Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन (page 10)

मनोरञ्जन

अाइतबारकाे कन्सर्टमा झुमाउन जापान पुग्याे कन्दरा

पाेखरा, ३ बैशाख- नयाँ वर्षको अवसर पारेर जापानका नेपालीलाई मनोरञ्जन दिलाउन पोखराको चर्चित कन्दरा ब्यान्डका कलाकार जापान पुगेका छन् । कास्की पोखरा समाज जापानको आयोजनामा आइतबार हुने सांगीतिक कार्यक्रमको लागि कन्दरा ब्यान्ड जापान पुगेको हो । ब्यान्डका कलाकारलाई आयोजक कास्की पोखरा समाज जापानका अध्यक्ष शिव पौडेल लगायतका पदाधिकारीले स्वागत गरे । नेपाली सांगीतिक आकाशमा पोखरेली लोक तथा रकगीतको मिश्रण गरी लोकप्रिय …

Read More »

बिग आइकन सुवासलाई ‘द ब्रिटिश कलेज’को सम्मान

रेम बिक पोखरा, २८ चैत । सातौँ बिग आइकन सुवास गुरुङलाई काठमाण्डौ थापाथलीको ‘द ब्रिटिश कलेज’ले विशेष सम्मान गरेको छ । ‘साँगीतिक क्षेत्रमा आएको नयाँ प्रतिभा’को रुपमा कलेजले उनलाई सम्मान दिएको हो । ‘द ब्रिटिश कलेज’का प्रमुख कार्यकारी अधिकृत राजन कँडेल तथा मार्केटिङ म्यानेजर सुमन श्रेष्ठले सुवासलाई सम्मान गरेका थिए । बिग आइकन सुवास गुरुङलाई सम्मान गर्दै उनले ‘यस्ता प्रतिभावान …

Read More »

पोखरामा नेपथ्य प्रस्तुती, संगीतमा झुमे पाेखरेली

पोखरा, २७ चैत-शनिबार झम्के साँझसंगै तातिएको पोखरा रंगशाला करिब दुई घण्टासम्म निकै गुन्जायमान भयो । ३ बर्ष पछि आफ्नै आगँनमा आएको नेपथ्यले आफ्नो लाईभ प्रस्तुतः गर्दा रंगशालाको माहोल तातिएको थियो भने नेपथ्यलाई दर्शकहरुले साथ दिदा रंगशालामा निकै गुन्जायमान भएको थियो । शनिबार दुई घण्टासम्म नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चीत पप गायक अमृत गुरुङले ४ वटा नयाँ गीतसंगै करीब डेढ दर्जन गीत …

Read More »

नेपथ्यबाट विद्यालयलाई सहयोग हुने भएपछि स्थानिय हर्सित

पोखरा, २५ चैत- कास्कीको सल्यान बाँसखर्कमा रहेको भुमेश्वर आधारभुत विद्यालयमा बिहीबार नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चीत पप गायक अमृत गुरुङ सहितको टिमलाई स्थानियले स्वागत गरेका छन । फेरी उठ्ने छ नेपाल नामक इभेण्टको दोश्रो संस्करणको मार्फत चर्चीत पप गायक गुरुङको प्रस्तुतीःबाट संकलन भएको केहि रकम उक्त बिद्यालयलाई प्रदान गर्ने उद्घोष गरेसंगै बिद्यालय तथा स्थानियले नेपथ्य ब्याण्डको टिमलाई स्वागत गरेका हुन । …

Read More »

पोखराका फोटोग्राफरहरुले मुसहर बस्ती निमार्णका लागि ध्रुर्मुस सुन्तली फाउन्डेसन लाई सहयोग गरे

पोखरा, २५ चैत्र- पोखरा फोटोग्राफर संघ पोखरा नेपालको आयोजनामा चैत्र २३ देखि पुर्वी नेपालका बिभिन्न स्थानहरुको अवलोकन भ्रमणमा निस्केका पोखरा फोटोग्राफर संघका सदस्यहरुले मुसहर बस्ती निमार्णका लागि धु्रमुस सुन्तली फाउण्डेसन लाई २० हजार १ सय रुपैया सहयोग रकम हस्तान्तरण गरेका छन् । आन्तरिक पर्यटन प्रबर्धनका लागि पुर्वी नेपालको अवलोकन भ्रमणमा निस्केको भ्रमण टोलिले मुसहर एकिकृत बस्ती निमार्णमा लागेका हास्य कलाकार …

Read More »

‘पलाँस’ प्रचार गर्दै युनिट पोखरामा

पोखरा, २२ चैत- यो शुक्रबारबाट देशभरका झन्डै ७० वटा हलमा नेपाली फिल्म ‘पलाँस’ प्रदर्शनमा आएको छ । फिल्मको बारेमा प्रतिक्रिया लिने कलाकार टोली विभिन्न ठाउँमा पुगी सञ्चारकर्मी र दर्शकसँग माझ पुगेका छन् । मंगलबार फिल्मका निर्माता कृषा चौलागाई, नायक अयुव केसी र नायक तथा संगीतकार प्रदीप बाँस्तोला पोखरा आए । निर्माता चौलागाईले फिल्म सामान्य प्रेमकथामा आधारित भएको जनाइन् । उनले …

Read More »

सातौं विग आइकन बनेपछि सुवास गुरुङ्गले भनेः मलाई आफैंदेखि डर लाग्छ (भिडियो सहित)

पोखरा, २२ चैत- पश्चिमाञ्चलकै नं १ एफएम विग एफएमले आयोजना गरेको सातौ विग आईकनको उपाधि जितेपछि सुवास गुरुङ्ग निकै भावुक बने । कार्यक्रम घोषणास्थलमै हर्षका आँशु बगेपछि उनी कार्यक्रम सञ्चालक र प्रमुख अतिथिले सोधेको प्रश्नको उत्तर पनि दिन नसक्ने गरी अवाक बने । पटक पटकको प्रयासपछि यसपटक विग आइकन बन्न सफल भएका गुरुङ्गले आफू विग आइकन बनेपछिको एक कार्यक्रममा आफूलाई …

Read More »

अक्षरयात्रा प्रतिभा पुरस्कारबाट सुरज पुरस्कृत

पोखरा, चैत १९ गते- यस वर्षको अक्षरयात्रा प्रतिभा पुरस्कारबाट युवा साहित्यकार सुरज उपाध्याय पुरस्कृत हुनुभएको छ । गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा मासिक रुपमा पोखराबाट सञ्चालित साहित्यिक अभियान अक्षरयात्रामा सव्रिmय सहभागी भई उत्कृष्ट सिर्जना गरेको भन्दै युवा साहित्यकार उपाध्यायलाई सो पुरस्कार प्रदान गरिएको हो । पोखरामा शनिबार आयोजित अक्षरयात्राको १४० औँ शृङ्खलामा प्रमुख अतिथि गण्डकी बोर्डिङ स्कुलकमा प्राचार्य रविप्रसाद …

Read More »

सुवास गुरुङ बने सातौँ बिग आइकन

पुरस्कारस्वरुप पाए यामाहा स्कुटरसँगै बेलायतको सांगीतिक भ्रमण रेम बिक पोखरा, १८ चैत । सैनीकबस्ती लेखनाथका सुवास गुरुङ सातौँ बिग आइकन बनेका छन् । दुई प्रतिस्पर्धी चितवन पटिहानीका सागर आले र पोखरा संगमटोलकी प्रिया गुरुङलाई भोटिङको आधारमा उछिन्दै उनले सातौँ सँस्करणको बिग आइकनको ताज आफ्नो पोल्टामा पारे । पोखरा सभागृहमा खचाखच दर्शकमाझ प्रमुख अतिथि रहेका रवीन्द्र मिश्रले विजेताको नाम घोषणा गर्दै …

Read More »

सातौं विग आइकनको ग्राण्ड फिनाले सुरु, रविन्द्र मिश्रले गरे उद्घाटन

पोखरा, १८ चैत सातौं सँस्करणको विग आइकनको ग्राण्ड फिनाले पोखरामा सुरु भएको छ । कार्यक्रमस्थल पोखरा सभागृहमा आयोजित समारोहको बिबिसि नेपाली सेवाका पूर्व प्रमुख रविन्द्र मिश्रले उद्घाटन गरे । मिश्र साझा पार्टीका परिकल्पनाकार समेत हुन् । कार्यक्रमस्थलमा अझैपनि विभिन्न अतिथिहरु प्रवेश गर्ने क्रम जारी नै रहेको छ । कार्यक्रम बिहान ११ बजे सुरु हुने भनिएपनि अतिथिहरु अझै आइनपुगेकाले केही ढिला सुरु भएको …

Read More »