमबार एकजना बाहिरिने

रेम बिक पोखरा, १४ फागुन । उत्कृष्ट १० मा छनौट भएका बिग आइकनका प्रतिस्पर्धीहरुले शनिबार अघिल्लो चरणको लागि आफ्नो प्रस्तुती दिएका छन् । शनिबार प्रस्तुती दिएका १० जनामध्ये एक जना प्रतियोगी बाहिरिने आयोजक बिग एफएमले जनाएको छ । यो पटकबाट निर्णायकको मतसँगै स्रोताको एसएमएस भोटिङले समते मताधिकार राख्ने भएपछि प्रतियोगिताबाट बाहिरिने प्रकृयामा केहि फरक शैली अपनाईएको हो । नयाँ शैली …

Read More »

बिग आइकनमा उत्कृष्ट १०, अब निर्णायकसँगै स्रोताको पनि मताधिकार

रेम बिक पोखरा, १० फागुन- ११ वटा चरणपछि बिग आइकनको सातौँ सँस्करणले टप १० को यात्रा तय गरेको छ । १० औँ चरणसम्म आइपुग्दा उत्कृष्ट १२ प्रतिस्पर्धी छनौट भएको यो सिजनको बिग आइकन अन्तरगत मंगलबार २ जना प्रतिस्पर्धी बाहिरिएपछि प्रतियोगितामा अब १० जनाबीच भीडन्त हुने भएको हो । यहि चरणदेखि प्रतिस्पर्धीहरुलाई अगाडिको यात्रा तय गर्नका लागि निर्णायकसँगै स्रोताको एसएमएस भोटले …

Read More »

बिग आइकनमा उत्कृष्ट १२ प्रतिस्पर्धी

रेम बिक पोखरा, ८ फागुन । जारी बिग आइकन अन्तरगत आइतबार उत्कृष्ट १२ जना गायन प्रतिभाहरु अघिल्लो चरणका लागि छनौट भएका छन् । उत्कृष्ट १५ प्रतिस्पर्धीमध्ये आइतबारको राउण्डमा तीन जना बाहिरिएपछि प्रतियोगिताले ‘टप १२’ राउण्डमा प्रवेश पाएको हो । आइतबार प्रतियोगिताबाट बाहिरिनेहरुमा राजन आलेमगर, सन्देश बिक र मनोजकुमार पुन रहेका छन् । राजन यो प्रतियोगितामा भाग लिन चितवनको पटिहानीबाट आएका …

Read More »

सातौं विग आइकनमा टप १५ छानिए, उत्कृष्ट १२ का लागि आइतबार अडिसन हुँदै

नवराज ढुङ्गाना/पोखरा, ६ फागुन- सातौँ चरणको बिग आइकन अन्तर्गत शुक्रबार उत्कृष्ट १५ जना छानिएका छन् । उत्कृष्ट २० गायन प्रतिभाहरुबीचको प्रतिस्पर्धाबाट शुक्रबार ५ जना बाहिरिएपछि प्रतियोगितामा अब १५ जना प्रतिस्पर्धी बाँकी रहेका हुन् । प्रतियोगिताबाट बाहिरिनेमा एम डि काफ्ले, सौरभ केसी, जुना पुन, राजु लिम्बु र उमाकुमारी चौधरी रहेका छन् । यसअघि उत्कृष्ट २५ मध्येबाट पनि ५ जना बाहिरिएका थिए …

Read More »

पत्रकार महासंघ कास्कीको सदस्यमा बिग एफएमकर्मी रेम बिक निर्विरोध

बिग न्यूज पोखरा, ५ फागुन । पत्रकार महासंघ कास्कीको १० औँ अधिवेशनमा बिग एफएमकर्मी रेम बिक पहिलो सर्वसम्मत सदस्य चुनिएका छन् । निर्वाचनको अघिल्लो दिन निर्वाचन समितिले उम्मेदवारी सार्वजनिक गर्दै उनलाई निर्विरोध चयन भएको घोषणा गरेको हो । उनले दलित कोटाबाट महासंघमा उम्मेदवारी दिएका थिए । महासंघमा उम्मेदवारी दिने क्रममा दलित कोटातर्फ उनको कुनै प्रतिस्पर्धी नभएको निर्वाचन समितिले जानकारी दिएको …

Read More »

बिग आइकनमा उत्कृष्ट २० प्रतिस्पर्धी, शुक्रबार उत्कृष्ट १५ छनौट हुने

रेम बिक पोखरा, ४ फागुन । जारी सातौँ चरणको बिग आइकन उत्कृष्ट २० राउण्डमा प्रवेश गरेको छ । बुधबार भएको उत्कृष्ट २५ गायन प्रतिभाहरुबीचको प्रतिस्पर्धाबाट ५ जना बाहिरिएपछि प्रतियोगितामा २० जना प्रतिस्पर्धी रहेका हुन् । बुधबार प्रतियोगिताबाट बाहिरिनेमा उषा गुरुङ, स्मिता दुरा, उर्मिला पुन, सरिता सुवेदी र रश्मी गुरुङ उत्कृष्ट २५ राउण्डबाट बाहिरिएको आयोजक बिग एफएमले जनाएको छ । बिग …

Read More »

रिया र मनोजको जोडी बने ‘बेस्ट भ्यालेन्टाइन कपल’

नवराज ढुङ्गाना पोखरा, ३ फागुन- पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले सञ्चालन गरेको रेडियो गेम शो ‘बेस्ट भ्यालेन्टाइन कपल’ अन्तर्गत रिया पुन र मनोज गुरुङको जोडी सर्वोत्कृष्ट बनेको छ । प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे को अवसरमा एफएमले हरेक दिन छानिएका १० जोडीमध्ये मङ्गलबार उत्कृष्ट जोडी घोषित गरेको हो । सर्वोत्कृष्ट बनेको जोडीले नगद १५ हजार रुपैयाँ सहित भ्यालेन्टाईन स्पेशल …

Read More »

रेडियो गेम शो ‘बेस्ट भ्यालेन्टाइन कपल’ का लागि ज्यो. हरिहर अधिकारीले आज उत्कृष्ट जोडी छान्दै

पोखरा, ३ फागुन– प्रणय दिवसलाई लक्षित गर्दै बिग एफएमले शुरु गरेको रेडियो गेम शो ‘बेस्ट भ्यालेन्टाइन कपल’ को उत्कृष्ट जोडी आज छानिँदैछन् । अहिले विग एफएममा लाईभ कार्यक्रममार्फत् दक्षिण एशियाकै उत्कृष्ट युवा ज्योतिष हरिहर अधिकारीले उत्कृष्ट जोडी छान्दैछन् । कार्यक्रम अहिले पनि जारी छ । हरेक दिन छानिएका उत्कृष्ट १० जोडीमध्येबाट आज एकजना सर्वोत्कृष्ट जोडी छानिन लागेका हुन् । युवा ज्योतिष …

Read More »

रेडियो गेम शो ‘बेस्ट भ्यालेन्टाइन कपल’ जारी, आइतबार जापान र नानुको जोडी छानिए

पोखरा, १ फागुन– प्रणय दिवसलाई लक्षित गर्दै बिग एफएमले गत शनिबारदेखि शुरु गरेको रेडियो गेम शो ‘बेस्ट भ्यालेन्टाइन कपल’ मा आइतबार जापान र नानुको जोडी छानिएका छन् । यसअघि ८ जोडी छनौट हुँदै फाईनल प्रतिस्पर्धामा पुगिसकेका छन् । शनिबार सविना र निश्चलको जोडी छानिएका थिए । शुक्रबार सुरेश र निरुको जोडी, विहीबार अनिशा भण्डारी र अशोक सेढाईको जोडी, बुधबार रिया पुन …

Read More »

रेडियो गेम शो ‘बेस्ट भ्यालेन्टाइन कपल’ जारी, तनहुँका सबिना र निश्चलको जोडी छानिए

पोखरा, २९ माघ– प्रणय दिवसलाई लक्षित गर्दै बिग एफएमले गत शनिबारदेखि शुरु गरेको रेडियो गेम शो ‘बेस्ट भ्यालेन्टाइन कपल’ मा शनिबार सबिना र निश्चलको जोडी छानिएका छन् । यसअघि सात जोडी छनौट हुँदै फाईनल प्रतिस्पर्धामा पुगिसकेका छन् । शुक्रबार सुरेश र निरुको जोडी छानिए छानिएका थिए । विहीबार अनिशा भण्डारी र अशोक सेढाईको जोडी, बुधबार रिया पुन र मनोज गुरुङको जोडी छनौट भए । चौथो दिन …

Read More »