Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » अन्तराष्ट्रिय (page 61)

अन्तराष्ट्रिय

बाराक ओबामाले एसियाको भ्रमण गर्दै

वासिङटन, बैशाख ६/अमेरिकी राष्ट्रपति बाराक ओबामाले आउँदो साता एसियाको भ्रमण गर्ने भएका छन् । भ्रमणले यस क्षेत्रसँग अमेरिकी गठबन्धनलाई अझै बलियो बनाउने अपेक्षा गरिएको छ ।राष्ट्रपति ओबामाले जापान, दक्षिण कोरिया, मलेसिया तथा फिलिपिन्सको भ्रमण गर्ने बताइएको छ । यसबीच उनीमाथि अमेरिकाका सहयोगी मुलुक तथा चीनबीच जलक्षेत्रका विषयमा भएका विवाद समाधान गर्न दबाब पर्नेछ । यस भ्रमणका समयमा राष्ट्रपति ओबामाले अमेरिकी …

Read More »

भारतमा एकै परिवारमा १५० बढि सदस्य, सबै नेताहरुको नजर त्यहि परिवारमा

एजेन्सी)–भारतमा अहिले चुनावी माहोल छाएको छ र हामी सबैलाई थाहा भएको कुरा कि अरुबेलामा नाक मुख नदेखाउने नेताहरु चुनावको बेलामा घरदैलो कार्यक्रममा व्यस्त हुन्छन् । नेपालमा पनि चुनाव भएको केहि महिना मात्र बितेको हुँदा हामीमध्ये धेरैजसोलाई यसको माहोलको बारेमा थाहा छ । घरमा दुुई चार जना सदस्य भएमा त आफ्नो प्रभाव जमाउन नेताहरुले अनेकौँ कसरत गर्ने बेलामा, एउटै घरमा १५० …

Read More »

दक्षिण कोरियामा जहाजमा सवार २ सय ८७ यात्रु अझै सम्पर्कबिहीन

सोल, ४ वैशाख/दक्षिण कोरियामा हिजो भएको पानीजहाज दुर्घटनामा परेका यात्रु मध्ये २ सय ४५ बिद्यार्थीसहित २ सय ८७ यात्रु अझै सम्पर्क विहीन छन् । दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ९ पुगेको छ । यी मध्ये ५ जना बिद्यार्थी रहेका छन् । मृतक बिद्यार्थीको शव आनसान अस्पतालमा राखिएको छ । अन्य १ सय ७९ को उद्धार गरिएको छ । उद्धार गरिएका …

Read More »

सिरियाली रसायनीक हतियारको मुद्दा फेरि बल्झियो

१ वैशाख । सिरियामा रासायनिक हतियार प्रयोगको मुद्दा फेरि बल्झिएको छ । यसअघि सरकारी पक्षले मात्रै रासायनिक हतियार प्रयोग गरेको भए पनि यस पटक भने सरकार र विद्रोही दुवैले एक अर्कालाई यस्तो हतियार प्रयोग गरेको आरोप लगाएका छन् । सरकारी टिभी च्यानलले जेहादी समूह अल नुस्र फ्रन्टले हमा प्रान्तको कफ्र जिता इलाकामा रासायनिक हमला गरेको र त्यस घटनामा दुई जनाको …

Read More »

मोदी ‘देश प्रेमी’ , नेहरुदेखि राहुल ‘पत्नी प्रेमी’

काठमाडौं, २९ चैत । आफू विवाहित रहेको स्वीकार गरेका भारतीय जनता पार्टी (भाजपा)का प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीलाई विवादबाट बचाउन भाजपाले नयाँ जुक्ति निकालेको छ । मोदीले विवाह भएको स्वीकार गरे लगतै कतिपय कांग्रेस नेताहरुले उनको आलोचना गरेका थिए ।  लोकसभा चुनाव चलिरहेका बेला आफ्ना प्रधानमन्त्री उम्मेदवारको रक्षाका लागि भाजपाले एक पोष्टर प्रकाशित गरेको छ । पोष्टरमा मोदीलाई ‘देश प्रेमी’को संज्ञा …

Read More »

मिचेल ओबामाको स्कर्ट हावाले उठाएपछि….

२८ चैत ।अमेरिकी राष्ट्रपति बाराक ओबामाले विहीबार आफ्नी पत्नी मिचेल ओबामालाई लज्जित हुनबाट बचाएका छन् । राष्ट्रपति ओबामाले हावाले उडाएर माथि फर्काउन लागेको मिचेको स्कर्ट थामेका थिए । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार होस्टन शहर पुगेका ओबामा दम्पती विमानबाट ओर्लदै गर्दा मिचेलको स्कर्ट तेज हावाले उडाउन थालेको थियो । त्यतिनै बेला राष्ट्रपति ओबामाले स्कर्टलाई माथि जानबाट रोक्न हातले थामेका थिए । …

Read More »

हत्याका आधा घटना अमेरिका र अफ्रिकामा

भियना (एपी), चैत्र २८ – विश्वमा हत्यामा कमी आए पनि तीमध्ये आधा अझै अमेरिकी तथा अफ्रिकी मुलुकमा हुने गरेको छ । उक्त क्षेत्रमा विश्वको कुल जनसंख्याको ११ प्रतिशत बसोबास गर्दै आएको राष्ट्रसंघको प्रतिवेदनमा भनिएको छ । राष्ट्रसंघको लागूऔषध तथा अपराधसम्बन्धी संस्थाले सन् २०१२ मा ४ लाख ३७ हजारको हत्या भएको जनाएको छ । सन् २०१० मा ४ लाख ६८ हजारको …

Read More »

रुसले युक्रेन अस्थिर बनाएको आरोप

वासिङटन, (रोयटर्स)– अमेरिकाका विदेशमन्त्री जोन केरीले युक्रेनको पूर्वी भूभागमा भइरहेका विखन्डनवादी अस्थिर गतिविधिमा रुसको हात रहेको आरोप बुधबार लगाएका छन्। केरीले पूर्वी युक्रेनका डोनेस्क, लुहान्स्क र खार्किभलगायत सहरमा रुस समर्थक पृथकतावादीको भेषमा रुसी गुप्तचर र विशेष दस्ताले देश टुक्र्याउने गतिविधि गरिरहेको आरोप लगाए। केरीले पूर्वी युक्रेनमा मच्चिएको अस्थिरताको मौका छोपी रुस क्रिमियामा जस्तै युक्रेनमा सैनिक हस्तक्षेप गर्ने तयारीमा रहेको समेत …

Read More »

हराएको विमान खोज्न मलेसिया बाहेककै साढे ४ अर्ब खर्च

मलेसियन एयरलाइन्सको हराइरहेको विमान खोज्नका निम्ति अहिलेसम्म मलेसियाबाहेक चारवटा मुलुकले मात्रै ४ करोड ४० लाख अमेरिकी डलर खर्च भइसकेको पछिल्लो रिपोर्टले बताएको छ। खोजी कार्य सकिनुभन्दा अघि यो खर्च कैयौं गुणाले बढ्नसक्ने अनुमान पनि गरिएको छ। उड्डयनकै इतिहासमा यो सबैभन्दा खर्चिलो खोजाइ हो। समाचार संस्था रोयटर्सको स्टिमेट अनुसार अमेरिका, चीन, अष्ट्रेलिया र भियतनामले गरेको खर्चका आधारमा यो तथ्यांक निकालिएको हो। …

Read More »