Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन (page 4)

मनोरञ्जन

शनिबार हुने कन्सर्टका लागि नेपाल आइडल बुद्ध लामासहितको टोली पोखरामा

बिग न्यूज पोखरा, २७ असोज । पोखरामा हुन लागेको नेपाल आइडल कन्सर्टको सम्पूर्ण तयारी सकिएको छ । आयोजक मुन्टेज इन्टरनेशनल र जक्शन डटकमले पोखरामा शुक्रबार पत्रकार सम्मेलन गरेर कार्यक्रमको तयारी सकिएको जानकारी दिएको हो । कार्यक्रमका लागि नेपाल आइडलका विजेता बुद्ध लामासहित फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास, उत्कृष्ट ८ प्रतिस्पर्धी सन्ध्या जोशी पोखरा आईसकेका छन् । शुक्रबार आयोजित …

Read More »

‘रियालिटि शो’ बेसमा मिस डिभा पोखराको दोस्रो संस्करण हुने

बिग न्यूज पोखरा, २२ असोज ।  ब्ल्यु रेज प्रोडक्सन एण्ड इभेन्ट मेनेजमेन्ट कम्पनीको आयोजनामा दोस्रो संस्करणको मिस डिभा पोखरा हुने भएको छ । पहिलो संस्करणमा भन्दा केहि पृथक बनाउने सोचका साथ तयारीलाई तिव्र पारेको आयोजकले जानकारी दिएका छन् । मिस डिभा सिजन २ को अडिसन आगामी कार्तीक आश्विन २५ गते होटल बाराही लेकसाइडमा हुने इभेन्ट मेनेजर सागर आचार्यले बताए । …

Read More »

रामबजार महोत्सवको पाँचौ सँस्करण शुक्रबारदेखि शुरु

पोखरा, २० असोज । पाँचौ सँस्करणको रामबजार महोत्सव शुक्रबारदेखि शुरु भएको छ । पोखरा रामबजारस्थित कालिका उच्च माविको प्राङ्गणमा शुरु भएको महोत्सवलाई पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे । रामबजार यूथ क्लबको आयोजनामा यो महोत्सव भएको हो । महोत्सव २८ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ । महोत्सवको उद्घाटन गर्दै महानगर प्रमुख जिसीले युवाहरुको जोश र जाँगरले मात्रै नगरको विकास …

Read More »

पोखरामा असोज ३० गते ‘अग्नीदहन’ प्रदर्शन हुने

रेम बिक पोखरा, २० असोज । बोक्सी कुप्रथामा आधारित रहेर निर्माण भएको फिल्म ‘अग्नीदहन’ले पोखराबाट प्रदर्शन आरम्भ गर्ने भएको छ । ‘मान्छे बोक्सी हुन्न कहिल्यै, राष्ट्रिय जागरण प्रतिष्ठान’को निर्माणमा तयार भएको यो फिल्म आगामी ३० गते पोखराको श्रीकृष्ण हलमा ‘स्पेशल शो’ हुने निर्माण यूनिटले जनाएको छ । फिल्मको प्रदर्शनीलाई अभियानको रुपमा अगाडि बढाईने प्रतिष्ठानले जनाएको छ । शुक्रबार प्रतिष्ठानले पोखरामा …

Read More »

असोज २० गतेदेखि पाँचौ ‘रामबजार महोत्सव’ हुने

पोखरा, १८ असोज । रामबजार महोत्सवको पाँचौ सँस्करण असोज २० गतेदेखि शुरु हुने भएको छ । सँस्कृतिको संरक्षण र पर्यटनको प्रबद्र्धन गर्ने लक्ष्यसहित हुन लागेको महोत्सव २८ गतेसम्म चल्ने आयोजक रामबजार यूथ क्लबले जनाएको छ । आयोजक रामबजार यूथ क्लबले अघिल्ला सँस्करणको तुलनामा यो पटक अझै बढि परिस्कृत र पृथक तवरले महोत्सव हुने जानकारी दिएको छ । उसले बुधबार महोत्सवस्थल कालिका …

Read More »

नवौं मिस पोखरा बनिन् ‘ममता जोशी’ (भिडियो जक्शन)

रञ्जन अधिकारी पोखरा, ६ असोज / मिस पोखराको नवौं संस्करणको उपाधि ममता जोशीले जितेकी छिन् । उनले १५ प्रतिष्पर्धीलाई पछि पार्दै मिस पोखराको ताज पहिरिएकी हुन् । पोखरा जेसीजको आयोजनामा विहीबार पोखरा सभागृह हलमा भएको ग्राण्ड फिनालेमा उपाधि सहित उनले नगद ५० हजारसहित यामाहा फेसिनो स्कुटर प्राप्त गरिन् । प्रतियोगितामा पुनम केसी फस्र्ट रनरअप तथा सिमरन गुरुङ सेकेण्ड रनरअप बनिन् …

Read More »

नवौं मिस पोखराको तयारी अन्तिम चरणमा

रञ्जन अधिकारी पोखरा, २ असोज / मिस पोखराको नवौं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक जेसिआई पोखराले सोमबार पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी गराएको हो । मेट्स ईन्टरनेशनलको मुख्य प्रायोजनमा हुने मिस पोखराको ग्राण्ड फिनाले यही असोज ५ गते पोखरा सभागृहमा हुँदैछ । कार्यक्रम मूल संयोजक एवं कार्यकारिणी उपाध्यक्ष शिवप्रसाद सापकोटाका अनुसार उपाधिका लागि पाँच जिल्लाका १६ जना …

Read More »

कार्तिक २४ गते पोखरामा गुरुङ फिल्म ‘मै रिमो’ प्रदर्शन हुने

रेम बिक पोखरा, ३० भदौ । गुरुङ फिल्म ‘मै रिमो’ले पोखराबाट आफ्नो नियमित प्रदर्शनको शुरुवात गर्ने भएको छ । सामान्यता गुरुङ फिल्महरु समुदायभित्रै च्यारिटी र भिआइपी शोहरुमा सिमित हुँदै आईरहेको परिस्थितीमा यो फिल्मले अन्य नेपाली फिल्म जसरी नै हलमा आउने जानकारी दिएको हो । फिल्म यूनिटले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर प्रदर्शनीको बारेमा जानकारी दिएको हो । ‘भाषिक फिल्मको लागि …

Read More »

बिन्दबासिनीदेखि ‘मिडटाउन सिनेमाज्’ सम्मको द्वा परिवारको ‘हल’ यात्रा

रेम बिक पोखरा, ३० भदौ । पोखराका पुराना हल व्यवसायी हुन्, उत्तम द्वा । उनीसहित उनको परिवार नै चलचित्र र हलको व्यवसायमा लागेको निकै लामो समय भैसक्यो । ७५ वर्ष अगाडि उत्तम द्वाका पिता जितप्रसाद द्वाले पोखरामा व्यवसायको शुरुवात गरेका थिए । उनैले पोखरामा बिन्दबासिनी हल निर्माण गरेका थिए । विन्दबासिनी हल निर्माणसँगै संचालनमा ल्याएपछि द्वा परिवार यो व्यवसायमा निरन्तर …

Read More »

मिड टाउन ग्यालेरियामा दुई मल्टिप्लेक्स हल

रञ्जन अधिकारी पोखरा, २९ भदौ / पोखराको सभागृहचोकमा अत्याधुनिक सुविधा सम्पन्न मल्टिप्लेक्स हल सञ्चालनमा आएको छ । पोखरामा २८ वर्ष देखी चलचित्र व्यवसायमा संलग्न द्वा परिवारले मिड टाउन ग्यालेरिया निर्माण गरी एकै कम्प्लेक्समा दुई वटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएका हुन् । तेर्सापट्टी स्थित विन्ध्यवासिनी, बाराही क, ख र श्रीकृष्णका साथै बुटवलमा कालिका हल सञ्चालन गरिरहेको द्वा समूहले मध्यम र उच्च वर्गलाई …

Read More »