Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » अन्तराष्ट्रिय (page 20)

अन्तराष्ट्रिय

चीनमा आईएनजीओ माथि अंकुश लगाउने तयारी

काठमाडौं, १६ बैशाख- चीनले विदेशी गैर सरकारी संस्था (आईएनजीओ) लाई अंकुश लगाउन नयाँ कानुन पास गरेको छ । नयाँ कानुन अनुसार अब एनजीओहरुले प्रहरीको नियमन पेश गर्नु पर्ने र आम्दानीको स्रोतको स्पष्ट जानकारी दिनु पर्नेछ । यसबाट एनजीओहरुको क्रियाकलापमाथि स्पष्ट सीमा निर्धारण हुने जनाइपनि कानुनको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन । चीनमा अहिले ७ हजार भन्दा बढी एनजीओ क्रियाशिल …

Read More »

युगान्डाले सन् २०१८ सम्म तेल उत्पादन सुरु गर्ने

युगान्डा, १५ वैशाख- तान्जानिया र टङ्गा बन्दगाहमा पाइप विछ्याउने सम्झौतापश्चात युगान्डाले कच्चा तेलको उत्पादन सन् २०१८ सम्ममा सुरु गर्नेमा युगान्डाका अधिकारीले आफूहरु विश्वस्त भएको बताएका छन् । युगान्डाका ऊर्जा मन्त्रालयका प्रवक्ता बुकेन्यामाटोभुले पाइप लाइन विछ्याउने सम्बन्धमा महिनौँ लामो अन्यौलपछि मङ्गलबार तान्जानियासँग सम्झौता भएको बताउँदै युगान्डाले अबको दुई वर्षभित्र कच्चा तेल उत्पादन गर्न सुरु गर्ने बताए । केन्याका राष्ट्रपतिसहितका क्षेत्रीय नेताहरुको …

Read More »

आत्मघाती हमलापछि बन्द ब्रसेल्स मेट्रो स्टेसन एक महिनापछि बल्ल सञ्चालन

ब्रसेल्स, १४ वैशाख- एक महिनाअघि आत्मघाती बम आक्रमणपछि बन्द ब्रसेल्स मेट्रो स्टेसन सोमबारदेखि सञ्चालनमा आएको छ । मेट्रो स्टेसनमा एक आत्मघाती बम आक्रमणकारीले विस्फोट गराउँदा १६ जनाको ज्यान लिएको हृदयविदारक हमलापछि केही समय अनुसन्धानका लागि बन्द गरिएको थियो । स्टेसनमा भएको विभत्स हमलापछि सुरक्षा अवस्थालाई पनि मध्यनजर राख्दै सेवा बन्द गरिएको थियो । घटनालाई विस्तारै बिर्सिदै गएपछि स्थानीयहरु सेवाका लागि …

Read More »

बंगलादेशमा प्राध्यापकको हत्या गर्ने आइएसका सदस्य पक्राउ

बङ्गलादेश, १२ वैशाख- बङ्गलादेशको प्रहरीले एक विश्वविद्यालयका प्राध्यापकको शनिबार हत्या गर्ने एक इस्लामिक विद्यार्थीलाई पक्राउ छ । यस हत्याको इस्लामिक स्टेट्स समूहले जिम्मा लिएको थियो । बङ्गलादेशको उत्तरपश्चिममाअवस्थित राजशाही शहर निवासी ५८ वर्षीय सरकारी विश्वविद्यालयमा अध्यापनरत रजाउल करिम सिद्धिकीलाई घरबाट बस स्टेसनमा जाँदै गर्दा पछाडिबाट छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको थियो । उहाँले विश्वविद्यालयमा अङ्ग्रेजी विषय अध्यापन गराउँदै …

Read More »

थाइल्यान्डका पूर्व प्रधानमन्त्री बानहार्न सिल्पा आर्चाको निधन

बैंकक, ११ वैशाख- थाइल्यान्डका पूर्व प्रधानमन्त्री बानहार्न सिल्पा आचाको शनिबार मृत्यु भएको छ । उनको ८३ वर्षको उमेरमा दमको रोगबाट मृत्यु भएको बताइएको छ । बानहार्न सिरीराज अस्पतालमा गत बिहीबारबाट भर्ना भएका थिए । उनको पूर्वमन्त्री परिषद्को सदस्य कन्चाना सिल्पा आचासहित तीन सन्तान रहेका छन् । सन् १९९५ मा भएको निर्वाचनमा बानहार्न थाइल्यान्डको २१ औँ प्रधानमन्त्रीमा नियुक्त भएका थिए । …

Read More »

इक्वेडरमा एक हप्तापछि पनि पुनः शक्तिशाली भूकम्पको धक्का

क्विटो, ११ वैशाख- इक्वेडरको तटिय क्षेत्रमा गत हप्ता गएको शक्तिशाली भूकम्पपछि पनि बारम्बार ६ रिक्टर स्केलसम्मको पराकम्पन आएको छ । गत बिहीबार पनि करिब १० बजे इक्वेडरको तटीय क्षेत्रमा ६.० रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका अनुसार ७.८ रिक्टर स्केलको मापन गरिएको यो भूकम्पमा परी हालसम्म ६०२ व्यक्तिको मृत्यु हुनुका साथै …

Read More »

उत्तरपूर्वी भारतमा मुसलधारे बर्षापछि गएको पहिरोमा परी १७ को मृत्यु

भारत, १० वैशाख- भारतको उत्तरपूर्वी क्षेत्रमा मसुलधारे वर्षापछि गएको पहिरोले मजदुरहरुको शिविरलाई पुर्दा शुक्रबार कम्तिमा १७ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । चीनको सिमाना नजिकै रहेको तवाङमा १६ जना कामदारको शिविरमै मृत्यु भएको छ भने एक जना घाइते अवस्थामा अस्पताल लैजाने क्रममा मृत्यु भएको प्हरी अधिकृत एन्टो अलफोन्सले बताउनुभयो । मृतक सबै कामदार हिमाली क्षेत्रमा एउटा होटल बनाउन …

Read More »

इक्वेडरको भूकम्पमा परी अझै सत्र सय बेपत्ता

इक्वेडर, ९ वैशाख- ल्याटिन अमेरिकी देश इक्वेडरको तटिय क्षेत्रमा गत शनिबार गएको शक्तिशाली भूकम्पमा परी अझै पनि एक हजार सात व्यक्ति बेपत्ता रहेका समाचार प्राप्त भएपछि यहाँका अधिकारीले मृतक सङ्ख्या अधिक मात्रामा बढ्ने चेतावनी दिएका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था अनुसार ७।८ रिक्टर स्केलको मापन गरिएको यो भूकम्पमा परी हालसम्म ४९९ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् …

Read More »

इक्वेडरमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प, भूकम्पपछि ५५ भन्दा बढी धक्का, करिब सयको मृत्यु

काठमाडौं, ५ बैशाख- इक्वेडरमा आज गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म करिब एकसयजनाको मृत्यु भएको छ । ७७ जनाको मृत्युको पुष्टि भैसकेपनि ज्यान गुमाउनेको संख्या १ सय बढी नाघेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इक्वेडरको राजधानी क्योटोबाट १ सय ६० किलोमिटर टाढा पर्ने म्युसिनी शहरलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पपछि अहिलेसम्म ५५ भन्दा बढी धक्का महसुस …

Read More »

जापानमा फेरी गयो ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

बैशाख ४ गते- जापानमा फेरी शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यसअघि ६.२ रेक्टर स्केलको भूकम्प गएको जापानमा गएराती भने ७.१ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु कुमामोतो शहर रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । जापानमा भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

Read More »