Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured (page 3)

Featured

त्यो ‘पोखरा महोत्सव’, यो ‘औद्योगिक व्यापार मेला’

रेम बिक पोखरा, २६ पुस । हाल फिस्टेल हस्पिटल भएको स्थानमा त्यतिबेला साल्ट ट्रेडिङ बस्थ्यो । कम्पाउन्ड खाली थियो । यो २०४१ सालतिरको कुरा हो । पञ्चायतकालिन समय थियो त्यो । पुस माघतीरको बेला हुँदो हो । पोखरा उद्योग वाणिज्य संघले पोखराकै उत्पादनहरुलाई प्रचार गर्ने हेतुले पहिलोपटक त्यहि ठाऊँमा हो औद्योगिक प्रदर्शनीको ‘श्री गणेश’ गरेको । त्यो बेलामा पोखरामै उत्पादन …

Read More »

सिमेन्ट र रडको मूल्य बढेपछि व्यवसायी आन्दोलित

बिग न्यूज पोखरा, २२ पुस । सिमेन्ट र रड लगाएतका निर्माण सामाग्रीहरुको भाऊ एक्कासी बढेपछि पोखराका हार्डवेयर व्यवसायीहरुले विरोध जनाएका छन् । निर्माणको सिजनको बेलामा उत्पादक कम्पनीहरुले एक्कासी भाऊ बढाएपछि त्यसको विरोधमा उनीहरु आन्दोलित भएका हुन् । पोखरा हार्डवेयर एशोसियसनले एक विज्ञप्ती जारी गर्दै निर्माण सामाग्रीको मूल्य समायोजन नगर्दासम्म आफूहरुले आन्दोलन जारी राख्ने बताएको छ । ‘यो निकै बदनियतपूर्ण तरिकाले …

Read More »

दोस्रो सिजनको ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ हुने

रेम बिक पोखरा, २० पुस । दोस्रो सिजनको ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ हुने भएको छ । आयोजक एपी इन्टरटेनमेन्ट प्रालिले विहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि ‘कन्टेस्ट’को बारेमा जानकारी दिएको हो । आयोजकले ‘कन्टेस्ट’का लागि आवेदन फाराम खुलेको जानकारी दिएको छ । खासगरि नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित ‘हस्पिटालिटी सेक्टर’का व्यक्तिहरुले यो ‘कन्टेस्ट’मा सहभागिता जनाउन पाउने आयोजकले बताएको छ । ‘अतिथी सत्कारको …

Read More »

ल्होछारमा घान्द्रुकको गुम्बामा ‘विशेष पुजापाठ’

बिग न्यूज पोखरा, ९ पुस । तमु ल्होछारको अवसरमा घान्द्रुकको ङग्युर दोर्जे साङाग छ्योंएलिङ गुम्बामा विशेष पुजापाठ हुने भएको छ । चरा वर्गको विदाई र कुकुर वर्गको आगमनको अवसरमा घान्द्रुक आठभाईघरस्थित गुम्बाको आयोजनामा पुजापाठ हुन लागेको हो । ल्होछारको अवसरमा हुने विशेष पुजापाठसँगै गुम्बामा ग्रहशान्ति, पितृपुजा तथा सामुहिक भोज समेत हुने गुम्बाका लामा अमृत गुरुङले जानकारी दिए । पुस ११ …

Read More »

‘ह्याप्पी न्यू इयर’को साँगीतिक कार्यक्रममा ६ जना बडिगार्डसहित पुगे अभिनेता कुशल थापा

रेम बिक पोखरा, ७ पुस । ६ जना बडिगार्डसहित अभिनेता कुशल थापा स्टेजमा उक्लिँदा दर्शकदिर्घाबाट चर्को हुटिङ आयो । पोखरा सभागृहस्थित ‘मिडटाउन ग्यालरिया’को प्राङ्गणमा आयोजित नेपाली फिल्म ‘ह्याप्पी न्यू इयर’को प्रचारको क्रममा भएको साँगीतिक कार्यक्रममा उनी बडिगार्डसहित देखिएका हुन् । अनमोल केसी र प्रदिप खड्का पनि यसअगाडि यसैगरि बडिगार्डसहित फिल्मको कार्यक्रम तथा हल परिसरमा देखिएका थिए । पछिल्लो पटक अभिनेता …

Read More »

बेरोजगार युवाको कथामा ‘मन त परदेशी’

बिग न्यूज पोखरा, ७ पुस । नेपाल एउटा यस्तो देश हो, जहाँका हजारौं युवाहरु दैनिक विदेशीन्छन् । नेपालमा पर्याप्त जागिर नहुँदा र सोचेजस्तो कमाउन नसक्दा परिवार र आफ्नो पेट पाल्नको लागि खाडी मुलुक जाने गरेको तितो यर्थाथ अझै विद्यामान छ । यही पीडा समावेश गरिएको फिल्म ‘मन त परदेशी’ यतिबेला प्रर्दशनको तयारीमा छ । पुस १४ गतेदेखि देशका ४० बढी …

Read More »

‘पिम्फ’को तेस्रो सिजन विहिबारदेखि शुरु

बिग न्यूज पोखरा, ६ पुस । नेपालको सुदुरपश्चिम क्षेत्रको पृष्ठभुमीमा रहेर तयार पारिएको छोटो फिल्म ‘जालगेडी’को ‘स्क्रिनिङ’सँगै ‘पिम्फ’को तेस्रो सिजन शुरु भएको छ । पोखरा फिल्म सोसाइटीले प्रत्येक वर्ष आयोजन गर्दै आईरहेको पोखरा अन्तराष्ट्रिय पर्वतीय महोत्सव (पिम्फ) तीन दिनसम्म चल्नेछ । नेपाल पर्यटन बोर्डको क्षेत्रीय कार्यालय पोखराका प्रमुख सुर्य थपलियाले उद्घाटन गरेको तेस्रो सँस्करणको पिम्फ अन्तरगत पहिलो दिन १४ वटा …

Read More »

हाइड्रो प्रोजेक्ट कब्जा गर्दै, समानान्तर सत्ता चलाउँदै एमाले

बिग न्यूज पोखरा, १७ मंसिर । पोखराका उद्योगपति हरिप्रसाद पाण्डे एमालेकातर्फबाट मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा जलश्रोत र उद्योग मन्त्री बने । पोखरा फुड्स प्रालि संचालन गर्दागर्दै राजनीतिमा होमिएका पाण्डेले एमालेलाई नै चक्मा दिने गरी आफूलाई भ्रष्टाचारी घोषणा गरे । राज्यसँग छानविन र कारवाहीको लागि गुहार नै लगाए । पाण्डेको गुहार हावामै हरायो तर उनले त्यसपछि भने जलविद्युतलाई लगानीको क्षेत्र बनाए …

Read More »

राजनितीमा आस्था र निष्ठा जरुरी छ  ः नरेश शंकर पालिखे

नेपालमा राजनिती के का लागि गर्ने भन्ने बिषयको उत्तर नै पाउन नसकीरहेको बेला आसन्न र्निबाचनमा प्रदेश सदस्य का लागि कास्की र्निबाचन क्षेत्र नंम्वर २ अन्र्तगत प्रदेश २ का स्वतन्त्र उमेदवारी दिएका नरेश पालिखेले एक शब्दमा भने ,निष्ठा र गलत प्रबृत्तिको बिरुद्धमा लड्न । गलत प्रबृत्ति पार्टी भित्र पनि हुन्छ र बाहिरी समाजमा पनि , उनले थपे । बालक चिन्ह लिएर …

Read More »

देवराज र गुरु बरालको बोली : ‘परिवर्तनका लागि हामीलाई जिताउनुस्’

बिग न्यूज् पोखरा, १५ मंसिर । बौद्धिक र प्रखर वक्ता मानिने काँग्रेसका युवा नेताद्धय देवराज चालिसे र गुरुप्रसाद बराल शुक्रबार सँयुक्त रुपमा प्रचारमा खटिए । साविक भरतपोखरीमा पर्ने लामगादी, थप्ल्याङ, पुँडीटार, तल्लो पुँडी, आँपुकसेरी, भञ्ज्याङ र मालागिरी लगाएतका स्थानमा उनीहरु सँगसँगै गए । अनि नेपाली काँग्रेसको पक्षमा भोट हाल्न त्यहाँका मतदातासँग आग्रह गरे । बोली र व्यवहारले नै प्रभाव पार्न …

Read More »