Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » अन्तराष्ट्रिय (page 3)

अन्तराष्ट्रिय

अलास्कामा लगातार ज्वालामुखी विस्फोट भएपछि अमेरिका आसपासमा आतंक

अमेरिका, २१ माघ- संयुक्त राज्य अमेरिकाको मूलभूमिबाट टाढा उत्तर–पश्चिममा अवस्थित एक विशाल राज्य अलास्काको एक सानो द्वीप बोगोस्लोफमा शृङ्खलाबद्ध ज्वालामुखी विस्फोटनका घटना भएका छन् । एकसय ६९ एकड (क्षेत्रफलका हिसाबले औसतमा तृतीय श्रेणीको अमेरिकी कृषिक्षेत्र (फार्म बराबर) रहेको र यहाँको सबभन्दा अग्लो पर्वत शृङ्खला भन्नु समुद्र सतहदेखि ४९० फिट (उचाइका हिसाबले फ्रान्सको इफिल टावरको आधाआधीजति) रहेको बोगोस्लोफ द्वीपमा अत्यन्त क्रियाशील …

Read More »

राष्ट्रसंघका पूर्वमहासचिव मुनले कोरियाको राष्ट्रपति पदका लागि उम्मेद्वारी नदिने

सोल, २० माघ– संयुक्त राष्ट्रसङ्घका निवर्तमान महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफू उम्मेदबार नहुने बताएका छन् । आफ्नो मातृदेशमा भएको आकस्मिक पत्रकार सम्मेलनमा उनले आफू राष्ट्रपतिको दौडमा नभएको स्पष्ट पारेका हुन् । देशमा राजनीतिक परिवर्तन गराउने र राष्ट्रिय एकतामा बाँध्ने आफ्नो इच्छा शक्तिलाई देशका नेतामार्फत् लगाउने पनि बानले संवाददातालाई बताए । उनले आफ्नो यो निर्णयबाट आफ्ना शुभेच्छुकलाई चित्त …

Read More »

राष्ट्रपतिको छिट्टै मृत्यु हुन्छ भन्दै गलत भविष्यवाणी गर्ने ज्योतिष पक्राउ

कोलम्बो, १९ माघ- राष्ट्रपति मैत्रिपाला सिरिसेनाको चाँडै नै मृत्यु हुन्छ भन्ने हल्ला फैलाउने एकजना ज्योतिषलाई श्रीलङ्काली प्रहरीले पक्राउ गरेको छ । अधिकांश श्रीलङ्काली जनता ज्योतिष विद्यामा विश्वास राख्छन् र कुनै जागिर, ब्यापार वा काम सुरु गर्नुपरेमा वा कुनै निर्णय लिनुपरेमा जान्ने वा जैसीलाई जोखना हेराउने परम्परागत प्रचलन समाजमा अद्यापि ब्याप्त छ । हाल पक्राउ परेका ज्योतिष–विजिता रोहणा विजयेमुनि श्रीलङ्काली नौसेनाका …

Read More »

संयुक्त राष्ट्रसंघले भन्योः अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको निर्णय गैरकानुनी

स्वीट्जरल्यान्ड, १७ माघ– संयुक्त राष्ट्रसङ्घ मानवअधिकार प्रमुख जैयद विन राद जैयद अल हुसैनले अमेरिकी राष्ट्रपतिद्वारा अमेरिका भ्रमणमा खासगरी इस्लामिक मुलुकका विदेशीलाई लक्षित गरी लगाइएको प्रतिबन्ध गैरकानुनी भएको बताएका छन् । ट्वीटरमार्फत कमैमात्र प्रतिक्रिया दिनु हुने मानव अधिकारवादी नेता जैयदले ट्रम्पको कदमलाई ‘गैरकानुनी र तुच्छ’ मानसिकताको संज्ञा दिए । राष्ट्रियताका आधारमा मात्रै कसैमाथि भ्रमण गर्न नपाउनेगरी प्रतिबन्ध लगाइनु मानवअधिकार कानुनको उल्लङ्घन …

Read More »

फ्रान्सकी युवती आइरिस बनिन् यसबषैकी विश्व सुन्दरी

मनिला, १७ माघ- यस वर्ष फिलिपिन्सको राजधानी मनिलामा आयोजित ६५ औं विश्व सुन्दरी प्रतियोगीतामा फ्रान्सकी युवती आइरिस मित्तेराँ विजयी भएकी छिन् । सो प्रतियोगीतामा विश्वका छयासी देशका सुन्दरीहरु सहभागी थिए । दन्त चिकित्सा विषयमा फ्रान्समा अध्ययनरत तेइस वर्षिया विद्यार्थी तथा मोडेल मित्तेराँले पचासी जना सुन्दरी प्रतिद्वन्दीहरुलाई पछि पार्दै सन् २०१७ को विश्व सुन्दरी (मिस युनिभर्स) उपाधि हात पार्न सफल भएकी …

Read More »

मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल लगाउने अमेरिकाको निर्णय मेक्सिकोले गर्यो अस्विकार

मेक्सिको सिटी, १३ माघ– मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल लगाउने अमेरिकाको निर्णय आफ्नु देश अस्वीकार गरेको मेक्सिकोका राष्ट्रपति इनरिकी पेन निइटोले बताएका छन् । उनले “कुनै प्रकारको पर्खालका लागि कुनै चलखेल हुन दिइने छैन” भनेका छन् । अमेरिकाले पर्खाल बनाउने निर्णयको खेद प्रकट गर्दै यसले अमेरिका र मेक्सिकोलाई विभाजित गर्ने ट्विटरमा राखेको भिडियो वक्तव्यमा उनले भनेका छन् । मेक्सिको र …

Read More »

कुवेतमा सात जनालाई मृत्युदण्ड

कुवेत सिटी, १२ माघ- विभिन्न जघन्य अपराधमा संलग्न आरोपित अपराधीहरुलाई कुवेतले मृत्युदण्डको सजाय दिनेगरी केही पहिले सुनाएको फैसला आज कार्यान्वन गरिएको छ । मृत्यु दण्डको सजाय पाउने सात जना अपराधीमध्ये राजपरिवारका एक जना सदस्य पनि परेका छन् । केही अघि विभिन्न समयमा ती अपराधीहरुले चालीस जना भन्दा बढी मानिसहरुका ज्यान लिएका थिए । सजाय पाउने सबै अपराधीलाई आज एकमुष्ट झुण्ड्याएर …

Read More »

अन्ततः गाम्बियाका निवर्तमान राष्ट्रपतिले देश छाडे

सिनेगल, ९ माघ- गाम्बियाका निवर्तमान राष्ट्रपति याह्या जामेहले राजधानी बन्जुलबाट आफ्ना सरसामान, झोलीतुम्बासहित शनिबार राति नै गिनीको राजधानीतर्फ निर्वासनका लागि पलायन भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । गाम्बियाको राजधानी बन्जुलमा रहेका सिनेगाली रेडियो समाचारदाताका अनुसार गिनीका राष्ट्रपति अल्फा कोन्डे आफ्नो निजी जेट विमानसहित बन्जुल आउनुभएको र निवर्तमान राष्ट्रपति जामेह सोही विमानमा चढी राष्ट्रपति कोन्डेसँगै गिनीको राजधानी कोनाक्राइतर्फ पलायन भएका …

Read More »

कार्यभार सम्हाले लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध अमेरिकामा प्रदर्शन, महिलाहरु आक्रोशित

माघ ८ गते- अमेरिकाको राष्ट्रपतिका रुपमा कार्यभार सम्हाले लगतै अमेरिकामा ट्रम्पको चर्को विरोध भएको छ । पदभार ग्रहण गरे लगत्तै उनले पूर्व राष्ट्रपति बाराक ओबामाले ल्याएको स्वास्थ्य सेवा सम्बन्धी नियमलाई निष्क्रिय पार्ने प्रक्रिया सुरु गरेका छन् । ट्रम्पले अमेरिकालाई पहिलो प्राथमिकतामा राख्ने र अमेरिकमा हुने गरेको नरसंहार अन्त्य गर्ने बताएका छन् । यता, ट्रम्पको शपथ ग्रहण समारोह भइरहेका बेला पनि …

Read More »

हिम पहिरोले पुरिएको होटेलबाट छ जनाको जीवितै उद्धार

इटाली, ७ माघ- मध्य इटालीको एउटा चार तारे होटेलमा हिम पहिरोले पुरिएर वेपक्ता भएकाहरुमा छ व्यक्तिलाई भने जीवितै उद्धार गरिएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । बुधबार साँझ गएको सो हिमपहिरोमा परी दुई बालबालिकासहित २५ भन्दाबढी पुरिएका थिए । हिमपहिरो गएको ४० घण्टापछाडी ती व्यक्तिहरुलाई उद्धार गरिएको थियो । बुधबार नै इटालीको पर्वतीय क्षेत्रमा तीन पटकसम्म भूकम्प गएको थियो । …

Read More »