Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » अन्तराष्ट्रिय (page 2)

अन्तराष्ट्रिय

अमेरिकामा डिभी चिठ्ठा बन्द गर्ने तयारी, नेपालीहरु समेत प्रभावित हुने

माघ २८ गते- अमेरिकाले बर्षेनी विभिन्न देशहरुमा खोल्ने डिभी चिठ्ठा बन्द गर्ने तयारी गरेको छ । अमेरिकी संसदमा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक पेश भएसँगै अब डिभी चिठ्ठा बन्द हुने लगभग भएको हो । बाराक ओबामापछिका राष्ट्रपति डोनाल्ड ट्रम्पकै नीतिका अनुसार रिपब्लिकन सिनेटरले विधेयक प्रस्ताव गरेका हुन् । यो विधेयक पास भएमा धेरै नेपालीहरु समेत प्रभावित हुनेछन् । विधेयकमा डिभी …

Read More »

नोबेल पुरस्कार विजेता सत्यार्थीको पदक घरबाटै चोरियो, प्रहरीले अनुसन्धान गर्दै

काठमाडौं, २५ माघ- भारतका नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीको पदक नयाँदिल्लीस्थित आफ्नै घरबाट चोरी भएको छ । बालश्रम र बालबेचविखन विरुद्ध सक्रिय सत्यार्थीलाई पाकिस्तानकी मलाला युसुफजाईसँग संयुक्त रुपमा सन् २०१४ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । सत्यार्थीले मंगलबार बिहान पदकसँगै नोबेल पुरस्कारको प्रमाणपत्र पनि चोरिएको जानकारी दिएका हुन् । प्रहरीले यस बिषयमा अनुसन्धान गरिरहेको छ ।

Read More »

टर्कीमा आईएसविरोधी कारबाहीमा चार सय जनाभन्दा बढी पक्राउ

टर्की, २३ माघ- टर्कीको आतङ्कवाद नियन्त्रणका लागि खटिएको प्रहरीले इस्लामिक स्टेट (आईएस) समूह विरुद्धको अभियानअन्तर्गत आईएससँग संलग्नता रहेको आशङ्कामा ४४५ जनालाई प्रहरी नियनत्रणमा लिइएको राज्य सञ्चालित समाचार संस्था, एनादोलु न्युज एजेन्सीले जनाएको छ । एनादोलुका अनुसार पक्राउ परेका ६० जना विदेशी नागरिक भएका र टर्कीमा आईएस समूहका गतिविधिमा संलग्न भएको आरोप छ । इस्तानबुल, गाजियनटेपलगायतका सिरियाली सीमा क्षेत्रका सहरबाट उनीहरुलाई …

Read More »

अलास्कामा लगातार ज्वालामुखी विस्फोट भएपछि अमेरिका आसपासमा आतंक

अमेरिका, २१ माघ- संयुक्त राज्य अमेरिकाको मूलभूमिबाट टाढा उत्तर–पश्चिममा अवस्थित एक विशाल राज्य अलास्काको एक सानो द्वीप बोगोस्लोफमा शृङ्खलाबद्ध ज्वालामुखी विस्फोटनका घटना भएका छन् । एकसय ६९ एकड (क्षेत्रफलका हिसाबले औसतमा तृतीय श्रेणीको अमेरिकी कृषिक्षेत्र (फार्म बराबर) रहेको र यहाँको सबभन्दा अग्लो पर्वत शृङ्खला भन्नु समुद्र सतहदेखि ४९० फिट (उचाइका हिसाबले फ्रान्सको इफिल टावरको आधाआधीजति) रहेको बोगोस्लोफ द्वीपमा अत्यन्त क्रियाशील …

Read More »

राष्ट्रसंघका पूर्वमहासचिव मुनले कोरियाको राष्ट्रपति पदका लागि उम्मेद्वारी नदिने

सोल, २० माघ– संयुक्त राष्ट्रसङ्घका निवर्तमान महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफू उम्मेदबार नहुने बताएका छन् । आफ्नो मातृदेशमा भएको आकस्मिक पत्रकार सम्मेलनमा उनले आफू राष्ट्रपतिको दौडमा नभएको स्पष्ट पारेका हुन् । देशमा राजनीतिक परिवर्तन गराउने र राष्ट्रिय एकतामा बाँध्ने आफ्नो इच्छा शक्तिलाई देशका नेतामार्फत् लगाउने पनि बानले संवाददातालाई बताए । उनले आफ्नो यो निर्णयबाट आफ्ना शुभेच्छुकलाई चित्त …

Read More »

राष्ट्रपतिको छिट्टै मृत्यु हुन्छ भन्दै गलत भविष्यवाणी गर्ने ज्योतिष पक्राउ

कोलम्बो, १९ माघ- राष्ट्रपति मैत्रिपाला सिरिसेनाको चाँडै नै मृत्यु हुन्छ भन्ने हल्ला फैलाउने एकजना ज्योतिषलाई श्रीलङ्काली प्रहरीले पक्राउ गरेको छ । अधिकांश श्रीलङ्काली जनता ज्योतिष विद्यामा विश्वास राख्छन् र कुनै जागिर, ब्यापार वा काम सुरु गर्नुपरेमा वा कुनै निर्णय लिनुपरेमा जान्ने वा जैसीलाई जोखना हेराउने परम्परागत प्रचलन समाजमा अद्यापि ब्याप्त छ । हाल पक्राउ परेका ज्योतिष–विजिता रोहणा विजयेमुनि श्रीलङ्काली नौसेनाका …

Read More »

संयुक्त राष्ट्रसंघले भन्योः अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको निर्णय गैरकानुनी

स्वीट्जरल्यान्ड, १७ माघ– संयुक्त राष्ट्रसङ्घ मानवअधिकार प्रमुख जैयद विन राद जैयद अल हुसैनले अमेरिकी राष्ट्रपतिद्वारा अमेरिका भ्रमणमा खासगरी इस्लामिक मुलुकका विदेशीलाई लक्षित गरी लगाइएको प्रतिबन्ध गैरकानुनी भएको बताएका छन् । ट्वीटरमार्फत कमैमात्र प्रतिक्रिया दिनु हुने मानव अधिकारवादी नेता जैयदले ट्रम्पको कदमलाई ‘गैरकानुनी र तुच्छ’ मानसिकताको संज्ञा दिए । राष्ट्रियताका आधारमा मात्रै कसैमाथि भ्रमण गर्न नपाउनेगरी प्रतिबन्ध लगाइनु मानवअधिकार कानुनको उल्लङ्घन …

Read More »

फ्रान्सकी युवती आइरिस बनिन् यसबषैकी विश्व सुन्दरी

मनिला, १७ माघ- यस वर्ष फिलिपिन्सको राजधानी मनिलामा आयोजित ६५ औं विश्व सुन्दरी प्रतियोगीतामा फ्रान्सकी युवती आइरिस मित्तेराँ विजयी भएकी छिन् । सो प्रतियोगीतामा विश्वका छयासी देशका सुन्दरीहरु सहभागी थिए । दन्त चिकित्सा विषयमा फ्रान्समा अध्ययनरत तेइस वर्षिया विद्यार्थी तथा मोडेल मित्तेराँले पचासी जना सुन्दरी प्रतिद्वन्दीहरुलाई पछि पार्दै सन् २०१७ को विश्व सुन्दरी (मिस युनिभर्स) उपाधि हात पार्न सफल भएकी …

Read More »

मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल लगाउने अमेरिकाको निर्णय मेक्सिकोले गर्यो अस्विकार

मेक्सिको सिटी, १३ माघ– मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल लगाउने अमेरिकाको निर्णय आफ्नु देश अस्वीकार गरेको मेक्सिकोका राष्ट्रपति इनरिकी पेन निइटोले बताएका छन् । उनले “कुनै प्रकारको पर्खालका लागि कुनै चलखेल हुन दिइने छैन” भनेका छन् । अमेरिकाले पर्खाल बनाउने निर्णयको खेद प्रकट गर्दै यसले अमेरिका र मेक्सिकोलाई विभाजित गर्ने ट्विटरमा राखेको भिडियो वक्तव्यमा उनले भनेका छन् । मेक्सिको र …

Read More »

कुवेतमा सात जनालाई मृत्युदण्ड

कुवेत सिटी, १२ माघ- विभिन्न जघन्य अपराधमा संलग्न आरोपित अपराधीहरुलाई कुवेतले मृत्युदण्डको सजाय दिनेगरी केही पहिले सुनाएको फैसला आज कार्यान्वन गरिएको छ । मृत्यु दण्डको सजाय पाउने सात जना अपराधीमध्ये राजपरिवारका एक जना सदस्य पनि परेका छन् । केही अघि विभिन्न समयमा ती अपराधीहरुले चालीस जना भन्दा बढी मानिसहरुका ज्यान लिएका थिए । सजाय पाउने सबै अपराधीलाई आज एकमुष्ट झुण्ड्याएर …

Read More »