Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » अन्तराष्ट्रिय (page 10)

अन्तराष्ट्रिय

क्लिन्टनले लागूऔषध खाएको ट्रम्पको आरोप, भनेः राष्ट्रपतिमा निर्वाचित भए जेल हाल्छु

संयुक्त राष्ट्र संघ ३० असोज – अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो प्रतिश्पर्धी हिलारी क्लिन्टनलाई लागूऔषध परीक्षण गर्न माग गरेका छन् । अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच आगामी प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रम भन्दाअगाडी हिलारीको परिक्षण हुनु पर्ने शनिबार ट्रम्पले माग गरेका हुन् । ट्रम्पले आफ्नो प्रतिश्पर्धी क्लिन्टनले यस अघि भएका …

Read More »

भारत र रसियाबीच अर्बौं डलर बराबरको ऊर्जा तथा प्रतिरक्षा प्रणालीका लागि महत्वपूर्ण सम्झौता

भारत, ३० असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्दादिमिर पुटिनबीच शनिबार अर्बौं डलर बराबरको ऊर्जा तथा प्रतिरक्षा प्रणालीका लागि सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री मोदी र रसियाली राष्ट्रपति पुटिनबीच ब्रिक्स सम्मेलन सुरु हुनुपूर्व भएको बैठकपछि भारतले रसियासँग पाँच अर्ब अमेरिकी डलर बराबरको एए ४०० ‘ट्राइअम्फ’ वायुरक्षा प्रणाली खरिद गर्ने घोषणा गरेको छ । भारत र रसियाबीच रक्षा …

Read More »

पपुवा न्युगिनीमा ६.४ म्याग्नीच्युडको भूकम्प

हङकङ, २९ असोज – पपुवा न्युगिनीमा शनिबार ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । जिएमटी समय अनुसार शनिबार विहान ८ बजेर ३ मिनेट जाँदा भूकम्प गएको अमेरिकी भौगर्भीक सर्वेक्षण संस्थाले जनाएको छ । भूकम्पबाट भएको क्षतीको थप विवरण आउन बाँकी रहेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

Read More »

कोलम्बियाका हजारौं कृषक, मानव अधिकारकर्मी तथा विद्यार्थीहरु देशभरीका सडकमा उत्रिए

बोगोटा, २९ असोज । वामपन्थी सशस्त्र विद्रोहीसँग विगतमा सम्पन्न शान्ति सम्झौता धरापमा नपरोस् भन्ने माग राखी कोलम्बियाका हजारौं कृषक, मानव अधिकारकर्मी तथा विद्यार्थीहरु देशभरीका सडकमा उत्रेका छन् । सशस्त्र विद्रोही दल रिभेल्युसनरि आम्र्ड फोर्सेस (फार्क)सँग सम्पन्न शान्ति सम्झौताविरुद्ध जाने जनमत सङ्ग्रहको परिणाम एउटा त्यान्द्रो भरमा मात्र झुन्डिएकोले सो स्वीकार गर्न नहुने माग राखी यसै हप्तामा दोस्रो पटक पनि प्रदर्शनकारीहरु सडकमा …

Read More »

थाईल्याण्डका राजा भूमिबोलको निधन, एकबर्षसम्म शोक मनाइने

काठमाडौं, २८ असोज- थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेजको ८८ वर्षको उमेरमा विहीबार बैंककमा निधन भएको छ । बीबीसीका अनुसार थाइ राजदरबारले उनको मृत्युको पुष्टि गरेको छ । पछिल्लो केही दिनदेखि बिरामी परेका भूमिबोलको निधन स्थानीय समय अनुसार विहीबार दिउँसो ३ बजेर ५२ मिनेटमा भएको हो । भूमिदेव संसारमा सबैभन्दा धेरैसमय सम्म राज गर्ने राजा मानिन्थे । उनले ७० वर्षसम्म राज गरेका …

Read More »

शोकसभामा बमबारी, १४० भन्दा पनि बढीको मृत्यु

असोज २३ शाना – यमनको राजधानी शानामा भइरहेको एक शोकसभामा भएको हवाई आक्रमणमा परी १४० जना भन्दा बढीको मृत्यु भएको छ भने ५ सयभन्दा बढी घाइते भएका छन् । मारिनेको संख्या ३ सय नाघ्न सक्ने संयुक्त राष्ट्रसंघको उद्दारकर्मीहरुले बताएका छन् ।  घटनामा विद्रोही हुतीका कयौं नेता तथा कार्यकर्ता तथा सर्वसाधारण मारिएको अनुमान गरिएको छ । विद्रोही हुतीद्वारा सञ्चालित सरकारले साउदी …

Read More »

समलिंगी हुन् बहुचर्चित कम्पनी एप्पलका बोस, भन्छन्ः ‘मलाई यो कुरा स्विकार्न अप्ठ्यारो लाग्दैन’

विश्वका अत्यन्त सफल ब्रान्डमध्ये एक हो, एप्पल । एप्पलका मोबाइल मात्र होइनन्, कम्प्युटर र अन्य उत्पादनले पनि विश्वबजारमा विशेष स्थान ओगटेका छन् । स्टिभ जब्सले सुरु गरेको एप्पल कम्पनी विश्वको सबैभन्दा ठूलो कम्पनीमध्ये एक हो । झन् केही दिनयता त एप्पललाई सर्च इन्जिनमा सबैभन्दा बढी खोजिएको छ । किनभने उसले नयाँ आइफोन लन्च गरेको धेरै भएको छैन । अहिले त्यही …

Read More »

इस्तानबुलले मस्को युद्धक विमान खसालेपछि बिग्रीएको रसिया र टर्कीको सम्बन्ध फेरी सुध्रिँदै

रसिया, १९ असोज- रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अक्टोबर १० मा टर्कीको भ्रमण गरी राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग टर्कीलगायत यस क्षेत्रका मुलुकको सुरक्षा चासो, आर्थिक विकास र सामुदायिक सद्भावका लागि छलफल गर्नु हुने भएको छ । इन्टर फ्याक्स न्युज एजेन्सीले क्रेमलिनलाई उद्धृत गर्दै भनेको छ, पुटिनको टर्की भ्रमणका क्रममा विश्व ऊर्जा सम्मेलन तथा द्विपक्षीय भेटघाटका बारेमा दुई नेताले अक्टोबर १० मा …

Read More »

सन् २०१६ का लागि भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई

स्वीडेन, १८ असोज । सन् २०१६ का लागि भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार यस बिधामा उल्लेख्य योगदान पु¥याएवापत डेभिड जे थाउलस, एफ डङ्कन एम हाल्डेन र जे मिखायल कोस्टर लिजलाई प्रदान गरिने भएको रोयल एकेडेमी अफ साइन्सेजले मङ्गलबार घोषणा गरेको छ । उहाँहरुलाई भौतिक शास्त्रअन्तर्गतको सांस्थितिक अवस्थामा हुने परिवर्तन तथा महत्वका बारेमा सैद्धान्तिक अनुसन्धानात्मक अध्ययनका लागि गरेको भूमिकाको कदर गर्दै उक्त …

Read More »

भारतको झारखण्ड राज्यमा प्रहरीले गोली प्रहारबाट चार गाउँलेको मृत्यु

नयाँ दिल्ली, १६ असोज । पूर्वी भारतको झारखण्ड राज्यमा प्रहरीले गोली प्रहारबाट चार गाउँलेको मृत्यु भएको छ । यस घटनामा परी प्रहरीअधिकारीसहित १२ भन्दाबढी घाइते भएका सरकारी अधिकारीहरुले आइतबार जनाएका छन् । ‘नेसनल थर्मल पावर कर्पोरेसन’ स्थापना गर्न लागिएको विरुद्धमा स्थानीयबासीले गरेको आन्दोलन क्रममा प्रहरीद्वारा जारी कारबाहीमा ती सर्वसाधारणको मृत्यु भएको बताइएको छ । झारखण्ड राज्यको प्रान्तीय राजधानी राँचीदेखि ८० …

Read More »